काठमाडौं– ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ काठमाडौंमा सुरु भएको छ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीको बिहीबार उद्घाटन गरेका गरे।
उद्घाटनका क्रममा रक्षामन्त्री पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए।

उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुर्याउँदै आएको योगदानको पनि प्रशंसा गरेका थिए।
कार्यक्रममा ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ वरिष्ठ कलाकारद्धय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई प्रदान गरिएको थियो।
उपप्रधानमन्त्री पोखरेलले कलाकारद्धय ताम्राकार र राईलाई नगद एक लाखसहित सो सम्मान प्रदान गरेका हुन्।
नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यका साथ सुरु भएको सो प्रर्दशनी २० दिनसम्म चल्नेछ।
प्रदर्शनीमा करिब ५ सय चित्र, मूर्ति तथा हस्तकला प्रदर्शनीमा राखिएका छन्।
.jpg)



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।