• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपाल छोड्न किन छटपटाइरहेकी छिन् यी युवती?

फेसबुकमार्फत तस्करीको फन्दामा परेकी चाँदनीको कथा
64x64
नेपाल लाइभ बुधबार, वैशाख २५, २०७६  ०६:००
1140x725

नेपालका लागि २०७२ साल दु:खदायी र पीडाजनक रह्यो। कैयौं मानिसको जीवन सधैंभरिका लागि बदलियो। खासगरी नेपालका युवतीहरुमा भने यो विनाशकारी भूकम्पले धेरै खराब प्रभाव छाडिदियो।

२०७२ पछि नेपालबाट युवतीहरुको तस्करी अचानक बढेको छ। यसका लागि तस्करहरुको उपयुक्त माध्यम सामाजिक सञ्जाल भएको छ। 

OOO

यो घरको छेउछाउ हाँस्दै गरेको र गीत गुनगुनाइरहेको प्रस्ट सुन्न सकिन्छ। बिस्तारै यसमा सवारीसाधनको आवाज पनि मिसिन पुग्छ। सुन्तले रङमा बनेको यो घर पहेँलो र गुलाबी स्कार्फमा देखिएका महिलाको मानसिक स्थिति सुधार गर्ने कोसिसमा लागेको देखिन्छ।

काठमाडौंस्थित यो घर देहव्यापारको चंगुलबाट उम्केर आउन सफल भएका कैयौं महिलाका लागि सुरक्षित आश्रयको रुपमा रहेको छ। यहाँ ती महिलाको जीवन अघि बढाउनका लागि हौसला दिइँदैछ। 

म ३५ वर्षीया चाँदनी नाम गरेकी एक महिलासँग भेट्न यहाँ आएको हुँ। उनको आफ्नै कथा छ। भूकम्पले कसरी उनको जीवनमा पनि कैयौं रिक्टरको धक्का दियो भन्ने जान्ने चहानाका साथ म उनलाई भेट्दैछु।

उनको कहानी लगभग एक वर्षअघि सुरु हुन्छ। 

त्यो फ्रेन्ड रिक्वेस्ट जसले उनको जीवन बर्बाद गरिदियो 
घटना करिब एक वर्षअघिको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

उनलाई एक अपरिचित व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' पठाउँछ। चाँदनीले स्वीकार गर्छिन्। त्यसपछि बिस्तारै उनीहरुबीच च्याटमा दोहोरो कुराकानी हुन थाल्छ। 

ती व्यक्ति थिए- महिला तस्करीमा संलग्न एक एजेन्ट। अर्थात्, महिलालाई तस्करी गर्ने गिरोहको एक सदस्य।

म ढोकाबाहिर छु, चाँदनीको पर्खाइमा। यतिबेला धुलो मिसिएको पानीको पहेँलो थोपा सडकमा तप्किइरहेको छ। 

उत्तरी शिरमा रहेको हिमाल धुवाँ र धुलोमा हराइको देखिन्छ। कुहिरोले छपक्क छोपेकाले हिमाल प्रस्टसँग देख्न सकिन्न। यही कुहिरोभित्र रहेको हिमाललाई हेरर टोलाइरहँदा मेरी भाषा अनुवादक सुजाताको आवाज आउँछ। 

‘यो सहरको फेरि एक पटक बनाइँदैछ।’

भूकम्पपछि काठमाडौं आफै अस्तव्यस्त थियो। यस्तो लाग्यो, प्राकृतिक विपत्ति सार्वजनिक भवन निर्माण गर्ने कम्पनीका लागि जति लाभदायक हुन्छ, उति नै महिला तस्करी गर्नेहरुका लागि पनि।

भूकम्पभन्दा पहिला काठमाडौंमा देहव्यापार फैलिइरहेको थियो, जो आजको जमानामा दास प्रथाभन्दा कम छैन। भूकम्पपछि परिवारसँग छुटेका मानिसका लागि जेसुकै गरेर भए पनि पैसा कमाउनुपर्ने बाध्यता सिर्जना भयो। 

भारतीय सीमा सुरक्षा बलको तथ्यांक हेर्दा भूकम्पपछि तस्करीको सिकार हुने महिलाको संख्या ५ सय प्रतिशतले वृद्धि भयो।

यो सुरक्षित घर चलाउँदै आएकी चरिमाया तामाङ आफै बेचिएकी एक महिला हुन्। आफू १९९० मा तस्करीको सिकार भएको उनले मसँग बताइन्। बेहोस बनाउने औषधिको प्रयोग गरी उनको अपहरण गरिएको थियो। उनी होसमा आउँदा भारतको वेश्यालयमा आफूलाई पाएकी थिइन्। 

उनी भन्छिन्, 'नयाँनयाँ तरिकाबाट अहिले पनि महिला तस्करी भइरहेको छ।' 

पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालहरुले तस्करीका एजेन्टहरुलाई मद्दत पुर्‍याइरहेको तामाङको बुझाइ छ। 

‘सामाजिक सञ्जाजले एजेन्टहरुलाई धेरै सहयोग पुर्‍याएको छ,’ उनले भनिन्, ‘अब उनीहरुलाई युवती खोज्न गाउँगाउँ जाने आवश्यकता टरेको छ। इन्टरनेटमा नै आफ्नो सम्भावित सिकार खोज्न सक्छन्। यसरी एक क्लिकमा सन्देश पठाएर अनेक तरिकाबाट फकाउन सक्छन्।’ 

हामी कुराकानी गरिरहेका थियौं। ढोका खुल्यो। मलाई देख्नेबित्तिकै चाँदनीले अँगालो मारिन्। 

