• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

व्यक्तिका नाममा गौशालाको जग्गा, सरोकारवाला बेखबर

एउटै नाममा २ संस्था दर्ता
64x64
दिनेश शर्मा आइतबार, जेठ ५, २०७६  १६:४१
1140x725

राजविराज- बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा भूमाफियाले हडपेको चर्चा सेलाएको छैन। सत्तारुढ दल नेकपाका सचिव विष्णु पौडेलेकै नाम जोडिएपछि ललिता निवास जग्गा प्रकरणले खुबै चर्चा पायो। 

ललिता निवास जग्गा प्रकरणपछि उपत्यका बाहिर पनि सडक, विद्यालय, मन्दिर गुठीलगायतका सार्वजनिक सरोकारका ठाउँमा जग्गाको खोजी सुरु भएको छ। कतिपय ठाउँमा जग्गा कब्जाको विषय सार्वजनिक भईसकेको छ भने कतिपय स्थानमा खोजी जारी छ। समग्रमा सार्वजनिक सम्पत्तिप्रति आम मानिसको चासो बढेको छ।

व्यक्तिका नाममा गौशालाको जग्गा
सप्तरी सदरमुकाम राजविराजस्थित ‘राजदेवी गौशाला’को जग्गा व्यक्तिका नाममा नामसारी गरिएको पाइएको छ। राजदेवी गौशालाका लागि राजविराज-९ मा २०३२/०३३ सालमै करिब साढे १४ कठ्ठा जग्गा खरिद गरिएको थियो। यसबाहेक तिलाठी कोईलाडी गाउँपालिका-१, महदेवामा पनि गौशालाको स्वामित्वमा करौडौं मूल्यको जग्गा थियो। 

हाल राजविराज बाहेक अन्य स्थानमा भएको जग्गाका विषयमा सम्बन्धित निकाय बेखबर छ। तर, महदेवामा ३ बिघाभन्दा बढी जग्गा गौशालाका नाममा रहेको जानकारहरू बताउँछन्। उक्त जग्गा कसले भोगचलन गरिरहेको छ भन्ने पनि जानकारी सरोकारवाला निकायसमक्ष छैन।

राजविराजस्थित साढे १४ कठ्ठा जग्गामध्ये करिब ५ कठ्ठा जग्गा बिक्री भएको देखिएको छ। २०५० र २०५८ सालमा २ पटक गरी आधा दर्जन व्यक्तिका नाममा सो जग्गा नामसारी गरिएको नापी कार्यालयको रेकर्डमा उल्लेख छ। 

गौशाला व्यवस्थापन समितिले जग्गादाता चण्डी दासका छोरा तथा व्यवस्थापन समितिका उपाध्यक्ष विन्देश्वरी प्रसादलाई जग्गा बिक्रीको अख्तियारी दिएको कागज मिसिलमा समावेश छ। त्यसबाहेक अन्य सरोकारवाला निकायको स्वीकृति र पत्र रेकर्डमा नभेटिएको भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसबाहेक कुञ्जविहारी सिंह र उनका परिवारका सदस्यले अदालतमा मुद्दा गरेर गौशालाको २ कठ्ठा १४ धुर जग्गा हडपेको स्थानीय ध्रुवप्रसाद देवले बताए। स्थानीय रविलाल चौधरीले गौशाला र सिंह दुवैलाई जग्गा बेचेका थिए। 

जग्गा नापी गर्ने क्रममा सिंहले गौशालाको जग्गामा पनि दाबी प्रस्तुत गरे। छुट दर्ताका नाममा मालपोत कार्यालयमा उजुरी गरेपछि किचलो सुरु भएको थियो। सिंहले पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म मुद्दा दर्ता गराए। तर, सबै ठाउँमा सिंहले मुद्दा हारे।

गौशालाका अध्यक्ष धर्मदत्त कोइराला तथा कुञ्जविहारी दुवै जनाको मृत्यु भएपछि कुञ्जविहारीका छोराहरुले पुनः जिल्ला अदालतमा मुद्दा दर्ता गराए। मुद्दा फेरि सर्वोच्चसम्म पुग्यो। हरेक ठाउँमा गौशालाको विपक्षमा फैसला आयो। 

मुद्दा जितेपछि उनीहरुले मालपोत र नापीका कर्मचारीलाई मिलाएर मुद्दामा दाबी गरेभन्दा फरक जग्गा नपाएको स्थानीयले आरोप लगाएका छन्।

