बेइजिङ- चीनमा 'विकिपीडिया'का सबै भाषाका संस्करणमा प्रतिबन्ध लगाइएकाे खुलासा भएकाे छ। विकिमीडिया फाउन्डेसनले चीनमा विकिपेडियामाथि प्रतिबन्ध लगाइएकाे सत्य भएकाे पुष्टि गरेकाे छ।
इन्टरनेट सेन्सरसिप शोधकर्ताका अनुसार चीनमा प्रतिबन्ध लगाइएका अन्य हजाराैं वेबसाइटमा विकीपीडिया पनि परेकाे हाे। चीनले यसअघि चिनियाँ भाषा संस्करणमा मात्रै प्रतिबन्ध लगाएकाे थियाे। फाउन्डेसनका अनुसार पछि प्रतिबन्धलाई विस्तार गर्दै सबै भाषाका संस्करण पनि चलाउन नदिइएकाे हाे।
विकिमीडिया फाउन्डेसने प्रतिबन्धबारे चीन सरकारले कुनै सूचना नदिएकाे बताएकाे छ। एक विज्ञप्ति प्रकाशित गर्दै फाउन्डेसनले भनेकाे छ, 'हामी अप्रिलकाे अन्तमा नै निचाेडमा पुगेका थियाैं कि अब लामाे समयसम्म चीनमा विकिपेडिया सहजरुपमा चलाउन सकिँदैन। हाम्राे आन्तरिक गाेप्य प्रतिवेदनकाे विश्लेषणबाट विकिपीडियाका सबै भाषाका संस्करण चीनमा प्रतिबन्धित छन् भन्ने टुंगाेमा पुगेका हाैं।'
विषयवस्तु मुताविक जाेकाेहीले सम्पादन गर्न मिल्ने गरी बनाइएकाे 'इसाक्लाेपेडिया' विकिपेडियालाई विश्वका अन्य देशमा समेत प्रतिबन्ध लाग्दै आएकाे छ। सन् २०१७ मा यस साइटलाई टर्कीमा प्रतिबन्ध लगाइएकाे थियाे भने यसै वर्ष भेनेजुयलामा समेत प्रयाेगमा निषेध गरिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।