एजेन्सी– बलिउडका महानायक अमिताभ बच्चन र अभिनेता आयुष्मान खुराना पहिलो पटक एकसाथ फिल्ममा देखिँदैछन्। सुजित सरकारको नयाँ फिल्म 'गुलाबो सिताबों' मा उनीहरु सँगै काम गर्न लागेका हुन्।
यो एउटा कमेडी फिल्म हुने र सुटिङ छिट्टै सुरु गरिने फिल्मका निर्माता सुजित सरकारले बताएका छन्। उनले यस फिल्मको कथा लखनउमा आधारित हुने पनि बताएका छन्।
सुजितले यसअघि पनि यी दुवै अभिनेतासँग काम गरिसकेका छन्। उनले फिल्म 'विक्की डोनर' मा आयुष्मान र 'पिकु' मा अमिताभसँग काम गरेका थिए।
यो फिल्मको कथा जुही चतुर्वेदीले लेखेका हुन्। सुजित अहिले विक्की कौसलसँग बायोपिक फिल्म 'उधम सिंह' को सुटिङमा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।