कालिकोट- कालिकोट क्षेत्र न २ को प्रदेशसभा ख मा वाम गठबन्धनका माओवादी उम्मेदवार महेन्द्रबहादुर शाही १२ हजार १५३ मत ल्याउँदै विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार कालिबहादुर सहकारीले ९ हजार ३२४ मत ल्याए।
यस्तै क्षेत्र न. १ को प्रदेशसभा क मा एमालेका कुर्मराज शाही विजयी भए। उनले ११ हजार ९३५ मत ल्याउँदा कांग्रेसका टेकराज शाही ४ हजार ७८९ मतमा सीमित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।