• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘एक पाउ गोलभेडा किन्न सोच्ने, ओल्टाइपल्टाई गरेर छान्ने, तर आफ्नो प्रतिनिधि चुन्न किन नसोच्ने?’

64x64
नेपाल लाइभ शनिबार, मंसिर १६, २०७४  १२:५७
1140x725

‘बिग्रिए म बिग्रन्छु, बने देश बनाउँछु, तर म राजनीति गर्छु’ भन्दै राजनीतिमा छिरेका मिलन पाण्डे विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हुन्। काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाण्डे इन्जिनियरिङका विद्यार्थी हुन्। विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका पाण्डे देश बदल्ने अठोटसहित राजनीतिमा छिरेको दाबी गर्छन्। मंसिर २१ को निर्वाचन नजिकिँदै गर्दा चुनावी एजेन्डा र समसामयिक विषयमा पाण्डेसँग नेपाल लाइभका लागि हिमविक्रम केसीले गरेको कुराकानीः 

प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ? 

मेरो उम्मेदवारीको औचित्य ३ प्रकारले पुष्टि हुन्छ। पहिलो, अहिले हामी सबैले चाहेको विकास अनि समृद्वि हो। म सिभिल इन्जिनियरिङको विद्यार्थी भएकाले मैले विकास बुझेको छु भन्ने लाग्छ। म प्राविधिक रुपमा मात्र होइन राजनीतिक रुपमा पनि सक्षम छु भन्ने लाग्छ। दोस्रो, म नयाँ पुस्तालाई प्रतिनिधित्व गर्छु, त्यसैले आमयुवाले चाहेको कुरा बुझ्न सक्छु र त्यसका लागि आवाज उठाउन सक्छु। तेस्रो, म काठमाडौं क्षेत्र नम्बर ९ मै जन्मिएँ, हुर्किएँ, बढें, पढें। त्यसैले यो क्षेत्रसँग म अनि मसँग यो क्षेत्रको भावनात्मक सम्बन्ध छ। 

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका तर्फबाट तपाईंका चुनावी एजेन्डा के–के छन्?

हाम्रो प्रतिबद्धता र चुनावी एजेन्डा बुँदागत रुपमा यस्ता छन्ः 

१. हामी तपाईंले तपाईंका सन्तानको स्वास्थ्य अनि शिक्षाका लागि पीर गर्नु नपर्ने नीतिको पक्षमा सशक्त ढंलले वकालत गर्नेछौं। 

२. हामी युवाको उत्थानका लागि उद्यमशीलताका कार्यक्रमहरुमा नेतृत्वदायी पहल गर्नेछौं। युवालाई रोजगार बन्न प्रेरित गर्ने नीतिको वकालत गर्नेछौं। 

३. स्थानीय सरकारको भूमिकामा रहेका महानगरपालिका, नगरपालिका, गाउँपालिका र आमनागरिकसँग मिलेर बाटो, खानेपानी, ढल, पार्क निर्माण आदिमा सशक्त भूमिका खेल्नेछौं। 

Ncell 2
Ncell 2
nimb
nimb

४. हामी स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछौं। 

५. हामी राज्यको अनुभूति हुनेगरी जनतालाई सेवा दिन प्रतिबद्ध छौं। 

६. हामी सांसदको हैसियतमा आफ्नो क्षेत्रको विकासका लागि पाउने र ल्याउन सक्ने बजेट काठमाडौं क्षेत्र नम्बर ९ का प्रवुद्ध र प्रतिष्ठित व्यक्तिको समूह बनाएर उनीहरूको सल्लाह सुझावमा मात्र खर्च गर्नेछौं। 

मुलुक वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धमा ध्रुवीकृत भइरहँदा विवेकशील साझा पार्टी कहाँनेर छ? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विवेकशील साझा पार्टी जनतासँग छ। जनताको आम चासोको मुद्दाका लागि लड्दै छ। हेर्नुस, यी गठबन्धन निर्वाचनपछि ३ महिना पनि टिक्दैनन्। हुनतः ३ दिनमै बाबुराम भट्टराई हिँडेपछि वाम गठबन्धन टुटिसकेको छ। ६०/४० को हिसाब–किताब जुन दिन तलमाथि हुन्छ, त्यो दिन फेरि राजनीति सम्भावनाको खेल बन्छ। 

चर्चाका हिसाबमा तपाईंको पार्टीले समाजिक सञ्जालमा राम्रै स्थान पाएको छ। जनमतलाई भोटमा बदल्न सक्ने योजना र सामर्थ्य के हो? 

अहिले सामाजिक सञ्जालकै जमाना छ। तपाईंले लिएको यो अन्तर्वार्ता पनि सामाजिक सञ्जालमै आउने हो, अनि मतदाताले पनि त्यहीँ नै पढ्ने त हो नि, होइन र? त्यसैले यो अस्वाभाभिक चाहिँ होइन। पाइरहेको माया भोटमै बदल्न चाहिँ, दिनरात एक गरेर घरदैलो गर्दै छौं। आफ्नो कुरा कोणसभाहरु मार्फत राख्दै छौं। मतदातासँग व्यक्तिगत भेटघाटमा पनि ब्यस्त छौं। 

अहिलेको चुनावको नतिजालाई पनि धेरैले स्थानीय तह निर्वाचनको मतपरिणामसँग तुलना गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ९ मा तपाईंले चुनाव जित्ने आधार के–के हुन्? 

