नयाँ दिल्ली- भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाका कारण ८ जनाको ज्यान गएको छ।
सो आँधीका कारण एक सय जना जना नागरिक बेपत्ता छन्। हराउने अधिकांश नागरिक माछा मार्न समुद्रमा गएका थिए। उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ।
शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो। बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका छन्।
तामिन नाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा यो आँधीले ठूलो असर गरेको छ। यहाँका संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि यस आँधीको ठूलो प्रभाव परेको बताइएको छ।
सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन् ठूलो असर परेको छ। नागरिकहरुलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ भने कतिपयलाई सारिएको छ।
ती स्थानमा आँधीले कम्तीमा पनि एक हजार वटा रुख ढलेका छन्। बिजुलीका खम्बाहरु पनि ढालेकोले विद्युत अवरुद्ध बनेको छ।
अहिले पनि ती क्षेत्रहरुमा आँधीको प्रकोप जारी नै भएकाले उद्धारको काम प्रभावकारी रुपमा गर्न नपाइएको अधिकारीहरुले जनाएका छन्।रासस/सिनह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।