काठमाडौं– चलचित्र 'जात्रैजात्रा' आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ।
फिल्म 'जात्रा'को सिक्वेल रहेको उक्त फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ।
फिल्ममा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा र राजाराम पौडेल मुख्य भूमिकामा छन्।
त्यसैगरी प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अन्शु महर्जन, कृष्ण भक्त महर्जन, कवीन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर र प्रियंका झा लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ।
यज्ञश्वर पौडेल र सिंगे लामाले निर्माण गरेको फिल्म सुन तस्कर गर्नेहरूको कथावस्तुमा आधारित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।