चाँदनी भन्छिन्, 'मेरो कहानी पनि एक फ्रेन्ड रिक्वेस्टबाट सुरु भएको थियो।' 

एक फेसबुक प्रयोगकर्ता, चाँदनीकी बहिनीसँग कुरा गर्ने गर्थ्यो। उसले पछि चाँदनीलाई पनि फेसबुकमा जोड्यो।  

'उसले मलाई इराकको ठूलो कम्पनीमा धेरै तलब भएको काम मिल्ने बतायो। तर, त्यतिन्जेल उसँग मेरो कहिल्यै भेट भएको थिएन,' उनले भनिन्, 'एक दिन उसले कसैलाई पठाएर मेरो पासपोर्ट लग्यो। त्यसैगरी अर्कै व्यक्तिको साथ लगाएर केही दिनपछि भिसासहित उक्त पासपोर्ट मलाई थमाइदियो।'

चाँदनीको परिवारले भूकम्पमा आफ्नो घर गुमाएको थियो। जब तस्करले उनीसँग कुराकानी गर्न सुरु गरेको थियो, त्यसबेला उनी परिवारसँग अस्थायी शिविरमा रहँदै आएकी थिइन्।

उक्त एजेन्ट चाँदनीको बहिनीसँग पनि लामो समयदेखि सम्पर्कमै थियो। किनकि दुवैलाई उसले सिकार गर्नु थियो। भूकम्पले उसको योजनालाई थप मद्दत पुर्‍यायो। ऊ त्यही आपतकालीन समयको मौकाको फाइदा उठाउन चाहन्थ्यो।

पासपोर्ट पठाएपछि तस्करले एक व्यक्ति कतारस्थित घर रेखदेखका लागि काममा राख्न तयार रहेको चाँदनीलाई बताएको थियो। 

त्यसपछि उसले चाँदनीलाई दिल्ली बोलायो। इराक जान दिल्लीको बाटो हुँदै जानुपर्ने भन्दै सहयोग गर्न एक व्यक्ति पनि पठाएको थियो। आफू एजेन्टको भाइ भएको परिचय दिँदै ऊ चाँदनीसमक्ष पुग्यो।

दिल्ली पुग्नेबित्तिकै इराकको विमान चढ्ने सोचमा थिइन् चाँदनी। तर, अरु १८ महिलाको साथमा कैयौं हप्तासम्म एक होटलको कोठामा बन्धक बनाएर राखियो। 

चाँदनीका कुरा सुन्दै गर्दा उनीबारे थप बुझ्न चाहन्छु। तर, उनी अर्कैतिर हेर्न थाल्छिन्। उनको आँखामा छचल्किएको आँसु मैले प्रस्टै देखेँ। उनलाई सम्हाल्ने कोसिस गर्दै मैले पुन: उनलाई सोधेँ, 'उक्त कोठा बन्दभित्र रहिरहँदा मनका के खेलिरहेको थियो?' 

मेरो प्रश्न सुनेर चाँदनी आफूलाई सम्हाल्दै भन्छिन्, ‘मलाई थाहा भइसकेको थियो अब मलाई बिक्री गरिँदैछ। म इराकको आकर्षक रोजगारीको लोभमा फसेँ।’

आम महिलाझैं चाँदनी पनि देहव्यापारको दु:खदायी र पीडा भरिएका कहानी सुन्दै हुर्किएकी हुन्। उमेर बढ्दै गएका युवतीहरुलाई हरहालतमा तस्करीहरुसँग बच्न सल्लाह दिइन्छ। नेपालमा काम नपाएपछि रोजगारीका लागि विदेशमा जाने चलन नयाँ होइन। तर, महिलाका लागि वैदेशिक रोजगारी जोखिमपूर्ण छ। 

चाँदनी जस्ता कैयौं महिला परिवारको भाग्य बदल्ने सपना बोकेर सानदार अवसरको खोजीमा सधैं भौंतिरिइरहेका हुन्छन्। 

‘मेरो परिवारका सबै सदस्य खेतीपाती गर्छन्। यो निकै मेहनतको काम हो, जुन मलाई राम्रो लाग्दैन,’ उनले भनिन्, ‘त्यस्तो कामबाट धेरै आम्दानी हुदैन तर दु:ख ज्यादै।’ 

अब बिहे गर्ने चाहना पनि नभएको उनले सुनाइन्।

‘मेरो हिसाबमा, बिहे गरेका महिलाको अवस्था पनि खास राम्रो छैन,' उनी भन्छिन्, 'मैले कैयौं यस्ता पुरुषलाई देखेको छु, जसले महिलामाथि हिंसा मात्रै गर्दै आएका छन्।’ 

चाँदनीको उक्त भनाइ बुझाउनका लागि मेरी अनुवादक सुजाता पनि मजाले हाँस्न थालिन्।

मेरा आँखा आँसुले टलपल भरिएका छन्। तर, चाँदनी र सुजाताको हाँसोले म पनि उनीहरुसँगै मुस्कुराउन थाल्छु।

‘जीवनमा अघि बढ्न पुरुषको साथ चाहिन्छ' भन्ने भनाइ नै चाँदनीलाई मन पर्दैन। उनी भन्छिन्, 'यो विचारसँग म सहमत हुन सक्दिनँ।’

यो सुरक्षिक आश्रयबाट बाहिरिनुअघि चाँदनीले खुल्ला रुपमा मलाई भनिन् कि उनी फेरि पनि रोजगारीका लागि विदेश जाने कोसिस गर्नेछिन्।

(विकी स्प्राटले तयार पारेको यो रिपोर्ट बिबिसी हिन्दीबाट अनुवाद गरिएको हो।)

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्