काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटमा नेपाली कांग्रेसका दुवै उम्मेदवार अर्जुननरसिंह केसी र रामशरण महत पछि परिरहेका छन्। पछिल्लो मत परिणामअनुसार नुवाकोटका दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
मत परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले १३ हजार ९ सय ८० मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतले ११ हजार ५ सय मत ल्याएका छन् ।
यस्तै नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा १८ हजार ६५ मत पाएका छन्। कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले १२ हजार ९ सय १४ मत ल्याएका छन् ।
निर्वाचन क्षेत्र १
हितबहादुर तामाङ – माओवादी– १३९८०
डा. रामशरण महत – कांग्रेस– ११५००
निर्वाचन क्षेत्र २
नारायण खतिवडा – एमाले– १८०६५
अर्जुननरसिंह केसी – कांग्रेस– १२९१४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।