काभ्रे– काभ्रेको प्रदेशसभामा गुनडागर्दी पृष्ठभुमी भएका कांग्रेस उम्मेदवार गणेश लामाले अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार क्षेत्र नम्बर १ को ख मा गणेश लामाले ४४ सय ६४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लामाको ३७ सय ४५ मत ।
प्रतिनिधिसभामा पनि क्षेत्र नम्बर १ मा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार तिर्थ लामाले ६४ सय ५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका गंगा बहादुर तामाङको ६३ सय ९३ मत छ । प्रदेश क मा भने माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालले ५५ सय ७९ मतका साथ अग्रता लिएका छन् । प्रदेश क मा ३१ सय ८५ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।