धनगढी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।
नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे। 'निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस्,' उनको भनाइ थियो।
निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको बताउँदै प्रधानमन्त्री देउवाले सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने बताए।
कतिपय स्थानमा विस्फोटका घटना गराउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।