• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'अब सिंहदरबारमा कांग्रेस हुँदैन'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  २०:२९
1140x725

काभ्रे २ मा एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार हुन्, गोकुल बाँस्कोटा। अघिल्लो संविधानसभामा क्षेत्र–३ बाट उम्मेदवार बनेका उनले जित भने निकाल्न सकेनन्। यसपटक एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएकाले पनि जित्नेमा उनी ढुक्क छन्। बाँस्कोटासँगको समय-संवादः 

प्रतिनिधिसभामा तपाईंको प्रतिनिधित्व रह्यो भने देशको समग्र विकास र सुशासनको पक्षमा कस्तो मुद्दा उठाउनुहुन्छ?

हामीलाई भ्रष्टाचारले गाँजेको छ। भ्रष्टाचार यति मौलाएको छ कि सबै कुरा टेबल मुनिबाट चल्छ। अहिले चन्दा दिन खोज्ने साथीहरु पार्टीलाई चन्दा बुझाएर रसिद लिएर जाऊ भन्दा मान्दैनन्, बरु उम्मेदवारलाई ३–५ हजार दिन आउँछन्। त्यसलाई मैले ग्रहण गरेको छु र खुला रुपमा पनि भनिरहेको छु। किनकि, म हिजो मिडियामा पनि काम गरेको मान्छे हुँ। लुकाएर कुरा गर्नुहुँदैन। हामीले यस्तो अभ्यास गरेछौं कि व्यक्ति धनी बन्नुपर्योन, राष्ट्र जेसुकै होस्!

घोषणापत्रमा जे कुरा उल्लेख छ, तिनै मुद्दा अगाडि बढाउने हो। अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पनि विचित्र छ। कनेक्टिभिटीका हिसाबले चीनसँग जाने बाटो त दुई वटा हो। एउटा केरुङ र अर्को तातोपानी। कस्तो छ भने एकातिरको लगानी पनि स्वीकार गर्न नहुने, जस्तो हालसालै बूढीगण्डकीमा देखियो। केही त्रुटि छ भने परिवर्तन गरौं न। तर, परियोजना नै किन ध्वस्त गर्ने? त्यसैले एउटा हाम्रो राष्ट्रिय स्वाधीनताको मुद्दा उठाइनेछ। तर, खोक्रो राष्ट्रिय स्वाधीनता बाँच्छ कि बाँच्दैन? राष्ट्रियता बचाउन आत्मनिर्भर अर्थतन्त्र निर्माणका विधि, प्रक्रिया र मान्यताहरु चाहिन्छ। 

मैले त भन्ने गरेको छु, अबको यात्रा समाजवादको, अबको दशक निर्माणको। तीव्रतर निर्माण गर्नुपर्छ। एउटा मान्छेको नेतृत्वले फरक पर्छ नि। हुन त समयको माग भन्छौं, तर लि क्वान यु थिएनन् भने सिंगापुर के हुन्थ्यो? जसलाई चार वटा देशले शासन गरेको थियो। त्यसैले अब हाम्रो देशलाई समृद्धितिर लैजानुपर्छ। त्यसैले मैले संरचनागत सुधारको पनि कुरा गरेको छु। अहिले म सेक्युरिटी हेरिरहेको छु, देशको प्रहरीसित तेल हाल्ने पैसा हुँदो रहेनछ। अरु कसैले दिएकाले होला, ०७० को निर्वाचनमा गाडी चाहिँ छ भन्थे।

निर्वाचन आयोगभन्दा बढी सुरक्षा निकायले खर्च गरिरहेको छ भन्ने कुरा आएको छ नि!

होला, तर तेल हाल्नेसम्म पैसा छैन। पर्याप्त गाडी छैन। अनि तेल नै हाल्न नसकेपछि उसले के गर्छ? कसैसित माग्नुपर्योब। भ्रष्टाचारलाई पनि संस्थागत गर्न खोजिरहेको देखिन्छ। सबैतिर त्यो नहोला, मलाई थाहा छैन। यो हालतमा राज्यका संस्थाहरु राख्न हुन्छ कि हुँदैन? संख्या बरु कम गर, तर प्रविधिसम्पन्न चाहिँ हरेक संस्थालाई बनाऊ। त्यसैले संस्थागत, संरचनागत र आर्थिक सुधार तथा यसमा तीव्रता दिने कुरा, लगानी भित्र्याउने कुरा, जे पायो त्यही अनुदान स्वीकार नगर्ने कुरा त हाम्रा मुद्दा नै हुन् नि! ती विषयलाई हामी अगाडि बढाउँछौं। 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो प्रतिस्पर्धामा तपाईं पराजित हुनुभएको थियो, यस पटक चाहिँ जित निकाल्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ?

