कीभ, युक्रेन- युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन्।
पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोटन भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय समय अनुसार बिहान ११:२० मा विस्फोटन भएको प्रहरी अधिकारीहरुले बताएका छन्। विस्फोटनका बेला अदालतमा सुनुवाइ भइरहेको थियो।
घटनामा परी घाइते भएका १० जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।