• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'घरेलु हिंसाको समूल अन्त्यका लागि लड्नेछु'

64x64
नेपाल लाइभ आइतबार, मंसिर १७, २०७४  १२:२४
1140x725

झापा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा एमालेकी नेतृ पवित्रा खरेल चुनावी मैदानमा छिन्। ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पवित्रा थोरै मतले नेपाली कांग्रेसका सुधीरकुमार सिवाकोटीसँग पराजित भएकी थिइन्। यतिबेला उनी नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापासँग प्रतिस्पर्धा गर्दैछिन्। 

वाम गठबन्धनको संयुक्त उम्मेदवार भएका कारण उनी यसपालि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छिन्। झापामा ५ वटा निर्वाचन क्षेत्र छन्। त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उनी एक्ली महिला हुन्। यो क्षेत्रमा कुल १ लाख १८ हजार मतदाता छन्। केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा वाम गठबन्धनको मत ४० हजार ४ सय १६ छ। कांग्रेसको मत २२ हजार ८ सय ८२ मात्र छ। त्यसैले पनि पवित्रा आफ्नो जितमा ढुक्क जस्तै देखिन्छिन्। उनीसँग नेपाल लाइभका नवीन अर्यालले गरेको कुराकानीः

तपाईं झापाको एक्लो महिला उम्मेदवार, चुनाव कत्तिको लागिरहेको छ?

एकदमै लागेको छ। राज्यले कहिले धान रोप्ने बेला चुनावको घोषणा गर्छ, कहिले बाली भित्र्याउने बेला। त्यही पनि खेत–खेतमा पुगेर चुनावी अभियानलाई तीव्र पारेका छौं। बाली भित्र्याउने चटारोमा मतदाताले सभाहरूमा सक्रिय सहभागिता जनाउन सकिरहनु भएको छैन्। तर, हामी भोट हाल्न आउँछौ भन्ने आश्वासन दिनुभएको छ। 

मतदाताहरू के चाहिरहेका छन्?

विकास निमार्णको काम नै उहाँहरूको मुख्य एजेन्डा छ। आफ्नो क्षेत्रमा विकास होस्, बाटो बनोस्, पुल, कलभर्ट बनोस्, चौबिसै घन्टा बिजुली होस् भन्ने चाहनुभएको छ। सुरक्षा पनि उहाँहरूको प्रमुख प्राथमिकतामा छ। महिला उम्मेदवार भएका कारण उहाँहरुले सुरक्षासम्बन्धी आफ्नो समस्या बताइरहनु भएको छ।

महिला मतदाताले तपाईंसँग कस्तो अपेक्षा राखेका छन्?

उहाँहरुले आफ्नो अधिकार सुनिश्चित होस् भन्ने चाहनुभएको छ। बेरोजगारीको समस्याले धेरै युवा विदेशमा छन्। घरमा महिलाहरु बढी देखिन्छन्। उहाँहरु आफ्नो बाल–बच्चाको गुणस्तरीय शिक्षा र स्वास्थ्य राज्यले सुनिश्चित गर्नुपर्यो भनिरहनु भएको छ। घरेलु हिंसा रोकियोस् भन्ने चाहना छ। म घरेलु हिंसाको समूल अन्त्यका लागि लड्नेछु। महिलाले घरभित्र गर्ने कामको मूल्यांकन नभएकोमा उहाँहरुको गुनासो छ। त्यसको अन्त्य होस् भन्ने चाहना छ। विदेशमा घरेलु कामदारको श्रमको मूल्य छ। तर, यहाँ दिनभरि महिला घरेलु काममा जोतिँदा पनि केही गरेनन् भन्ने आरोप लाग्ने गर्छ, यसको अन्त्य होस् भन्ने आग्रह छ। 

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नो क्षेत्रमा कत्तिको घुमिरहनु भएको छ?

म सदैव सक्रिय छु। २०७० को निर्वाचन परिणमपछि झनै सक्रिय छु। सीमा निर्धारण हुँदा केही नयाँ भू–भाग मेरो क्षेत्रमा गाभिएका छन्। त्यसैले नयाँ जोडिएका भू–भागमा पहिलो पल्ट पुगेजस्तो भइरहेको छ। तर, लामो समयदेखि राजनीतिमा आबद्ध भएको हुनाले सबैसँग परिचित छु। महिला उम्मेदवार पनि भएकाले दिदी–बहिनी, आमाहरूको माया र आशीर्वाद पाएकी छु। उहाँहरूलाई आफ्नै छोरी वा दिदी–बहिनी उठेको आभास भइरहेको छ। 

तपाईंलाई नै मत दिनुपर्ने कारण के देख्नुहुन्छ?

पहिलो त म एक्लो महिला उम्मेदवार हुँ। महिला अधिकारको सुनिश्चितताका लागि पहिलेदेखि लडिरहेको हुनाले सबैले मलाई मत हाल्नु हुन्छ भन्ने लागेको छ। अर्को कुरा, राजनीतिक कुरा मिलेर संघीय ढाँचाको संविधान बनिसकेको हुनाले अबको हाम्रो दायित्व विकास निर्माण नै हो। यसमा दह्रोसँग काम गर्न सक्छु भन्ने मेरो दाबी हो। 

निर्वाचन निकै खर्चिलो बन्दै गएको छ, कत्तिको अप्ठ्यारो परेको छ?

हो, खर्चिलो बन्दै छ। तर, म ‘मनी’ र ‘मसल्स’भन्दा पनि मस्तिष्क प्रयोग गर्ने उम्मेदवार हुँ। सुकुम्बासी क्षेत्र, शिक्षाको कमी र गरिबी भएको ठाउँमा पैसाको केही चलखेल होला। एकछाक मिठो ख्वाएर मत चोर्ने चलन छ। तर, म यो परम्पराको विरुद्धमा छु र यसलाई चिर्ने प्रयास गरिरहेकी छु।

निर्वाचनको सुरक्षा व्यवस्था कस्तो छ?

पछिल्लो केही समययता सुरक्षामा त्रृटि देखिएको छ। तर, म आत्तिएको छैन। झापामा मात्र हालै २–३ वटा घटना भए। हाम्रै पार्टी अध्यक्ष केपी कमरेडको घरको पर्खालमा बम हानियो। कृष्ण सिटौलाको घरमा पनि यस्तै घटना भयो। मेरै प्रतिस्पर्धी उद्धव थापाको गाडीमा पनि बम हानियो। उहाँको गाडीमा बम हानेपछि म आफैं उहाँको घर पुगेर यस्तो घटनाको निन्दा गरें। उहाँलाई नअत्तालिन अनुरोध गरें। राज्यले मतदातालाई भयरहित निर्वाचनमा भाग लिने वातावरण मिलाउनुपर्छ। 

समग्रमा निर्वाचनको परिणाम कस्तो होला?

ढुक्क हुनुहोस्, वाम गठबन्धनको दुई तिहाई आउँछ। र, सरकार निर्माण हुन्छ। संविधान कार्यान्वयन गर्न जोड–कोणले मिलेर बनेको वाम एकता हो यो, कायम रहन्छ। एउटै पार्टी निर्माण हुन्छ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु विद्यार्थीहरुलाई देश नछोडीकनै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने, उद्देश्य सहितको यो शिक्षाप्रतिको एउटा स्पष्ट दृष्टिकोण हो... सोमबार, साउन १८, २०८३
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ ।  यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्... सोमबार, साउन ११, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्... शनिबार, असार १३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्