• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'हिजो जे गरेँ, त्यसको मूल्यांकन गरिदिए पुग्छ'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १५:३०
1140x725

कास्की क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवार रविन्द्र अधिकारी चुनावी अभियानको अन्तिम दिन निकै व्यस्त छन्। वाम गठबन्धनका साझा उम्मेदवार रविन्द्रका लागि चुनौती बनेर उभिएका छन्, कांग्रेसका देवराज चालिसे। विद्यार्थी राजनीतिबाट उदाएका दुवै नेताबीचको प्रतिस्पर्धाले कास्की- २ को चुनावी लडाइँ पेचिलो बनेको छ। संसदको विकास समिति हुँदै राष्ट्रिय राजनीतिको मञ्चमा आफूलाई क्रियाशील बनाउँदै लगेका अधिकारी तेस्रो पटक पनि चुनाव जित्ने दाबी गरिरहेका छन्। एमाले नेता अधिकारीसँग चुनावी सेरोफेरोमा रहेर नेपाल लाइभका हिमविक्रमले गरेको कुराकानी:

तेस्रो पटक मतदाताको घरदैलोमा पुग्दा कत्तिको दबाब महसुस गर्नुभएको छ?
दुई पटक जितेर काम गरिसकेपछि तेस्रो पटक दबाब हुँदैन। तेस्रो पटक किन? भन्ने त ईर्ष्या गर्ने मात्र हो। संविधान निर्माण र राष्ट्रिय विकासमा जुन भूमिका निर्वाह गर्यौं। यहाँको विकासमा जनतासँग जोडिएर काम गरियो, सहकार्य गरियो। यस हिसाबले निर्वाचनमा जनताको जुन स्वागत छ, त्यसबाट म ज्यादै खुसी छु। जुन उत्साह छ म खुसी छु। त्यसले मलाई कुनै पनि परवाह परेको छैन। 

कास्कीको पूर्वाधार निर्माण लगायत विकास गति जसरी सुस्त देखिएको छ, त्यसमा परिवर्तन ल्याउन नयाँ उम्मेदवारलाई जिताउनुपर्छ भनेर विपक्षीले भनिरहेका छन् नि?
मेरो ठाउँमा त भन्नका लागि भन्ने हो। नत्र भने विकास निर्माणको हिसाबले म निर्वाचित भएपछि आजसम्मको अवस्थामा धेरै प्रगति हासिल भएको छ। विकासको सन्दर्भमा यो क्षेत्र अगाडि भएको कारण त्यो पनि हो। पूर्वाधार विकास निर्माण, पुँजीगत खर्च, शान्ति सुरक्षाका विषयमा हामीले नियमित बैठक र अनुगमन गर्ने गरेकाले नै प्रगति सम्भव भएको हो। आजको सापेक्षताको आधारमा भन्ने हो भने अन्य क्षेत्रभन्दा मेरो क्षेत्रमा धेरै ठूलो प्रगति हासिल भएको छ। 

अघिल्ला निर्वाचनभन्दा यसपालि फरक छ। आममतदाताको अपेक्षा कस्तो पाउनुभयो?
अघिल्लो पटकको निर्वाचन संविधान निर्माणका लागि थियो। तर पनि विकास निर्माणका काम त रोकिएन। त्यो निर्वाचन अधिकार प्राप्तिको लडाइँ पनि थियो। यसलाई संस्थागत गर्ने कुरा थियो। अबको निर्वाचनमार्फत समृद्धि र विकास हासिल गर्नुपर्छ। संविधानका अक्षरहरुलाई कार्यान्वयन गर्नुपर्छ। संविधानमा समानता लेखिएको छ, समृद्धि लेखिएको छ; त्यो प्राप्ति गर्ने कुरा हो। त्यसका लागि योग्यतम मान्छे र बहुमतको सरकार सबैभन्दा प्रमुख आवश्यकता हो। राजनीतिक अस्थिरता अन्त्य गर्ने चुनाव हो यो। 

जनताले तपाईंलाई फेरि पनि निर्वाचित गराएर किन संसदमा पठाउने?
मैले हिजो जे काम गरेँ, त्यसको मूल्यांकन गरिदिनुस् मात्र भनेको छु। मैले इमानदारी र निष्ठापूर्वक काम गरेको छु। राष्ट्रिय मञ्चमा राम्रो भूमिका खेलेको छु। आफ्नो मतदाताको शिर ठाडो पार्ने काम गरेको छु। अब सबै फैसला गर्ने काम जनताको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

