• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मेयर उम्मेदवारको मापदण्डः कि ढेवा कि पारिवारिक टेवा 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २३, २०७४  २२:१४
1140x725

सर्लाही– प्रदेश–२ मा हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रमुख राजनीतिक दलहरुले आर्थिक स्रोत दह्रो भएका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । असोज २ मा हुने निर्वाचनमा दलमा लामो समय योगदान गरेका प्रतिबद्ध कार्यकर्ताभन्दा पनि शीर्ष नेताका सन्तान र खर्च गर्नसक्ने उम्मेदवार छनोटमा परेका छन्। 

सप्तरीको सदरमुकाम राजविराज नगरपालिकामा कांग्रेसले ध्रुवदेव, एमालेले सुखराम यादव, माओवादी केन्द्रले अनिस अन्सारी, राजपाले शम्भु यादव, संघीय समाजवादी फोरमले भीमराज यादव र फोरम लोकतान्त्रिकले शैलेस चौधरीलाई उम्मेदवार बनाएको छ। कांग्रेसका देव सेभ द सप्तरी नामको गैरसरकारी संस्था (एनजिओ) मार्फत करोडौंको परियोजना सञ्चालन गरिरहेका छन्। उनी पार्टीका पुराना नेता शम्भुलाल देव र मोहमद इर्साद अन्सारीलाई पाखा लगाएर टिकट हात पार्न सफल भएका हुन्। 

एमालेका यादव ग्लोबल बहुमुखी सहकारी संस्थाका सञ्चालक हुन्। माओवादीका अन्सारी सद्भावनाका संस्थापक महासचिव हुन्। उनी मन्त्रीसमेत बनिसकेका छन्। राजपाका यादवचाहिँ ठेकदार हुन्, उनको राजविराजमा मोटरसाइकलको सोरुम पनि छ। संघीय समाजवादी फोरमका यादवको इँट्टाभट्टा छ, उनी बस व्यवसायी पनि हुन्। सदभावना, एमाले हुँदै फोरम लोकतान्त्रिकमा आएका चौधरी पूर्वमेयर हुन्।

यता सिरहामा पनि अवस्था उस्तै छ। कांग्रेसका मेयर उम्मेदवार डा सुवासचन्द्र यादव कांग्रेस कोषाध्यक्ष तथा पूर्वमन्त्री सितादेवी यादवका छोरा हुन् । एमालेका डा नवीनकुमार यादव पूर्वसांसद हेमनारायण यादवका छोरा हुन् । माओवादी केन्द्रका महेश यादव जमिनदार हुन् भने संघीय समाजवादी फोरमका उम्मेदवार अषेश्वर यादव बस व्यवसायी हुन् । अषेश्वर शाहीकालमा राप्रपाबाट मेयर भइसकेका व्यक्ति हुन्। उनका पिता ठकहर पटक–पटक प्रधानपञ्च रहिसकेका छन् । नयाँशक्तिले पनि डा दिलिप सदायलाई मेयर उम्मेदवार बनाएको छ । 

‘राजनीतिमा धन र वंशवाद हावी भयो । यसले राम्रो गर्दैन । सिरहा मेयरमा धेरैजसो चिकित्सक उठेका छन् । समाज सेवा नै गर्ने हो भने चिकित्सकहरुसँग अरु धेरै विकल्प हुन्छन्,’ सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसका प्रिन्सिपल सुरेन्द्र यादव भन्छन्, ‘ढेवा र पारिवारिक टेवा हाबी भएपछि संगठन निर्माणमा योगदान दिएका राजनीतिक कार्यकर्ता पाखा लगाइएको छ । राजनीति धनीहरुको कब्जामा गएको छ।’ 

जनकपुर उपमहानगरपालिकाका कांग्रेस उम्मेदवार मनोज शाह पनि जमिनदार हुन् । एमालेका लक्ष्मीनारायण भगतले चुनाव लड्नकै लागि यही भदौमा कृषि विकास बैंकको जागिर छाडेका हुन्, उनी पैसा ब्याजमा लगाउने खेलो पनि गर्छन्। संघीय समाजवादीका विष्णुदेव हार्डवेयर व्यवसायी हुन्। 

