कैलाली– कैलाली क्षेत्र नम्बर १ मा थारु नेता रेशम चौधरी वाम गठबन्धनकी उम्मेदवार मदनकुमारी शाहभन्दा पाँच गुणाले अगाडि देखिएका छन्।
मतगणना जारी रहँदा पछिल्लो अपडेट अनुसार राजपाबाट उम्मेदवारी दिएका चौधरीले २ हजार ५ सय २ मत ल्याएका छन् भने शाहको ५ सय ५३ मत मात्रै छ। कैलालीको टीकापुर घटनापछि भूमिगत रहेका चौधरीले अरु मार्फत उम्मेदवारी दर्ता गरेका थिए।
कैलाली १ मा नेपाली कांग्रेसकी र्इश्वरी न्यौपानेले ३ सय ८९ मतसहित तेस्रो स्थानमा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।