• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

विगतमा एमाले र माओवादी छुट्टै लड्दा कांग्रेसलाई चिठ्ठा पर्‍यो, अब त्यस्तो हुँदैन : जीवनराम श्रेष्ठ

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १८:२९
1140x725

नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट वाम गठबन्धनका साझा उम्मेदवार छन्। उनी अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटिका अध्यक्ष हुन्। 

अघिल्ला दुई संविधानसभा निर्वाचनमा कांग्रेसले जितेको काठमाडौं ८ मा वाम गठबन्धनको चुनावी एकताले आफू स्थापित हुनेमा श्रेष्ठ ढुक्क छन्। चुनावी प्रचारको अन्तिम दिन प्रचार कार्यक्रम समापन गरेका श्रेष्ठसँग नेपाल लाइभका हिम विक्रमले गरेको कुराकानीः

अन्तिम दिनको चुनावी प्रचार समेत सक्नुभएको छ, काठमाडौं ८ मा आफ्नो अवस्थाको कस्तो विश्लेषण गर्नुभएको छ?

चुनावी प्रचारको अन्तिम दिन हामीले बृहत् र्‍याली निकाल्यौं। निकै उत्साहजनक र्‍याली थियो। हजारौंको उत्साह र सहभागिताले मेरो जित सुनिश्चित भइसकेको देखाउँछ। अब त्यसको औपचारिक घोषणा हुन मात्र बाँकी छ। 

अघिल्ला दुई पटकका निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ मा कांग्रेसका उम्मेदवारले जितेका थिए। कांग्रेसको गढ मानिने क्षेत्रमा आफूले जित्ने आधार के देख्नुहुन्छ?

अघिल्ला पटकको चुनाव कांग्रेसले जित्नुको केही खास कारण छ। त्यो बेला वामपन्थीको विवाद र नेवार समुदायबीचको विभाजनका कारण कांग्रेसले जितेको हो, लोकप्रिय भएर होइन। यो निर्वाचन क्षेत्र वामपन्थी दलकै आधार क्षेत्र हो। ०४७ सालदेखि ०६४ अगाडिसम्म वामपन्थीले जितिरहेको थियो। तर, ०६४ सालपछि माओवादी समेत निर्वाचनमा सहभागी हुन आइपुग्यो। एमाले र माओवादीको दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि मत विभाजन हुँदा कांग्रेसलाई चिठ्ठा परेको मात्र हो। 

तर, यस पटकको अवस्था फरक छ। दुवै वामपन्थी दलले साझा उम्मेदवार अघि सारेका छन्। नेवार समुदायको पार्टीका रुपमा चिनिने नेवा लगायत विभिन्न राजनीतिक दलले मलाई समर्थन गर्नुभएको छ। यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनसँग राप्रपाको तालमेल नमिल्दाको फाइदा समेत मलाई पुगेको छ। 

मतदाताले तपाईंलाई किन जिताउने?

Ncell 2
Ncell 2
nimb
nimb

मुख्य कुरा त हामी गठबन्धन बनाएर चुनावी मैदानमा ओर्लिएका छौं। वामपन्थी एकता नहुँदा राष्ट्र अस्थिर भयो, जसले गर्दा समृद्वि र विकास हुन सकेन, राष्ट्रियता समेत कमजोर भयो। अब आर्थिक समृद्वि र विकासका लागि हाम्रो गठबन्धनलाई जिताउन आवश्यक छ। 

म यहीँको स्थानीय नागरिक भएकाले काठमाडौंको भावनालाई समेट्न सक्छु। काठमाडौंलाई सांस्कृतिक शहर र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने एजेन्डा र योजना मसँग छ। विगतमा हाम्रो पुस्ताले छाडेर गएका संस्कृति, सम्पदा र धरोहरलाई विकास गर्ने योजना अघि सारेको छु। हनुमानढोकादेखि स्वयम्भूसम्मको स्थानलाई हेरिटेज वाचको रुपमा विकास गर्ने योजना छ। त्यसैबाट स्थानीय बासिन्दाको आर्थिक अवस्था परिवर्तन गर्ने सोच छ। भूकम्पबाट भत्किएका घर र सम्पदा अहिलेसम्म बन्न सकिरहेका छैनन्। ऐन ल्याएर पुनर्निर्माणको काम तत्काल अघि बढाउँदै घर बाहिर भएका जनतालाई आवासमा राख्न सक्रियतापूर्वक बढ्छु।

