गोरखा- गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जारी मतगणनामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले ४ हजार ३१ मतको अन्तरसहित अग्रता कायम राखेका छन्।
अहिलेसम्म ४७ हजार ३ सय १६ मत गनिँदा भट्टराईले २४ हजार ३ सय ३ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठको २० हजार २ सय ७२ मत छ।
गोरखा २ मा जम्मा ६० हजार एक सय नौ मत खसेकोमा अब १३ हजार ५ सयय ९३ मत गन्न बाँकी छ।
पछिल्लो मत अनुसार:
बाबुराम भट्टराई (नयाँ शक्ति) २४,३०३
नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र) २०,२७२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।