• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'हिजो जे गरेँ, त्यसको मूल्यांकन गरिदिए पुग्छ'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १५:३०
1140x725

कास्की क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवार रविन्द्र अधिकारी चुनावी अभियानको अन्तिम दिन निकै व्यस्त छन्। वाम गठबन्धनका साझा उम्मेदवार रविन्द्रका लागि चुनौती बनेर उभिएका छन्, कांग्रेसका देवराज चालिसे। विद्यार्थी राजनीतिबाट उदाएका दुवै नेताबीचको प्रतिस्पर्धाले कास्की- २ को चुनावी लडाइँ पेचिलो बनेको छ। संसदको विकास समिति हुँदै राष्ट्रिय राजनीतिको मञ्चमा आफूलाई क्रियाशील बनाउँदै लगेका अधिकारी तेस्रो पटक पनि चुनाव जित्ने दाबी गरिरहेका छन्। एमाले नेता अधिकारीसँग चुनावी सेरोफेरोमा रहेर नेपाल लाइभका हिमविक्रमले गरेको कुराकानी:

तेस्रो पटक मतदाताको घरदैलोमा पुग्दा कत्तिको दबाब महसुस गर्नुभएको छ?
दुई पटक जितेर काम गरिसकेपछि तेस्रो पटक दबाब हुँदैन। तेस्रो पटक किन? भन्ने त ईर्ष्या गर्ने मात्र हो। संविधान निर्माण र राष्ट्रिय विकासमा जुन भूमिका निर्वाह गर्यौं। यहाँको विकासमा जनतासँग जोडिएर काम गरियो, सहकार्य गरियो। यस हिसाबले निर्वाचनमा जनताको जुन स्वागत छ, त्यसबाट म ज्यादै खुसी छु। जुन उत्साह छ म खुसी छु। त्यसले मलाई कुनै पनि परवाह परेको छैन। 

कास्कीको पूर्वाधार निर्माण लगायत विकास गति जसरी सुस्त देखिएको छ, त्यसमा परिवर्तन ल्याउन नयाँ उम्मेदवारलाई जिताउनुपर्छ भनेर विपक्षीले भनिरहेका छन् नि?
मेरो ठाउँमा त भन्नका लागि भन्ने हो। नत्र भने विकास निर्माणको हिसाबले म निर्वाचित भएपछि आजसम्मको अवस्थामा धेरै प्रगति हासिल भएको छ। विकासको सन्दर्भमा यो क्षेत्र अगाडि भएको कारण त्यो पनि हो। पूर्वाधार विकास निर्माण, पुँजीगत खर्च, शान्ति सुरक्षाका विषयमा हामीले नियमित बैठक र अनुगमन गर्ने गरेकाले नै प्रगति सम्भव भएको हो। आजको सापेक्षताको आधारमा भन्ने हो भने अन्य क्षेत्रभन्दा मेरो क्षेत्रमा धेरै ठूलो प्रगति हासिल भएको छ। 

अघिल्ला निर्वाचनभन्दा यसपालि फरक छ। आममतदाताको अपेक्षा कस्तो पाउनुभयो?
अघिल्लो पटकको निर्वाचन संविधान निर्माणका लागि थियो। तर पनि विकास निर्माणका काम त रोकिएन। त्यो निर्वाचन अधिकार प्राप्तिको लडाइँ पनि थियो। यसलाई संस्थागत गर्ने कुरा थियो। अबको निर्वाचनमार्फत समृद्धि र विकास हासिल गर्नुपर्छ। संविधानका अक्षरहरुलाई कार्यान्वयन गर्नुपर्छ। संविधानमा समानता लेखिएको छ, समृद्धि लेखिएको छ; त्यो प्राप्ति गर्ने कुरा हो। त्यसका लागि योग्यतम मान्छे र बहुमतको सरकार सबैभन्दा प्रमुख आवश्यकता हो। राजनीतिक अस्थिरता अन्त्य गर्ने चुनाव हो यो। 

जनताले तपाईंलाई फेरि पनि निर्वाचित गराएर किन संसदमा पठाउने?
मैले हिजो जे काम गरेँ, त्यसको मूल्यांकन गरिदिनुस् मात्र भनेको छु। मैले इमानदारी र निष्ठापूर्वक काम गरेको छु। राष्ट्रिय मञ्चमा राम्रो भूमिका खेलेको छु। आफ्नो मतदाताको शिर ठाडो पार्ने काम गरेको छु। अब सबै फैसला गर्ने काम जनताको हो। 