अर्को कुरा, भोट माग्ने क्रममा मतदाताको दैलोमा पुग्दा समेत सबैको चिन्ता खानेपानीमै देखिन्छ। पानीको समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गर्नेछु। मेलम्ची खानेपानी आयोजनाले मात्र यहाँको समस्या सम्बोधन हुँदैन, वैकल्पिक स्रोतलाई उपभोग गर्ने प्रविधितर्फ समेत जानुपर्छ भन्ने मेरो मान्यता हो। 

तपाईं त लामो समयदेखि नेपाली खेलकुदमा क्रियाशील रहेको व्यक्ति, सामाजिक विकासको एजेन्डालाई तपाईंले कार्यान्वयन गर्नुहुन्छ भन्ने कुरामा आम मतदाता कसरी विश्वस्त रहने?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निश्चित रुपमा म लामो समयदेखि नेपाली खेलकुदको नेतृत्व गरिरहेको छु। खेलकुदलाई सम्मानित ठाउँ बनाउने मेरो प्रयास अहिले पनि जारी छ। तर, म सामाजिक विकास गर्ने सोचसहित अघि बढेको छु। विकासको हिसाबले विगतमा कांग्रेसले यस क्षेत्रमा भ्रम मात्र छर्न खोज्यो। यहाँका जनता प्रत्येक वर्ष आउने सांसद विकास कोषको ३ करोड ५० लाख रकम कहाँ गयो भनेर सोधिरहेका छन्। जनताले विकास–निर्माणमा यो क्षेत्र १० वर्ष पछाडि पर्‍यो भनिरहेका छन्। 

यो सांस्कृतिक क्षेत्र पनि हो। मैले काठमाडौंको विकास र पहिचानलाई कायम गर्ने सवालमा, नेवार समुदायको संस्कृतिसँग जोडिएका पक्षको संरक्षण गर्ने कुरा गरिरहेको छु। विकासको नाममा यहाँको मौलिकता, संस्कृति र सम्पदालाई अतिक्रमण गर्ने काम बन्द गर्नुपर्छ भनिरहेको छु। 

खेलकुदको क्षेत्रमा खेलाडीको खेल जीवन सुनिश्चित गर्ने कुरामा ऐनमार्फत निर्देशित गर्ने योजना छ। खेलकुदको विश्वविद्यालय खोल्ने कुरामा भुमिका खेल्नेछु। राखेपको सदस्य–सचिव हुदाँ गौरीटारमा सेन्ट्रल एकेडेमीको परिकल्पना गरेर काम सुरु गरिएको थियो, त्यसलाई साकार पार्न चाहन्छु। यही डल्लु क्षेत्रमा एउटा बहुउद्देश्यीय कभर्ड हल बनाउँछु। मैले मतदातालाई भनेको छु, चुनाव लगत्तै यी काम सुरु गर्नेछु। 

काठमाडौं ८ को निर्वाचनमा डल्लुको आवास क्षेत्र सधैं निर्णायक बन्दै आएको छ। यसपटकको अवस्था के रहन्छ?

डल्लु आवास आयोजना मै वडाअध्यक्ष हुँदा सम्पन्न भएको हो। तत्कालीन समयमा आयोजना बनाउनु हुँदैन भनेर कांग्रेसले विरोध गरेको थियो। यस क्षेत्रको विकास–निर्माणमा मैले पुर्‍याएको योगदानबारे सबै मतदाता जानकार छन्। यही क्षेत्रमा हामीले सामुदायिक अस्पताल बनायौं। त्यसका लागि जग्गा र भवनको व्यवस्था गर्‍यौं। खानेपानीको बोरिङ गरेर वैकल्पिक पानीको सप्लाई गर्नेगरी काम अघि बढाएको छु। चमती आयोजना विगत १० वर्षदेखि अलपत्र छ। मैले आम मतदातालाई भनेको छु, निर्वाचित भएको दुई वर्षमा सो आयोजना पूरा गर्छु। मेरो काम र योगदानको मूल्यांकन यस पटकको निर्वाचनमा हुनेछ।

अन्तिममा के भन्न चाहनुहुन्छ?

आम मतदातामा मेरो अपिल छ, १० वर्षसम्म तपाईंले एक जना सांसदलाई हेर्नुभयो, नयाँ उम्मेदवारलाई सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गर्छु। काठमाडौंको क्षेत्र नम्बर ८ सांस्कृतिक केन्द्र समेत हो। यहाँको ऐतिहासिक धरोहर बचाउन त्यही भावना र सोही समुदायको मान्छेबाट मात्र सम्भव छ। 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्