जनकपुरमा प्राध्यापन गरिरहेका डा सुरेन्द्र लाभ अब गरिबहरु उम्मेदवार नै बन्न नसक्ने बताउँछन् । ‘हरेक निर्वाचनमा आचारसंहिता बनाइएको हुन्छ । तर निर्वाचन आयोगले त्यसको अनुगमन नै गर्न सकेको छैन । आयोग मृतप्रायः अवस्थामा भएकाले यहाँ उम्मेदवारहरुले पैसाको खोलो बगाएका छन् । मेयरका उम्मेदवारले करोडभन्दा माथि खर्च गरिरहेका छन् । गाउँपालिका प्रमुख बन्नलाई घटीमा ५० लाख चाहिने भएको छ,’ उनले भने।

प्रमुख र उपप्रमुखमध्ये एक महिला उम्मेदवार चाहिने व्यवस्था छ । तर, दलहरुले मेयर र गाउँपालिका प्रमुखमा नगन्य मात्रामा महिला उम्मेदवार उठाएका छन् । ‘उम्मेदवारको छनोट सही देखिएको छैन । पहुँच र प्रभाववालाले प्राथमिकता पाएका छन्,’ सिरहाका पर्यावरण अभियन्ता रामस्वरुप महतो भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सर्लाहीको मलंगवा नगरपालिकाको मेयरका कांग्रेस उम्मेदवार निरसल साह जमिन्दार हुन् । उनको इँट्टाभट्टा पनि छ । एमाले उम्मेदवार देवेन्द्र यादव इन्धन व्यवसायी हुन् । राजपा उम्मेदवार नागेश्वर राय यादव काठ उद्योगी हुन्। 

रौतहट नगरपालिकाका मेयरका राजपा उम्मेदवार अजय गुप्ता पनि ठेकदार हुन् । सदरमुकाम गौरमा उनको सिया प्यालेस होटल छ । अघिल्लो संविधानसभामा उनी क्षेत्र–१ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता माधवकुमार नेपालसँग झिनो मतले पराजित भएका थिए। ठेक्कापट्टा, दाल मिल, कपडा व्यापार र एफएमसमेत सञ्चालन गर्दै आएका शम्भु साह मेयरको टिकट दिने पक्कापक्की भएपछि केही अघिमात्रै एमाले प्रवेश गरेका हुन् । संघीय समाजवादी फोरमका उम्मेदवार गौरीशंकर यादव जमिन्दार हुन् । उनी पूर्वमेयरसमेत हुन्।  

वीरगञ्ज महानगरमा त प्रायः गाँठिस्टहरु नै मेयरको उम्मेदवार उठेका छन् । एमालेका बसरुद्दिन अन्सारी वीरगञ्ज नेसनल मेडिकल कलेजका संस्थापक हुन्। सम्बन्धन विवादमा परेको काठमाडौं नेसनल मेडिकल कलेज पनि उनकै हो। उनी सम्बन्धन र वीरगन्ज नेसनलमा अन्डरवल्र्ड डन दाउद इब्राहिमको लगानीलाई लिएर विवादित छन्। मेडिकल कलेज खोल्दा कांग्रेस रहेका अन्सारी अघिल्लो संविधानसभामा माओवादीबाट पर्सा–२ मा सांसदको उम्मेदवार बनेका थिए। ठूलो धनराशि खर्चे पनि उनी चौथो भए। मेयरको टिकट दिने सहमतिपछि उनी केहीअघि एमाले प्रवेश गरेका हुन्। 

संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रमा सदस्य र जिल्लामा अध्यक्ष रहिसकेका छन् । उनी पनि मेयरको टिकटकै लागि ५ महिनाअघि फोरम प्रवेश गरेका हुन् । कांग्रेस उम्मेदवार अजय द्विवेद्वी जमिन्दार हुन् । उनी अघिल्लो संविधानसभामा पर्सा–२ मा पराजित भएका थिए। राजपा उम्मेदवार राजमान सिंह ठेकदार हुन्। माओवादी केन्द्रका उम्मेदवार ३१ वर्षीय रहबर अन्सारी वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नगर मेयरमात्र होइन, उपमेयर, गाउँपालिका प्रमुख–उपप्रमुख र वडाध्यक्षसम्मका उम्मेदवारमा दलहरुले ढेवावाललाई प्राथमिकता दिएका छन्। अनिवार्य प्रतिनिधित्व हुने महिला, दलित, अल्पसंख्यकको मात्र चुनाव खर्चिलो देखिएको छैन।

प्रकाशित मिति: शुक्रबार, भदौ २३, २०७४  २२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन शनिबार, कात्तिक २८, २०८३
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा शनिबार, कात्तिक २८, २०८३
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा शनिबार, कात्तिक २८, २०८३
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली शनिबार, कात्तिक २८, २०८३
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्