गोरखा- गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले निरन्तर अग्रता बढाएर मतान्तर थप फराकिलो बनाइरहेका छन्। भट्टराई प्रतिस्पर्धी उम्मेदवार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठभन्दा ३६ सय ४२ मतले अगाडि छन्।
अहिलेसम्म ४५ हजार १ सय ७३ मत गनिँदा:
बाबुराम भट्टराई (नयाँ शक्ति) : २३११७
नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र) : १९४७५
गनिएका मतमध्ये २ हजार १५ मत बदर भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।