• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘एक पाउ गोलभेडा किन्न सोच्ने, ओल्टाइपल्टाई गरेर छान्ने, तर आफ्नो प्रतिनिधि चुन्न किन नसोच्ने?’

64x64
नेपाल लाइभ शनिबार, मंसिर १६, २०७४  १२:५७
1140x725

‘बिग्रिए म बिग्रन्छु, बने देश बनाउँछु, तर म राजनीति गर्छु’ भन्दै राजनीतिमा छिरेका मिलन पाण्डे विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हुन्। काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाण्डे इन्जिनियरिङका विद्यार्थी हुन्। विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका पाण्डे देश बदल्ने अठोटसहित राजनीतिमा छिरेको दाबी गर्छन्। मंसिर २१ को निर्वाचन नजिकिँदै गर्दा चुनावी एजेन्डा र समसामयिक विषयमा पाण्डेसँग नेपाल लाइभका लागि हिमविक्रम केसीले गरेको कुराकानीः 

प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ? 

मेरो उम्मेदवारीको औचित्य ३ प्रकारले पुष्टि हुन्छ। पहिलो, अहिले हामी सबैले चाहेको विकास अनि समृद्वि हो। म सिभिल इन्जिनियरिङको विद्यार्थी भएकाले मैले विकास बुझेको छु भन्ने लाग्छ। म प्राविधिक रुपमा मात्र होइन राजनीतिक रुपमा पनि सक्षम छु भन्ने लाग्छ। दोस्रो, म नयाँ पुस्तालाई प्रतिनिधित्व गर्छु, त्यसैले आमयुवाले चाहेको कुरा बुझ्न सक्छु र त्यसका लागि आवाज उठाउन सक्छु। तेस्रो, म काठमाडौं क्षेत्र नम्बर ९ मै जन्मिएँ, हुर्किएँ, बढें, पढें। त्यसैले यो क्षेत्रसँग म अनि मसँग यो क्षेत्रको भावनात्मक सम्बन्ध छ। 

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका तर्फबाट तपाईंका चुनावी एजेन्डा के–के छन्?

हाम्रो प्रतिबद्धता र चुनावी एजेन्डा बुँदागत रुपमा यस्ता छन्ः 

१. हामी तपाईंले तपाईंका सन्तानको स्वास्थ्य अनि शिक्षाका लागि पीर गर्नु नपर्ने नीतिको पक्षमा सशक्त ढंलले वकालत गर्नेछौं। 

२. हामी युवाको उत्थानका लागि उद्यमशीलताका कार्यक्रमहरुमा नेतृत्वदायी पहल गर्नेछौं। युवालाई रोजगार बन्न प्रेरित गर्ने नीतिको वकालत गर्नेछौं। 

३. स्थानीय सरकारको भूमिकामा रहेका महानगरपालिका, नगरपालिका, गाउँपालिका र आमनागरिकसँग मिलेर बाटो, खानेपानी, ढल, पार्क निर्माण आदिमा सशक्त भूमिका खेल्नेछौं। 

Ncell 2
Ncell 2

४. हामी स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछौं। 

५. हामी राज्यको अनुभूति हुनेगरी जनतालाई सेवा दिन प्रतिबद्ध छौं। 

६. हामी सांसदको हैसियतमा आफ्नो क्षेत्रको विकासका लागि पाउने र ल्याउन सक्ने बजेट काठमाडौं क्षेत्र नम्बर ९ का प्रवुद्ध र प्रतिष्ठित व्यक्तिको समूह बनाएर उनीहरूको सल्लाह सुझावमा मात्र खर्च गर्नेछौं। 

मुलुक वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धमा ध्रुवीकृत भइरहँदा विवेकशील साझा पार्टी कहाँनेर छ? 

विवेकशील साझा पार्टी जनतासँग छ। जनताको आम चासोको मुद्दाका लागि लड्दै छ। हेर्नुस, यी गठबन्धन निर्वाचनपछि ३ महिना पनि टिक्दैनन्। हुनतः ३ दिनमै बाबुराम भट्टराई हिँडेपछि वाम गठबन्धन टुटिसकेको छ। ६०/४० को हिसाब–किताब जुन दिन तलमाथि हुन्छ, त्यो दिन फेरि राजनीति सम्भावनाको खेल बन्छ। 

चर्चाका हिसाबमा तपाईंको पार्टीले समाजिक सञ्जालमा राम्रै स्थान पाएको छ। जनमतलाई भोटमा बदल्न सक्ने योजना र सामर्थ्य के हो? 

अहिले सामाजिक सञ्जालकै जमाना छ। तपाईंले लिएको यो अन्तर्वार्ता पनि सामाजिक सञ्जालमै आउने हो, अनि मतदाताले पनि त्यहीँ नै पढ्ने त हो नि, होइन र? त्यसैले यो अस्वाभाभिक चाहिँ होइन। पाइरहेको माया भोटमै बदल्न चाहिँ, दिनरात एक गरेर घरदैलो गर्दै छौं। आफ्नो कुरा कोणसभाहरु मार्फत राख्दै छौं। मतदातासँग व्यक्तिगत भेटघाटमा पनि ब्यस्त छौं। 

अहिलेको चुनावको नतिजालाई पनि धेरैले स्थानीय तह निर्वाचनको मतपरिणामसँग तुलना गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ९ मा तपाईंले चुनाव जित्ने आधार के–के हुन्? 

