• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'गुन्डाहरुको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ' (भिडियो वार्ता)

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १९, २०७४  १८:३७
1140x725

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का निर्देशक हुन्, प्रहरी नायव महानिरीक्षक पुष्कर कार्की। दुई महिनाअघि काठमाडौंमा भएको निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकारलाई पक्राउ गरेर चर्चा पाएका कार्की चुनावी सुरक्षालाई पनि नियालिरहेका छन्। गौचन हत्या र चुनावी सुरक्षाको सन्दर्भमा डिआइजी कार्कीसँग सरोजराज अधिकारीले गरेको संवाद:

करिब दुई महिनाअघि निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको राजधानीको व्यस्त ठाउँमा दिउँसै हत्या भयो। तपाईंहरुले हालै हत्याका प्रमुख योजनाकार पनि पक्राउ गर्नुभएको छ। दिनदहाडै यस्ता घटना हुनुमा सुरक्षा निकाय कहाँनेर चुक्यो? 

यसलाई हामीले ठूलो घेरामा हेर्नुपर्ने हुन्छ। घटना हुनुभन्दा पहिलेदेखिको पृष्ठभूमि र त्यसपछिको पाटो पनि हेर्नुपर्ने हुन्छ। पक्कै पनि कसैको ज्यान जानु दुःखद घटना हो। यसको पृष्ठभूमि अलि लामो छ। 

कुनै समय काठमाडौंमा प्रहरीले संगठित गुन्डागर्दी विरुद्ध कारबाही केन्द्रित गरेकाले गुन्डाको नेक्सस घटेको थियो। अर्को पाटो चाहिँ के भने, म अपराध महाशाखामा हुँदा पनि भनेको थिएँ, ठेक्कापट्टा र विभिन्न व्यवसाय अघि बढाउन पनि गुन्डागर्दीको प्रयोग हुने गरेको छ। 

प्रहरीलाई त थाहा हुन्छ नि, विवादित तथा ठूलो आर्थिक कारोबारमा संलग्न मान्छेहरुलाई अलि बढी सुरक्षा थ्रेट हुन्छ, उनीहरुलाई नेपाल प्रहरीले सुरक्षा दिन सक्दैन? 

नेपाल प्रहरीले सुरक्षा दिन सक्छ। जनतालाई प्रहरीले सुरक्षाको अनुभूति दिने हो। पुलिसिङका धेरै पाटा हुन्छन्। उहाँलाई धेरै रेकी गरी हत्या गरिएको थियो। अनुसन्धानको एउटा पाटो त रह्यो, तर एउटा मान्छेको ज्यान गयो। पक्कै पनि त्यो घटना हुनुमा प्रहरीका पनि केही कमीकमजोरी रहे होलान्, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ। तर, उत्कृष्ट सुरक्षा भएको ठाउँमा पनि यस्ता केही घटना हुन्छन्। 

कतिपय घटनामा दोषी पत्ता लगाउन विगतमा वर्षौं लागेको पनि छ, यो घटनाका अभियुक्तहरु छिटै पत्ता लगाउन सफल हुनुभयो। मुख्य योजनाकारलाई कसरी कहाँबाट पक्राउ गर्नुभयो? 

Ncell 2
Ncell 2
nimb
nimb

०७३ सालमा भैरहवामा दुर्गा तिवारीको हत्या भयो। गत चैतमा दावा लामालाई गोली हानेको केस पनि यो घटनासँग जोडिन्छ। तर, यी घटनाका पाटोहरु फरक-फरक छ। गुन्डागर्दीमा लागेका मान्छेहरुले ठेक्कापट्टामा लागेकाहरुसँग कमिसन माग्ने गर्छन्। यसमा हाम्रो देशको सिस्टम पनि कमजोर छ। ठेक्काहरुमा गुन्डाहरुलाई भाग छुट्याउने गरेको सुनिन्छ। त्यसरी पैसा छुट्याउँदा विवाद त भइहाल्छ। धेरैले पैसा माग्छन्। 