Ncell 2
Ncell 2

युवा नेतृत्व पनि राष्ट्रिय एजेन्डा छाडेर स्थानीय तहका विकास निर्माणतिरै अल्झिए भन्ने टिप्पणी हुने गर्छ। राष्ट्रियस्तरको नेताका रुपमा आफूलाई परिचित गराइरहँदा तपाईंसँग मूल एजेन्डा केके छन्?
पहिलो कुरा, केन्द्रीय राजनीतिमा प्रमुख कुरा त हामीले वाम गठबन्धन बनाएका छौं। स्थिरता नहुँदा देश कमजोर भयो, विकास निर्माण भएन, छिमेकीले हेपे। हाम्रो स्वाभिमान समेत कमजोर बन्यो। यही अस्थिरता अन्त्यका लागि वाम गठबन्धन बनेको हो। 

दोस्रो, हाम्रो विकास निर्माणका कामहरु प्रभावित छन्। विकासमा केही रकम खर्च भए, केही रोकिए, केही अल्झिएर बसेका छन्; हामीले केही काम अगाडि बढायौं। तर सरकार परिवर्तनसँगै यसले गति लिन सकेन। एउटा सरकार आउने-बनाउने, अर्कोले भत्काउने भइरहेको छ। मुलुकलाई विकास निर्माणको एउटा प्रभावमा लैजानका लागि अब नयाँ तरिकाले काम  गर्नु जरुरी छ।

तेस्रो, युवा जनशक्ति जसरी विदेश पलायन भइरहेको छ,  यसलाई रोक्ने कुरा अहिलेको चुनौती हो। हाम्रो प्राकृतिक स्रोत, साधनको परिचालन गरेर हरेक व्यक्तिलाई ज्ञान र सिप दिएर रोजगारीका अवसर सिर्जना गर्नुपर्नेछ। उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य हामीले लिएका छौं। 

चौथो, हामी औद्योगिक क्रान्ति गर्न चाहन्छौं। विशेषगरी कृषि, प्रविधि, पूर्वाधार निर्माण, पर्यटन र जलविद्युत उत्पादनमा क्रान्ति ल्याउन चाहन्छौं। त्यसका माध्यमबाट देशलाई समृद्धिमा लैजाने हाम्रो एजेन्डा हो। १० वर्षभित्र गरिबी  शून्यमा झार्न चाहन्छौं। समाजवादको आधार तयार गर्न चाहन्छौं। गरिबीमा उभिएको लोकतन्त्र र समाजवाद होइन। समृद्धिमा उभिएको समाजवाद खडा गर्न चाहन्छौं। सुखी नेपाली, समृद्ध नेपाली, समुन्नत नेपाल निर्माण गर्ने हाम्रो सपना हो।
 
जनतालाई विभिन्न प्रलोभन देखाएको र कतिपय ठाउँमा पैसाको बिटो नै दिएको उम्मेदवारमाथि आरोप किन लाग्ने गर्छ? यसले त निर्वाचन निकै महँगो हुने भयो होइन?
निर्वाचनलाई महँगो बनाउने प्रयास भइरहेको छ। मतदातालाई प्रलोभन देखाउने र  पैसा बाँड्ने प्रयास भइरहेको देख्छु। तर यो समयका मानिस पैसामा खरिद हुँदैनन्। पैसाले भौतिक विलासी वस्तु किन्न सकिएला, जनताको मत र विश्वास किन्न सकिन्न। हामी भने निकै मितव्ययी तरिकाले काम गरिरहेका छौं। जनतासँग सहकार्य गरिरहेका छौं। कसरी कम खर्चमा निर्वाचन सम्पन्न गर्न सकिन्छ, यसमा हामी सचेत छौं।

हामी आचारसंहिता बनाउँछौ तर पालना गर्दैनौं। पैसाले चुनाव जित्न सकिन्छ भन्ने मानसिकताका कारण यस्तो भइराखेको हो। जतिबेलासम्म राजनीतिक दल र नेताहरु जवाफदेही, पारदर्शी र स्वच्छ हुँदैनन्, त्यो बेलासम्म यस प्रकारका विकृति रहिरहन्छ। जस्तै प्रणाली बनाए पनि रोक्न कठिन छ। पछिल्लो समय भने केही हदसम्म यसमा कमी आएको महसुस गरेको छु। 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्