म काठमाडौं–९ को उम्मेदवारसँगै मतदाता पनि हुँ। यो क्षेत्रमा हामीले २६ वर्षदेखि नयाँ अनुहार पाएका छैनौं। जित्नेले केही गरेको छैन। हार्ने (दोस्रो हुने) पनि टुलुटुलु हेरेर बसेका छन्। अब यहाँका मतदाता वैकल्पिक पार्टी अनि वैकल्पिक सक्षम नेतृत्व चाहन्छन्। जसको प्रतिनिधित्व हामीले गर्दै छौं। अब यो क्षेत्रको भविस्य हामी हौं। 

चुनावी नतिजा र पार्टी विस्तारका लागि संगठनलाई महत्वपूर्ण मानिन्छ। भर्खरै खुलेको विवेकशील साझाले वर्षौंदेखिको राजनीतिक विरासत बोकेका पार्टीलाई कसरी पराजित गर्न सकिएला? 

हामीले ठूला पार्टीलाई पराजित गरिसक्यौं। ४ महिनामा ७० वर्षअघि खुलेका पार्टीलाई एउटै धरातलमा उभिएर टक्कर दिँदै छौं। अस्ति स्थानीय तह निर्वाचनमा हामीले काठमाडौंमा (किशोर थापा र रन्जु दर्शना) २३ गते चुनाव चिह्न पाएर २८ गतेसम्म ६ दिनको प्रचारप्रसारले तेत्रो भोट ल्याएका थियौं। यो हामीले उहाँहरुले पराजित गरेको होइन र? 

तपाईसँग चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार लामो राजनीतिक यात्रा तय गरेर आउनु भएको छ। पार्टी संगठन, राजनीतिक अनुभव र उमेरका हिसावले तपाईंले कत्तिको दबाब महसुस गर्नुभएको छ? 

उहाँहरुको योगदानले देश यहाँसम्म आएकै हो। त्यसका लागि मेरो पुस्ता उहाँहरुलाई धन्यवाद दिन्छ। तर, अब उहाँहरुले घरमै बसेर नातिनातिना खेलाउने बेला भएको छ। अब ड्राइभिङ सिटमा हामी बस्छौं। हामी विकास अनि समृद्विको बाटोमा देशलाई डोहोर्याउन आएका हौं। हामी दबाबमा भन्दा पनि देश बनाउने हतारमा छौं। 

स्थानीय तह निर्वाचनमा मतदाताले पार्टीगत हिसाबले नै मतदान गरे, सोही अनुसारको नतिजा आयो। अबको निर्वाचनले कसरी फरक नतिजा दिन सक्ला? 

त्यति बेला र अहिलेको माहौलमा ३ प्रकारका फरक छन्। पहिलो, त्यति बेला विवेकशील र साझा फरक पार्टी थिए, अहिले एउटै पार्टी बनेको छ। दोस्रो, त्यतिबेला हामीले चुनाव चिह्न ६ दिन अगाडि मात्र पाएका थियौं, अहिले हामीले पहिलेदेखि नै पाइसकेका छौं। तेस्रो, त्यतिबेला भोट हालेर पनि काम छैन, जित्दैन कि भन्ने मतदाताको मानसिकता अहिले भोट हाले जित्न सक्ने रहेछ भन्नेमा पुगेको पाएका छौं। 

अबको निर्वाचनपछि विवेकशील साझा पार्टीको हैसियत के रहला? 

हामी राष्ट्रिय पार्टी बन्छौं। अनि सशक्त प्रतिपक्ष बन्नेछौं। 

विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ चुनाव जित्न सक्ने सम्भावित उम्मेदवारको सूचीमा कसकसलाई राखेको छ? 

सबैको उतिकै सम्भावन छ। मेरो हकमा भन्नुपर्दा, विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ९ जित्दै छ। 

मतदातालाई के भन्न चाहनुहुन्छ? 

तपाईं एक पाउ गोलभेंडा किन्न सोच्ने, ओल्टाइपल्टाई गरेर छान्ने तर देशको नेता चुन्न, आफ्नो प्रतिनिधि चुन्न किन नसोच्ने? अब हामीले सोच्ने बेला आएको छ। कुनै बेला, कुनै नेताले लगाएको गुन पुस्तौंसम्म तिरिरहँदा वा बाबुबाजेको पार्टी भनेर आफ्नो पार्टीप्रति धेरै इमान्दार बन्दा देशले यो हालत बेहोर्नु परेको छ। अब आफ्नो पार्टीप्रति अलिकति बेइमानी अनि देशप्रति अलिकति इमान्दारिता देखाउन सके देशले काँचुली फेर्न सक्छ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्