दोलखा–दोलखामा ३० हजार मतान्तरसहित एमालेका उम्मेदवार पार्वत गुरुङ प्रतिनिधिसधा सदस्यमा निर्वाचित भएका छन् । ५५ हजार ९ सय ५४ मतका साथ उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर खड्काले २५ हजार ८ सय १ मत ल्याए । ३० हजार एक सय ५३ मतान्तरले गुरुङ बिजयी भएका छन् ।
त्यस्तै प्रदेशसभा क मा निर्वाचनमा पनि माओवादी केन्द्रका बिशाल खड्का बिजयी भएका छन् । २८ हजार ३ सय ५० मतसहित उनी बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार बर्मा लामाले १२ हजार ९ सय ५६ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।