काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ मा विजयी भएका कांग्रेस उम्मेदवार गगन थापालाई उनका निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार राजन भट्टराईले बधाई दिएका छन् । राष्ट्रिय सभागृहस्थित मतगणनास्थलमा हात मिलाएर भट्टराईले थापालाई बधाई दिएका हुन् ।
थापाले भट्टराईलाई ३ हजार ४ सय ११ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ५ सय ५१ मत ल्याएका थिए भने भट्टराईको १८ हजार १ सय ४० मात्र मत ल्याए । असल राजनीतिक संस्कार देखाउदै पराजित भएका भट्टराईले थापालाई बधाई दिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।