• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'नेपाली कांग्रेस नै पहिलो पार्टी बन्छ'

64x64
नेपाल लाइभ शनिबार, मंसिर १६, २०७४  ०५:५९
1140x725

विराटनगर– नेपाली कांग्रेसका नेता महेश आचार्य मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ प्रतिधिनिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा उनी आफ्नो संसदीय क्षेत्रमा सक्रिय छन्। २०४८ सालको आमनिर्वाचनपछि नेपालको कान्छो अर्थमन्त्री बनेका आचार्य कांग्रेसमा प्रभावशाली नेता मानिन्छन्। निर्वाचन क्षेत्रको नयाँ संरचनाका कारण पुरानो क्षेत्र पनि आफ्नो संसदीय क्षेत्रमा गाभिएका कारण आचार्य निकै आशावादी देखिए। उनीसँग वाम गठबन्धनका अमनलाल मोदीले प्रतिस्पर्धा गर्दैछन्। निर्वाचनको सक्रियता, सम्भावनाबारे नेपाल लाइभका लागि नवीन अर्यालले गरेको कुराकानीः

नयाँ संरचना अन्तर्गत हुन लागेको निर्वाचनमा होमिनु भएको छ, कस्तो भइरहेको छ अभियान?

निकै उत्साहित छु। महत्वको बोध भइरहेको छ। आमनागरिक पनि नयाँ संरचना अन्तर्गत हुन लागेको निर्वाचनलाई लिएर निकै उत्साही छन्। ठूलो संख्यामा मान्छेहरू आमसभामा आइरहेका छन्। धेरै मानिस अब देश विकाश हुने कुरामा आशावादी छन्। 

जनताको चाहना के देखिरहनु भएको छ?

मुख्य त केही विषयमा जनतामाझ संशय छ। राजनीतिक विवाद समाप्त भएर देश विकाशको पथमा जानुपर्ने अवस्थामा पुनः वाम गठबन्धन भएको छ र उहाँहरू कम्युनिस्ट शासन ल्याउने कुरा गरिरहनु भएको छ। यसले जनतामा अब देश फेरि राजनीतिक विवादमै अलमलिने हो कि भन्ने त्रास छ। जनताले अब राजनीतिक विवाद होइन विकास होस् भन्ने चाहना राखिरहेका छन्। पूर्वाधारको खोजी भइरहेको छ। 

कति समयपछि आफ्नो क्षेत्र घुम्दै हुनुहुन्छ?

मोरङमा आफ्नो संसदीय क्षेत्र घुम्ने नेताहरुमा म पनि पर्छु। तर, अहिले क्षेत्र निर्धारण हुँदा केही नयाँ ठाउँ मिसिन आएका छन्। तर, उहाँहरु मेरो लागि त्यति नयाँ हुनुहुन्न। २०५६ सालमा मलाई भोट हाल्ने स्थानीयवासी बीचमा सीमा हेरफेर हुँदा मबाट केही टाढा हुनु भएको थियो। अहिले फेरि सीमानिर्धारण गर्दा २० वर्षपछि भेट भएको छ। उहाँहरु पुरानै निकटता देखाइरहनु भएको छ। 

जनताले तपाईलाई नै किन मत हाल्ने? 

Ncell 2
Ncell 2
nimb
nimb

म मुख्यतः ३ वटा कारणका लागि आफूलाई मत दिन आग्रह गरिरहेको छु।

पहिलो, लोकतन्त्रलाई समावेशी र संघीय मोडलमा ढालिसकेको अवस्थामा यसको सुध्रिढीकरणका लागि मलाई भोट हाल्न आग्रह गरेको छु। विपक्षीहरुले कम्युनिस्ट व्यवस्था स्थापना गर्छु भनिरहेका छन्। लोकतन्त्र समाप्त पार्ने उहाँहरुको योजना विफल तुल्याउन पनि म जनतालाई अपिल गरिरहेको छु। 

दोस्रो, जहाँसम्म समाजिक एकता र राष्ट्रिय एकताको कुरा छ, हिमाल, पहाड र तराई–मधेश जोड्ने एजेन्डा कांग्रेससँग मात्र छ। थारु र मधेश आन्दोलनको निकास जसरी कांग्रेसले दियो, अब संविधानको पूर्ण कार्यान्वयनका लागि यही पार्टीले मात्र इमान्दारी पूर्वक काम गर्न सक्छ। तराई–मधेशको जल्दोबल्दो मुद्दालाई कांग्रेसले मात्र हेर्छ। कम्युनिस्टहरुले तराई–मधेशको मुद्दामा आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेका छन्। उनीहरुले तराई–मधेशका जनतासँग संवाद पनि गर्न चाहेनन्। 

तेस्रो, देशको विकास र समृद्धिको एजेन्डामा हामीले मात्र काम गर्न सक्छौं। कम्युनिस्ट शासनमा द्वन्द्व झन् बढेर जान्छ। लगानी प्रभावित हुने खतरा पनि छ। अब जनता देशमा विकास तीव्र गतिमा होस्, रोजगारीको अवसर सिर्जना होस् भनिरहेका छन्। कम्युनिस्ट शासनमा यो आर्थिक एजेन्डा ओझलमा पर्ने सम्भावना प्रवल छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसपालिको निर्वाचन कतिको खर्चिलो भएको अनुभव गरिरहनु भएको छ?

खर्चिलो त भएको छ। अहिले मेरै क्षेत्रमा १ लाख ६० हजार मानिस बसोबास गर्छन्।सबैतिर पुग्नुपर्ने कारण भौगोलिक दृष्टिले पनि खर्च बढेको छ। समय, श्रम र सबै कुरालाई जोड्दा निर्वाचन खर्चिलो नै बनिरहेको  छ। 

निर्वाचन सम्मुखमा छ, तर बम विस्फोटका घटना बढिरहेको छ। निर्वाचन शान्तिपूर्ण होला?

निर्वाचन भयरहित हुनुपर्छ। मतदाताले त्रासमा भोट हाल्नु भनेको लोकतन्त्रकै लागि घाटा हो। सरकारले सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाएर निर्वाचन भयरहित गराउन जरुरी छ। 

समग्रमा निर्वाचनको परिणाम कस्तो आउने देख्नु भएको छ?

जनताले कांग्रेसको पक्षमा अत्याधिक मतदान गर्नेछन् भन्ने कुरामा म ढुक्क छु। कम्युनिस्ट शासनमा राजनीतिक तीक्तता बढ्ने खतरा छ। यो सबैले बुझेका छन्। नेपाली जनताले लोकतान्त्रिक व्यवस्थालाई नै सुध्रिढ गर्न कांग्रेसलाई भोट हाल्छन्। वाम गठबन्धनले भनेजस्तै ‘टु थर्ड’ मेजुरिटी ल्याउने सम्भावना छैन। हामी नै पहिलो दल बन्छौं।

आफ्नो जितप्रति कतिको आश्वस्त हुनुहुन्छ?

म ढुक्क छु। अन्तिमसम्म जनतासँग जाने हो। मलाई विश्वास छ, यहाँका जनताले मेरो विकासको मोडललाई जिताउनेछन्।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्