Xtrem

Xtrem

अनभिज्ञ सरोकारवाला 
राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई गौशालाको अवस्था तथा त्यसको चल–अचल सम्पत्तिका विषयमा कुनै जानकारी छैन। जानकारी छ त केवल दर्ताको मात्र। तर दर्ता पनि पहिलो पटक भएपछि हालसम्म नवीकरण नगरिएको मात्र जानकारी छ।

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले पनि गौशालाका विषयमा जानकारी लिने प्रयास भइरहेको बताए। ‘अधिकांश संस्थापक सदस्यको निधन भइसकेको छ,’ उनले भने, ‘जीवित रहेकाबाट पनि सबैकुरा जानकारी पाउने अवस्था छैन।’ गौशालाका ११ जना संस्थापकमध्ये हाल उपाध्यक्ष विन्देश्वरी दास, सीताराम कावरा र दुखा चौधरी मात्र जीवित छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि गौशालाका बारेमा ‘गार्इँगुई’ सुने पनि यथार्थ जानकारी नपाएको प्रतिक्रिया दिए। ‘त्यस विषयमा सुनेपछि हामीले बुझ्न खोज्यौँ। तर, विधानसमेत फेला परेन,’ पौडेलले भने, ‘सम्बन्धित व्यक्तिलाई खोजेर यथार्थ जानकारी लिने प्रयासमा छौं।’

यस्तो छ गौशालाको इतिहास
सरकारले धानचामल निर्यात गर्न २०३१ देखि २०३८ सालसम्म ‘धानचामल कम्पनी’ संचालन गरेको थियो। अञ्चल सदरमुकामसमेत भएकाले राजविराजमा सगरमाथा धानचामल कम्पनीको कार्यालय खुल्यो। गोवर्धनबहादुर कार्की कम्पनीको जिएम (जेनेरल म्यानेजर) थिए।

२०३२/०३३ सालमा सप्तरीमा धानचामल व्यवसाय खस्कियो। व्यापारीहरु दुःख बिसाउन कार्की समक्ष पुगे। धार्मिक प्रवृत्तिका कार्कीले गौशाला स्थापना गर्ने सर्तमा व्यापारीलाई सहयोग गर्ने वचन दिए। 

सोही सहमतिअनुसार अञ्चलाधीश कार्यालयमा ‘राजदेवि गौशाला’ दर्ता भई संचालनमा आयो। धर्मदत्त कोईराला अध्यक्ष भए। जग्गा किन्ने, गोठ बनाउने, गाई किन्नेलगायतका अधिकांश काममा चण्डी दास (उपाध्यक्षका पिता), सीताराम कावरालगायतका व्यापारीले सहयोग गरे।

२०५७ चैत १६ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा गौशाला दर्ता (दर्ता नं. ३१०) भएको छ। अध्यक्ष कोईरालाकै अथक प्रयासमा लामो समयसम्म गौशाला सञ्चालनमा रह्यो। २०६४ मा कोइरालाको निधन भएपछि श्रीभगवान सारडा अध्यक्ष भए। ३/४ वर्षपछि नै उनको पनि निधन भयो। कोइरालाको सेखपछि धर्मराएको गौशाला सारडाको निधनपछि लथालिंग भएको स्थानीयहरु बताउँछन्।

गौशालाका भएका संरचनासमेत अहिले अलपत्र परेका छन्। बाँकी जग्गा अतिक्रणमा पर्दै गएको छ।

जीर्ण अवस्थामा रहेका गोठमा गाँजा खाने र लागू औषध प्रयोग गर्नेको भीड लाग्ने गरेको स्थानीय राधा यादवले बताइन्।

उही नाममा २ संस्था दर्ता
जिल्ला प्रशासन कार्यालय सप्तरीमा २०७१ जेठ २७ गते ‘राजदेवी गौशाला’ नामको अर्को संस्था पनि दर्ता (दर्ता नं. १२२५) भएको छ।

नयाँ संस्थामा पुरानो संस्थाका संस्थापक उपाध्यक्ष विन्देश्वरी प्रसाद दासका छोरा अमित दास अध्यक्ष छन्।

यस विषयमा प्रशासन कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन। समितिका सदस्य ध्रुव देवले भने संस्था नयाँ दर्ता नभई नवीकरण गरिएको दाबी गरे।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्