मलाई के विश्वास छ भने काभ्रे जिल्लामा आजसम्म जति पनि विकास भएको छ, त्यो हामीले नै गरेको हो। जिविसको नेतृत्व पनि तत्कालीन एमालेले गर्योआ। सांसद पनि हामीले जित्यौं। केन्द्रीय सरकारमा हाम्रो पहुँच जहिले पनि कम भयो। वामपन्थीहरुले त जम्मा ६ वर्षजति न सरकार चलाएका छौं। कांग्रेसले १२ पटक सरकारको नेतृत्व गर्योभ। बहुदल यताका २८ वर्षमा उसैले २२ वर्ष सरकारको नेतृत्व गर्योम। तर, देशमा विकासको नयाँ एजेन्डा र तरंग त वामपन्थी सरकारले नै ल्याएका हुन्। 

अस्तिसम्म हामीलाई उडाउने कांग्रेसले पनि अहिले त घोषणपत्रमा पानीजहाज र रेलको कुरा गरेको छ। त्यतिबेला बालुवाटारअघि त कागजका पानीजहाज बनाएर गुडाउँदै थिए नेविसंघका केटाहरु। गगनजीहरुले हावादारी कुरा भनेर उकास्नुभएको थियो, तर घोषणापत्रमा त्यही लेख्नुपरेको छ। त्यसैले विचार, विकास र परिवर्तनको नेतृत्व वामपन्थीहरुले गर्दै आएका छन्। तर, उदेकलाग्दो कुरा के देखिन्छ भने लोकतन्त्र खतरामा पर्यो  रे। लोकतन्त्र होइन, २२ वर्षको कांग्रेसी सरकार, त्यसका अभ्यासहरु, त्यसको नेतृत्व र त्यसका थोत्रा विचारहरु म्युजियमतिर जाने भए, सिंहदरबारमा अब कांग्रेस हुँदैन। त्यसैले खतरामा कांग्रेस परेको छ। 

तपाईं अलि बढी उत्साहित देखिनुभएको छ, वाम गठबन्धनको कारणले हो कि!

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गठबन्धन नहुँदा पनि काभ्रे त्यो जिल्ला हो, जहाँ १३ वटा स्थानीय तहमा ७ वटा एमाले एक्लैले जितेको थियो। माओवादी र कांग्रेसले दुई–दुई वटा जितेका हुन्। के हाम्रो संगठन थिएन? हाम्रो कपाल फुल्यो नि, युवा हुँदाहुँदै पनि। मलाई लाग्छ, पृथ्वीलाई चन्द्रमाले फन्का मारे जस्तो त्यो जिल्लामा ३२ वर्ष फन्को मारिएको छ, पार्टी निर्माण र जनतालाई सेवा र सहयोग गर्न। 

संकटको बेलामा अर्काले नाकाबन्दी लगाउँदा पनि प्रधानमन्त्रीको कुर्सीमा बसेर यो देश बनाउन सक्छु भनेर राष्ट्रिय जागरणको भाव पैदा गराउने सामर्थ्य राख्ने केपी ओलीको पार्टीका कार्यकर्ता हौं हामी। त्यसैले हामी निराशाजनक कुरा गर्दैनौं। कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। त्यसैले म जित्छु वा हार्छु, यो जनताको हातमा छ नि! म त मत मागिरहेको छु। 

कोलम्बसले अमेरिका कहिले पत्ता लगाए? अहिले त्यही अमेरिका विश्वको ठेकेदार प्रहरी बनेर बसेको छ। गरेरै भएको होला। जापान एकपटक ध्वस्त भएर फेरि उठ्दै छ। नेपाल पनि त यही पृथ्वीको एउटा भूभाग हो। त्यसैले यो देशमा पनि गर्न सकिन्छ भन्ने कुरा हो। हामीसित खानी, पानी सबै छ। अरुले पनि प्राकृतिक स्रोत-साधनको सही सदुपयोग, दोहन र वितरण गरेर सम्पन्नता हासिल गरेका हुन्। हामीले पनि त्यही गर्ने हो। म जुन मुद्दा लगिरहेको छु, ती मुद्दालाई जनताले अनुमोदन गरिरहेका छन्। त्यसैले ६ सिट नै जितिन्छ काभ्रेमा, कुनै १ सिट वा ३ सिटको कुरा होइन। ४ वटा एमाले र २ वटा माओवादीका तर्फबाट छन्, ती सबैले जित्छन्।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्