युवा नेतृत्व पनि राष्ट्रिय एजेन्डा छाडेर स्थानीय तहका विकास निर्माणतिरै अल्झिए भन्ने टिप्पणी हुने गर्छ। राष्ट्रियस्तरको नेताका रुपमा आफूलाई परिचित गराइरहँदा तपाईंसँग मूल एजेन्डा केके छन्?
पहिलो कुरा, केन्द्रीय राजनीतिमा प्रमुख कुरा त हामीले वाम गठबन्धन बनाएका छौं। स्थिरता नहुँदा देश कमजोर भयो, विकास निर्माण भएन, छिमेकीले हेपे। हाम्रो स्वाभिमान समेत कमजोर बन्यो। यही अस्थिरता अन्त्यका लागि वाम गठबन्धन बनेको हो। 

दोस्रो, हाम्रो विकास निर्माणका कामहरु प्रभावित छन्। विकासमा केही रकम खर्च भए, केही रोकिए, केही अल्झिएर बसेका छन्; हामीले केही काम अगाडि बढायौं। तर सरकार परिवर्तनसँगै यसले गति लिन सकेन। एउटा सरकार आउने-बनाउने, अर्कोले भत्काउने भइरहेको छ। मुलुकलाई विकास निर्माणको एउटा प्रभावमा लैजानका लागि अब नयाँ तरिकाले काम  गर्नु जरुरी छ।

तेस्रो, युवा जनशक्ति जसरी विदेश पलायन भइरहेको छ,  यसलाई रोक्ने कुरा अहिलेको चुनौती हो। हाम्रो प्राकृतिक स्रोत, साधनको परिचालन गरेर हरेक व्यक्तिलाई ज्ञान र सिप दिएर रोजगारीका अवसर सिर्जना गर्नुपर्नेछ। उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य हामीले लिएका छौं। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चौथो, हामी औद्योगिक क्रान्ति गर्न चाहन्छौं। विशेषगरी कृषि, प्रविधि, पूर्वाधार निर्माण, पर्यटन र जलविद्युत उत्पादनमा क्रान्ति ल्याउन चाहन्छौं। त्यसका माध्यमबाट देशलाई समृद्धिमा लैजाने हाम्रो एजेन्डा हो। १० वर्षभित्र गरिबी  शून्यमा झार्न चाहन्छौं। समाजवादको आधार तयार गर्न चाहन्छौं। गरिबीमा उभिएको लोकतन्त्र र समाजवाद होइन। समृद्धिमा उभिएको समाजवाद खडा गर्न चाहन्छौं। सुखी नेपाली, समृद्ध नेपाली, समुन्नत नेपाल निर्माण गर्ने हाम्रो सपना हो।
 
जनतालाई विभिन्न प्रलोभन देखाएको र कतिपय ठाउँमा पैसाको बिटो नै दिएको उम्मेदवारमाथि आरोप किन लाग्ने गर्छ? यसले त निर्वाचन निकै महँगो हुने भयो होइन?
निर्वाचनलाई महँगो बनाउने प्रयास भइरहेको छ। मतदातालाई प्रलोभन देखाउने र  पैसा बाँड्ने प्रयास भइरहेको देख्छु। तर यो समयका मानिस पैसामा खरिद हुँदैनन्। पैसाले भौतिक विलासी वस्तु किन्न सकिएला, जनताको मत र विश्वास किन्न सकिन्न। हामी भने निकै मितव्ययी तरिकाले काम गरिरहेका छौं। जनतासँग सहकार्य गरिरहेका छौं। कसरी कम खर्चमा निर्वाचन सम्पन्न गर्न सकिन्छ, यसमा हामी सचेत छौं।

हामी आचारसंहिता बनाउँछौ तर पालना गर्दैनौं। पैसाले चुनाव जित्न सकिन्छ भन्ने मानसिकताका कारण यस्तो भइराखेको हो। जतिबेलासम्म राजनीतिक दल र नेताहरु जवाफदेही, पारदर्शी र स्वच्छ हुँदैनन्, त्यो बेलासम्म यस प्रकारका विकृति रहिरहन्छ। जस्तै प्रणाली बनाए पनि रोक्न कठिन छ। पछिल्लो समय भने केही हदसम्म यसमा कमी आएको महसुस गरेको छु। 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्