• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'नेपाली कांग्रेस नै पहिलो पार्टी बन्छ'

64x64
नेपाल लाइभ शनिबार, मंसिर १६, २०७४  ०५:५९
1140x725

विराटनगर– नेपाली कांग्रेसका नेता महेश आचार्य मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ प्रतिधिनिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा उनी आफ्नो संसदीय क्षेत्रमा सक्रिय छन्। २०४८ सालको आमनिर्वाचनपछि नेपालको कान्छो अर्थमन्त्री बनेका आचार्य कांग्रेसमा प्रभावशाली नेता मानिन्छन्। निर्वाचन क्षेत्रको नयाँ संरचनाका कारण पुरानो क्षेत्र पनि आफ्नो संसदीय क्षेत्रमा गाभिएका कारण आचार्य निकै आशावादी देखिए। उनीसँग वाम गठबन्धनका अमनलाल मोदीले प्रतिस्पर्धा गर्दैछन्। निर्वाचनको सक्रियता, सम्भावनाबारे नेपाल लाइभका लागि नवीन अर्यालले गरेको कुराकानीः

नयाँ संरचना अन्तर्गत हुन लागेको निर्वाचनमा होमिनु भएको छ, कस्तो भइरहेको छ अभियान?

निकै उत्साहित छु। महत्वको बोध भइरहेको छ। आमनागरिक पनि नयाँ संरचना अन्तर्गत हुन लागेको निर्वाचनलाई लिएर निकै उत्साही छन्। ठूलो संख्यामा मान्छेहरू आमसभामा आइरहेका छन्। धेरै मानिस अब देश विकाश हुने कुरामा आशावादी छन्। 

जनताको चाहना के देखिरहनु भएको छ?

मुख्य त केही विषयमा जनतामाझ संशय छ। राजनीतिक विवाद समाप्त भएर देश विकाशको पथमा जानुपर्ने अवस्थामा पुनः वाम गठबन्धन भएको छ र उहाँहरू कम्युनिस्ट शासन ल्याउने कुरा गरिरहनु भएको छ। यसले जनतामा अब देश फेरि राजनीतिक विवादमै अलमलिने हो कि भन्ने त्रास छ। जनताले अब राजनीतिक विवाद होइन विकास होस् भन्ने चाहना राखिरहेका छन्। पूर्वाधारको खोजी भइरहेको छ। 

कति समयपछि आफ्नो क्षेत्र घुम्दै हुनुहुन्छ?

मोरङमा आफ्नो संसदीय क्षेत्र घुम्ने नेताहरुमा म पनि पर्छु। तर, अहिले क्षेत्र निर्धारण हुँदा केही नयाँ ठाउँ मिसिन आएका छन्। तर, उहाँहरु मेरो लागि त्यति नयाँ हुनुहुन्न। २०५६ सालमा मलाई भोट हाल्ने स्थानीयवासी बीचमा सीमा हेरफेर हुँदा मबाट केही टाढा हुनु भएको थियो। अहिले फेरि सीमानिर्धारण गर्दा २० वर्षपछि भेट भएको छ। उहाँहरु पुरानै निकटता देखाइरहनु भएको छ। 

जनताले तपाईलाई नै किन मत हाल्ने? 

Ncell 2
Ncell 2

म मुख्यतः ३ वटा कारणका लागि आफूलाई मत दिन आग्रह गरिरहेको छु।

पहिलो, लोकतन्त्रलाई समावेशी र संघीय मोडलमा ढालिसकेको अवस्थामा यसको सुध्रिढीकरणका लागि मलाई भोट हाल्न आग्रह गरेको छु। विपक्षीहरुले कम्युनिस्ट व्यवस्था स्थापना गर्छु भनिरहेका छन्। लोकतन्त्र समाप्त पार्ने उहाँहरुको योजना विफल तुल्याउन पनि म जनतालाई अपिल गरिरहेको छु। 

दोस्रो, जहाँसम्म समाजिक एकता र राष्ट्रिय एकताको कुरा छ, हिमाल, पहाड र तराई–मधेश जोड्ने एजेन्डा कांग्रेससँग मात्र छ। थारु र मधेश आन्दोलनको निकास जसरी कांग्रेसले दियो, अब संविधानको पूर्ण कार्यान्वयनका लागि यही पार्टीले मात्र इमान्दारी पूर्वक काम गर्न सक्छ। तराई–मधेशको जल्दोबल्दो मुद्दालाई कांग्रेसले मात्र हेर्छ। कम्युनिस्टहरुले तराई–मधेशको मुद्दामा आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेका छन्। उनीहरुले तराई–मधेशका जनतासँग संवाद पनि गर्न चाहेनन्। 

तेस्रो, देशको विकास र समृद्धिको एजेन्डामा हामीले मात्र काम गर्न सक्छौं। कम्युनिस्ट शासनमा द्वन्द्व झन् बढेर जान्छ। लगानी प्रभावित हुने खतरा पनि छ। अब जनता देशमा विकास तीव्र गतिमा होस्, रोजगारीको अवसर सिर्जना होस् भनिरहेका छन्। कम्युनिस्ट शासनमा यो आर्थिक एजेन्डा ओझलमा पर्ने सम्भावना प्रवल छ। 

यसपालिको निर्वाचन कतिको खर्चिलो भएको अनुभव गरिरहनु भएको छ?

खर्चिलो त भएको छ। अहिले मेरै क्षेत्रमा १ लाख ६० हजार मानिस बसोबास गर्छन्।सबैतिर पुग्नुपर्ने कारण भौगोलिक दृष्टिले पनि खर्च बढेको छ। समय, श्रम र सबै कुरालाई जोड्दा निर्वाचन खर्चिलो नै बनिरहेको  छ। 

निर्वाचन सम्मुखमा छ, तर बम विस्फोटका घटना बढिरहेको छ। निर्वाचन शान्तिपूर्ण होला?

निर्वाचन भयरहित हुनुपर्छ। मतदाताले त्रासमा भोट हाल्नु भनेको लोकतन्त्रकै लागि घाटा हो। सरकारले सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाएर निर्वाचन भयरहित गराउन जरुरी छ। 

समग्रमा निर्वाचनको परिणाम कस्तो आउने देख्नु भएको छ?

जनताले कांग्रेसको पक्षमा अत्याधिक मतदान गर्नेछन् भन्ने कुरामा म ढुक्क छु। कम्युनिस्ट शासनमा राजनीतिक तीक्तता बढ्ने खतरा छ। यो सबैले बुझेका छन्। नेपाली जनताले लोकतान्त्रिक व्यवस्थालाई नै सुध्रिढ गर्न कांग्रेसलाई भोट हाल्छन्। वाम गठबन्धनले भनेजस्तै ‘टु थर्ड’ मेजुरिटी ल्याउने सम्भावना छैन। हामी नै पहिलो दल बन्छौं।

आफ्नो जितप्रति कतिको आश्वस्त हुनुहुन्छ?

म ढुक्क छु। अन्तिमसम्म जनतासँग जाने हो। मलाई विश्वास छ, यहाँका जनताले मेरो विकासको मोडललाई जिताउनेछन्।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्