सुनसरी– सुनसरीको क्षेत्र नम्बर ४ मा अर्थमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीले अग्रता लिएका छन् । कार्कीको ६ हजार ३ सय ७९ मत छ भने उनका प्रतिस्पर्धी एमालेका रमेश श्रेष्ठको ४ हजार ५ सय ८५ मत छ ।
त्यस्तै सुनसरीको क्षेत्र नम्बर ३ मा कांग्रेसका उपप्रधानमन्त्री समेत रहेका बिजय कुमार गच्छेदार करिब १४ सय मतले पछि परेका छन् । गच्छेदारको ३ हजार ७ सय ७ मत ल्याएका छन् भने एमालेकी भगवती चौधरीको ५ हजार १ सय ३८ मत ल्याएका छन् ।
त्यस्तै क्षेत्र नम्बर १ मा एमाले र २ मा कांग्रेसको अग्रता छ । १ मा एमालेका प्रदीप भण्डारीको ५ हजार २ सय २८ मत ल्याएका छन् कांग्रेसका किशोर राईको ४ हजार २ सय ३० मत छ । क्षेत्र नम्बर २ मा कांग्रेसका सीताराम महतोको ४८ सय ५९ मत छ भने माओवादी केन्द्रका डम्मरु सुवेदीको ३९ सय ९६ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।