म काठमाडौं–९ को उम्मेदवारसँगै मतदाता पनि हुँ। यो क्षेत्रमा हामीले २६ वर्षदेखि नयाँ अनुहार पाएका छैनौं। जित्नेले केही गरेको छैन। हार्ने (दोस्रो हुने) पनि टुलुटुलु हेरेर बसेका छन्। अब यहाँका मतदाता वैकल्पिक पार्टी अनि वैकल्पिक सक्षम नेतृत्व चाहन्छन्। जसको प्रतिनिधित्व हामीले गर्दै छौं। अब यो क्षेत्रको भविस्य हामी हौं। 

चुनावी नतिजा र पार्टी विस्तारका लागि संगठनलाई महत्वपूर्ण मानिन्छ। भर्खरै खुलेको विवेकशील साझाले वर्षौंदेखिको राजनीतिक विरासत बोकेका पार्टीलाई कसरी पराजित गर्न सकिएला? 

हामीले ठूला पार्टीलाई पराजित गरिसक्यौं। ४ महिनामा ७० वर्षअघि खुलेका पार्टीलाई एउटै धरातलमा उभिएर टक्कर दिँदै छौं। अस्ति स्थानीय तह निर्वाचनमा हामीले काठमाडौंमा (किशोर थापा र रन्जु दर्शना) २३ गते चुनाव चिह्न पाएर २८ गतेसम्म ६ दिनको प्रचारप्रसारले तेत्रो भोट ल्याएका थियौं। यो हामीले उहाँहरुले पराजित गरेको होइन र? 

तपाईसँग चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार लामो राजनीतिक यात्रा तय गरेर आउनु भएको छ। पार्टी संगठन, राजनीतिक अनुभव र उमेरका हिसावले तपाईंले कत्तिको दबाब महसुस गर्नुभएको छ? 

उहाँहरुको योगदानले देश यहाँसम्म आएकै हो। त्यसका लागि मेरो पुस्ता उहाँहरुलाई धन्यवाद दिन्छ। तर, अब उहाँहरुले घरमै बसेर नातिनातिना खेलाउने बेला भएको छ। अब ड्राइभिङ सिटमा हामी बस्छौं। हामी विकास अनि समृद्विको बाटोमा देशलाई डोहोर्याउन आएका हौं। हामी दबाबमा भन्दा पनि देश बनाउने हतारमा छौं। 

स्थानीय तह निर्वाचनमा मतदाताले पार्टीगत हिसाबले नै मतदान गरे, सोही अनुसारको नतिजा आयो। अबको निर्वाचनले कसरी फरक नतिजा दिन सक्ला? 

त्यति बेला र अहिलेको माहौलमा ३ प्रकारका फरक छन्। पहिलो, त्यति बेला विवेकशील र साझा फरक पार्टी थिए, अहिले एउटै पार्टी बनेको छ। दोस्रो, त्यतिबेला हामीले चुनाव चिह्न ६ दिन अगाडि मात्र पाएका थियौं, अहिले हामीले पहिलेदेखि नै पाइसकेका छौं। तेस्रो, त्यतिबेला भोट हालेर पनि काम छैन, जित्दैन कि भन्ने मतदाताको मानसिकता अहिले भोट हाले जित्न सक्ने रहेछ भन्नेमा पुगेको पाएका छौं। 

अबको निर्वाचनपछि विवेकशील साझा पार्टीको हैसियत के रहला? 

हामी राष्ट्रिय पार्टी बन्छौं। अनि सशक्त प्रतिपक्ष बन्नेछौं। 

विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ चुनाव जित्न सक्ने सम्भावित उम्मेदवारको सूचीमा कसकसलाई राखेको छ? 

सबैको उतिकै सम्भावन छ। मेरो हकमा भन्नुपर्दा, विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ९ जित्दै छ। 

मतदातालाई के भन्न चाहनुहुन्छ? 

तपाईं एक पाउ गोलभेंडा किन्न सोच्ने, ओल्टाइपल्टाई गरेर छान्ने तर देशको नेता चुन्न, आफ्नो प्रतिनिधि चुन्न किन नसोच्ने? अब हामीले सोच्ने बेला आएको छ। कुनै बेला, कुनै नेताले लगाएको गुन पुस्तौंसम्म तिरिरहँदा वा बाबुबाजेको पार्टी भनेर आफ्नो पार्टीप्रति धेरै इमान्दार बन्दा देशले यो हालत बेहोर्नु परेको छ। अब आफ्नो पार्टीप्रति अलिकति बेइमानी अनि देशप्रति अलिकति इमान्दारिता देखाउन सके देशले काँचुली फेर्न सक्छ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्