सबै क्षेत्रबाट कानुनसम्मत काम भए यस्ता घटना कम हुन्छन्। संगठित गुन्डागर्दीमा धेरै पाटा हुन्छन्। उनीहरुको सम्बन्ध पनि धेरैतिर छ। उनीहरुको सम्बन्ध प्रहरीमा छ, न्यायसेवाको कुनै चेनमा छ कि। उनीहरुले आफ्नो पहुँच त जहाँ पनि बढाउन खोज्छन्। संगठित प्रकृतिको अपराध भनेको त्यही हो। सरकारी सेवामा रहेका मान्छेहरुदेखि राजनीतिक नेतृत्वसम्म आफ्नो पहुँच पुर्‍याउन खोज्छन्। सञ्चारकर्मीसम्म पहुँच बढाउन खोज्छन् उनीहरु। त्यो पहुँच कसरी तोड्ने भन्ने हो। 

मान्छेलाई पक्राउ गरेर कानुनी कारबाहीमा लगेर मात्र हुँदैन, ‘डिस्ट्रक्सन’ भन्ने पुलिसिङको जुन नयाँ प्रतिपादित सिद्धान्त छ, त्यो घटना हुन नदिन प्रयोग गरिन्छ। संगठित प्रकृतिको अपराधमा ‘डिस्ट्रक्सनको ठूलो अर्थ हुन्छ। त्यसमा पनि हामीले ध्यान दिनुपर्छ। 

यस्ता हाइप्रोफाइल हत्याका योजनाकारहरु पक्राउ पर्दा विगतमा भएका अन्य घटना र भविष्यमा हुनसक्ने घटनाको सूचना प्रहरीले पाउनुपर्ने हो, त्यो किन हुन सकेको छैन? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भइरहेको छ नि। पहिलेभन्दा घटना धेरै कम भएको छ। 

घटना हुनुभन्दा पहिले नै सूचनाका आधारमा पक्राउ परेको कुरा त सुनिन्न नि! 

त्यस्तो पनि धेरै छ। २/४ महिना अगाडि हेर्ने हो भने काठमाडौंमा हतियारसहित धेरै मान्छे समातिएका छन्। 

यस्ता अपराधको कुरा गर्दा गुन्डागर्दीको आडमा पैसा कमाएर बसेका मान्छेहरु धेरै भए। कानुनसम्मत रुपमा हामी कहाँ चुक्यौं भने हामीले हान्नुपर्ने गोजी (सम्पत्ति) मा हो। उनीहरु जेल पर्छन्। थुप्रै पैसा कमाएको हुन्छ, छुटेपछि फेरि त्यही पैसा उपयोग गर्न पाउँछन्। अमेरिका लगायतका देशहरुमा संगठित र आर्थिक अपराधमा लागेकाको सम्पत्ति राष्ट्रियकरण हुन थालेको छ। हाम्रोमा पनि त्यो पाटो हेर्नुपर्‍यो।

तपाईंले भने जस्तै घटना हुनुहुँदैन, हुन दिनु पनि हुँदैन हामीले। तर, त्यसका वरिपरिका कारणहरु ध्यान दिनुपर्छ। हामीले पनि सुन्छौं, अपराधमा लागेर छुटेकाहरु अहिले चुनावमा लडेको भन्ने सबैलाई थाहै छ। 

सोमबार मात्र राजधानीमा कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम विस्फोट भयो, देशभरि आक्रमण र विस्फोट भइरहेका छन्। प्रहरीले किन यस्ता गतिविधि रोक्न सकिरहेको छैन? 

यो चाहिँ दुःखद कुरा हो। यस विषयमा सिआइबीभन्दा पनि हेडक्वार्टरले हेरिरहेको छ।

तर, पनि एउटा उच्चपदस्थ प्रहरी अधिकृतका हिसाबले भन्नुपर्दा कहाँ चुक भइरहेको छ?

यसमा प्रहरीको फ्रन्टलाइन एजेन्सीले हेर्ने कुरा हो। त्यसमा सिस्टम सपोर्टका कुरा हुन्छन्। चुनाव त अब केही दिनमै भइहाल्छ। तर, त्यसभन्दा पहिले भएका सुरक्षाका पाटाहरु, प्रयासहरु र लगानीहरु समेट्नुपर्ने हुन्छ।

घटनामा डेटोनेटरहरु प्रयोग भएका छन्। ती हाम्रोमा बन्दैनन्, छिमेकी देशबाटै आएको हुनसक्छ। हाम्रो सीमा सुरक्षा कमजोर भएको हो? 

