गोरखा- गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को मत गन्न करिब १० हजार बाँकी रहँदा नयाँ शक्तिबाट उम्मेदवार रहेका बाबुराम भट्टराई आफ्नो जितप्रति विश्वस्त देखिएका छन्।
पूर्व सहयात्री रहेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठसँग साढे ४ हजार मतको अन्तरसहित अग्रता लिइरहँदा भट्टराई जित सुनिश्चित भएको देखिएपछि काठमाडौंबाट गोरखा आइरहेका छन्।
पछिल्लो मत अनुसार भट्टराईले उनले २५ हजार ८ सय ७३ मत ल्याएका छन्। श्रेष्ठको भने २१ हजार २ सय ७७ मत छ। अब १० हजारको हाराहारीमा मत गन्न बाँकीरहँदा दुवै उम्मेदवारबीच ४ हजार ५ सय ९६ मतको अन्तर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।