सिन्धुली– सिन्धुलीका दुवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनले फराकिलो मतले अग्रता लिएको छ । प्रतिनिधिसभा क्षेत्र १ मा एमालेका गणेश पहाडीको ११ हजार ८४ मत छ । त्यस्तै कांग्रेसका प्रेम दाहालको ७ हजार ७ सय ८९ मत छ ।
प्रतिनिधि–२ मा माओवादी केन्द्रका उम्मेदवार करिब ५ हजार मतले अगाडि छन् । उनले ९२ सय १८ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार नरेन्द्रजंग थापाको ४ हजार ४० मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।