सीमामा केही छिद्रहरु होलान्। हो, ती डेटोनेटर हामीकहाँ बन्दैनन्। तर, यसको समग्र अनुसन्धानको पाटो हेर्ने युनिट भिन्नै भएकाले यसमा म धेरै बोल्न चाहन्नँ। 

तपाईंले भनेजस्तै हो, निर्वाचन सुरक्षाको फ्रन्टलाइनमा नेपाल प्रहरी नै हुन्छ। कतिपय देशमा प्रहरी नै नभई पनि चुनाव हुन्छ। हाम्रो देशमा प्रहरी, सशस्त्र प्रहरी र त्यसमाथि नेपाली सेना समेत सुरक्षामा खटिएको छ। 

यति धेरै सुरक्षाकर्मी हुँदा पनि किन सुरक्षा राम्रो भएन? जनशक्ति कम भएर हो कि, स्रोत साधन नभएर हो कि सूचनाको अभाव हो? 

सबै कुरा हो। जनशक्तिको पनि अभाव हुन्छ, स्रोत-साधनको पनि अभाव हुन्छ। हामी स्मार्ट पुलिसिङ भन्छौं नि,  टेक्नोलोजी बेस्ड, इभिडेन्स लेड र इन्टेलिजेन्स ड्रिभन पुलिसिङ चाहिन्छ। भन्नलाई तीन वटा शब्द सजिलो छ, तर त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ। छिटपुट घटना भए पनि त्यसलाई निराकरण गर्न नेपाल प्रहरी सक्षम छ। 

राज्यले सुरक्षामा जति लगानी गनुपर्ने हो, त्यति हुन नसकेको हो कि? 

विदेशमा पनि प्रहरीको दक्षता वृद्धिमा ठूलै लगानी भएको देखिन्छ, तर त्यसको दीर्घकालीन प्रभाव धेरै हुन्छ। सुरक्षामा लगानी गर्नु भनेको दीर्घकालीन विकास लगायतसँग जोडिएको विषय हो। 

कतिपय अपराधका दोषीहरु वर्षौंसम्म पनि पत्ता लगाउन नसकेको अवस्था छ, हामी कहाँ चुकेका हौं? 

त्यस्तो त छैन। अहिले चुनावकै बेलाका घटनाहरु हेर्ने हो भने आठ सयभन्दा धेरै व्यक्ति प्रहरी नियन्त्रणमा छन्। विस्फोटका सामग्री बरामद भएकै छन्। तर, जति पक्राउ गरे पनि एक जना पक्राउ नपर्दा तिनले पनि आक्रमण गर्ने भए। 

घटनापछि प्रविधिमा आधारित अनुसन्धान हाम्रोमा कम छ, अहिले बिस्तारै सुरु भएको छ। पुराना घटनाहरुमा मानवीय सूचनाका आधारमा अनुसन्धान गर्नुपर्ने हुन्छ, नयाँ घटनाहरुको प्रविधिमा आधारित अनुसन्धान सुरु भएको छ। तर, पछिल्ला घटनामा नेपाल प्रहरी शतप्रतिशत सफल छ।

निर्वाचनका लागि सेना, प्रहरी, सशस्त्र, म्यादी र राष्ट्रिय अनुसन्धान विभागबाट खटिएका छन्, तर पनि सुरक्षा बलियो छैन। सुरक्षा निकायहरुबीच तालमेल नभएर पनि हो कि? 

तपाईंले भनेजस्तो समन्वयको अभाव छैन। सुरक्षा भनेको अनुभूति गर्ने कुरा हो। अलि बढी नकारात्मक समाचारहरु आएकाले पनि सर्वसाधारणमा केही भय बढेको होला। अहिले सुरक्षा व्यवस्था कमजोर छ भन्ने चाहिँ म व्यावसायिक प्रहरी अधिकृतका रुपमा भन्दिनँ। 

एकजना उच्चपदस्थ प्रहरी अधिकारीको रुपमा मंसिर २१ गते हुने निर्वाचन शान्तिपूर्ण हुन्छ भनेर कसरी विश्वस्त पार्न सक्नुहुन्छ?

त्यो त म सक्छु। यद्यपि सिआइबी निर्वाचन सुरक्षामा प्रत्यक्ष रुपमा खटिँदैन, हामी बिनाबर्दीका प्रहरीका रुपमा काम गर्छौं। सबै सुरक्षा निकायहरु एक ठाउँमा बसेर दैनिक रुपमा सुरक्षा रणनीतिहरु बनिरहेका छन्। तर पनि केही दु:खद घटनाहरु भइरहेका छन्। नेपाल प्रहरीले नै त्यसको पत्ता लगाउनेछ। जनतामा सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरीले आफूले पाएको अधिकार प्रयोग गर्छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्