• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

वर्षको पहिलो महिनामै ४८ हजार बढी विदेशिए, वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतार

64x64
नेपाल लाइभ सोमबार, जेठ ६, २०७६  १३:११
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका लागि २०७६ सालको पहिलो महिनामै ४८ हजार ७ सय ५६ जना युवाहरु विदेशिएका छन्।

रोजगारीको खोजीमा विदेशिने युवाहरुको प्रमुख रोजाइमा कतार परेको छ। रोजगारीकै खोजीमा नयाँ तथा पुनः श्रम स्विकृति लिएर १४ हजार २ सय ४७ युवाहरु कतार पुगेका हुन्।

अघिल्ला वर्षहरुमा नेपाली युवाहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा मलेसिया रहँदै आएकोमा सरकारले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गरेसँगै कतारतर्फ युवाहरुको आकर्षण बढेको हो। अझैसम्म पनि नयाँ श्रम स्विकृति लिएर नेपाली कामदारहरु मलेसिया जान पाएका छैनन्।

कतारपछि नेपाली युवाहरुको रोजाइमा साउदी अरब परेको छ। साउदीमा अन्तिम श्रम स्विकृति लिएर बैसाख महिनामा मात्रै झन्डै १२ हजार युवाहरु विदेशिएका छन्। यस महिनामा युएई जाने कामदारको संख्या १० हजारभन्दा माथि छ। यस महिना युएई सबैभन्दा बढी नेपाली युवा जाने तेस्रो देश बनेको छ।

मलेसिया, कुवेत, बहराइन, ओमान, साइप्रस लगायत मुलुकहरु नेपाली युवाहरुका आकर्षक गन्तव्य मुलुकका रुपमा रहँदै आएका छन्।

मलेसियामा नयाँ श्रम स्विकृति लिएर जाने कामदार नभए पनि कलिङ भिसा लागेका तथा पुनः श्रम स्विकृति लिएर ४ हजारभन्दा बढी कामदारहरु मलेसिया पुगेको विभागको तथ्यांकमा उल्लेख छ।

व्यवसायिक कामका लागि १ सयभन्दा बढी
वैदेशिक रोजगारीमा खाडीलगायत मुलुकमा ठूलो संख्यामा अदक्ष कामदारहरु नै जाने गरेका छन्। व्यवसायिक कामका लागि जाने कामदारको संख्या निकै कम छ। बैसाख महिनामा विभागबाट श्रम स्विकृति लिएर १ सय ३ जना कामदारहरु वैदेशिक रोजगारीमा पुगेका छन्। जसमध्ये ९७ जना पुरुष र ३ जना महिला कामदार छन्।

व्यवसायिक कामका लागि खाडी मुलुकभन्दा युरोपेली मुलुकमा बढी कामदारहरु जाने गरेको विभागका निर्देशक भोलानाथ गुरागाईं बताउँछन्। निर्देशक गुरागाइँ भन्छन्, ‘उच्च दक्षता भएका वा व्यवसायिक कामका लागि जाने कामदारहरुको कमाई निकै राम्रो हुन्छ, यस्तो काममा जाने कामदारहरु समस्यामा पर्ने सम्भावना कम हुन्छ।’

Ncell 2
Ncell 2

६० प्रतिशत अदक्ष कामदार
बैसाख महिनामा विदेशिएका करिब ६० प्रतिशत कामदारहरु अदक्ष रहेका विभागले जनाएको छ। ४८ हजार विदेशिएकामा २८ हजार ५ सय भन्दा बढी अदक्ष कामदार छन्।

यसबीचमा १६ हजार मात्रै दक्ष कामदारहरु विदेशिएका छन् भने ३ हजार ६ सयभन्दा बढी कामदारहर अर्धदक्ष रहेका छन्।

रोजगारीका लागि ठूलो संख्यामा विदेशिने अदक्ष कामदारहरु खाडी लगायतका मुलुकमा जाने र अदक्ष कामदारहरु नै समस्यामा पर्ने विभागले जानकारी दिएको छ।

अदक्ष कामदारहरु विदेश जाँदा उनीहरु समस्यामा पर्ने क्रम बढ्न थालेपछि सरकारले 'पहिले सिप त्यसपछि मात्रै वैदेशिक रोजगार' अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ।

विदेशिएका २८ सय महिलामा १७ सय अदक्ष
बैसाख महिनामा २ हजार ८ सय ८७ महिला वैदेशीक राेजगारीमा गएका छन्। जसमध्ये १ हजार ७ सय २५ जना महिला अदक्ष छन्। उच्च दक्षता भएका १ जना, व्यवसायिक कामका लागि ६ जना र दक्षता भएका २ सय महिला मात्रै वैदेशिक रोजगारीमा गएका छन्।

आफू कुन कामका लागि कुन देश जाँदैछु भन्ने जानकारीसमेत नहुँदा वैदेशिक रोजगारीमा गएका महिलाहरु समस्यामा पर्ने क्रम बढ्दै गएको विभागका निर्देशक गुरागाईं बताउँछन्।

वैदेशिक रोजगारीमा जानु अगाडि आफू कुन देश जान लागेको, के कामका लागि जान लागेको भन्ने कुरा बुझेर इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा समस्यामा पर्ने सम्भावना कम रहने विभाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्