• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मधेसमा अधिकार प्राप्तिको लडाइँ सिद्धिएको छैन' 

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १४, २०७४  १६:३५
1140x725

माओवादी केन्द्रका नेता मातृका यादवले राजनीतिक जीवनमा दुई पटक मात्र चुनाव लडे, दुवै चुनाव विद्यार्थी राजनीतिका थिए। सिरहा क्याम्पसमा दुई पटक स्ववियू सभापतिमा निर्वाचित भएका उनी पार्टी राजनीतिमा लाग्दै माओवादीको सशस्त्र युद्ध लडेपछि ‘ब्यालेट’बाट टाढै रहे। 

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि यादवले पार्टी निर्णयमा असहमति जनाउँदै नेकपा माओवादीको पुनर्गठनको आन्दोलन अघि बढाएका थिए। तीन पटक मन्त्री भइसकेका उनी प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा वाम गठबन्धनबाट धनुषा १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। 

प्रदेश २ बाट माओवादी केन्द्रका सबैभन्दा ठूला नेताका रुपमा चित्रण गरिएका यादवसँग चुनावी गतिविधि र मधेसका मुद्दाबारे नेपाल लाइभका हिम विक्रम केसीले गरेको कुराकानीः 

पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ। भोटको लडाइँ कत्तिको गाह्रो हुने रै’छ?
विद्यार्थीकालको चुनावलाई हिसाब नगर्ने हो भने यो मेरो पहिलो निर्वाचन नै हो। म दुई पटक सिरहा क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएको थिएँ। प्रत्यक्ष निर्वाचन पहिलो पटक लडे पनि निर्वाचनको अनुभव भने मलाई छ। पार्टी नेतृत्वको हिसाबले विभिन्न समयमा भएको निर्वाचनमा अनुभव सँगालेको छु। हिजो अप्रत्यक्ष रुपमा अनुभव गरेको विषय अहिले प्रत्यक्ष रुपमै देख्दा÷भोग्दा झनै ज्ञान हासिल भइरहेको छ।  

पञ्चायत विरुद्धको आन्दोलन गर्दै माओवादी सशस्त्र युद्धमा समेत सामेल हुनुभयो। युद्धको मोर्चा सजिलो कि ब्यालेटको लडाइँ?
बुलेट भन्नुस् वा ब्यालेट, लडाइँको मोर्चा त मोर्चै हुन्छ। यसमा सजिलो भन्ने हुँदैन, चुनौतीपूर्ण नै हुन्छ। तर, अहिले जुन निर्वाचनमा हामी सहभागी भइरहेका छौं, यसमा व्यक्तिगत रुपमा मलाई चाहिँ त्यस्तो कुनै चुनौती छैन। म सहजै ढंगले निर्वाचन जित्दै छु। 

पछिल्लो समय खर्चिलो बन्दै गएको चुनावमा एजेन्डाभन्दा पैसा हावी भएको देखिन्छ नि! 
पैसा त गणतन्त्र अगाडिको चुनावमा पनि हावी हुन्थ्यो। त्यसबेला खास चुनावी एजेन्डा पनि थिएनन्। तर अहिले गणतन्त्र स्थापित भइसकेपछि पनि पैसा हावी हुनु दुःखद पक्ष हो। 

तपाईंका जितका आधार के–के हुन्?
मेरो जितको आधार भनेकै आजसम्म मैले देश र जनताको लागि गरेको राजनीति हो। उत्पीडित वर्ग तथा समुदायको निम्ति मैले गरेको संघर्ष जितको पहिलो आधार हो। साथसाथै म आजसम्म जहिले पनि जनताकै माझमा छु। मेरो क्षेत्रका जनताको हरेक सुख–दुःखमा साथमै छु। पहिचान, सुशासन र विकासको निम्ति मलाई मेरा मतदाताले आफ्नो अमूल्य मत दिई विजय गराउनेछन् भन्नेमा म विश्वस्त छु।   

धनुषा १ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखिन्छ। तपाईंको मुख्य प्रतिस्पर्धी कांग्रेसका आनन्दप्रसाद ढुंगाना कि संघीय समाजवादी फोरमका दीपक कार्की?
वाम गठबन्धनको तर्फबाट म साझा उम्मेदवार हो। तीन महिनाअघि भएको स्थानीय निर्वाचनको मत हेर्दा धनुषामा हाम्रो गठबन्धनको मत २५ हजार ६ सय ४४ छ। त्यस्तै, कांग्रेसको १६ हजार ३ सय ३८ मत र राजपा÷फोरमको १२ हजार २ सय ८० मत छ। अब तपाईं आफै पत्ता लगाउनुस्, मेरा प्रतिस्पर्धी को हुन्?

Ncell 2
Ncell 2
nimb
nimb

माओवादीले जनयुद्ध थाल्नुअघि ०५२ सालतिरको मधेस र २२ वर्षपछिको मधेसलाई राजनीतिक चेत र आर्थिक जीवनस्तरका हिसाबले हेर्दा के भिन्नता देख्नुहुन्छ?
राजनीतिक रुपमा त्यतिबेलाको मधेसभन्दा अहिलेको मधेस धेरै सचेत र जागरुक छ। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्छ भन्नेमा यहाँका जनता स्पष्ट छन्। त्यो देन महान् जनयुद्ध र त्यसपछि भएका मधेस आन्दोलनलाई जान्छ। आर्थिक जीवनस्तरको आधारलाई हेर्ने हो भने त्यतिबेलाको मधेसभन्दा अहिले मधेस परनिर्भरतामा गएको छ। मधेसका ऊर्जावान् युवाहरु वैदेशिक रोजगारीमा गएका छन्, उनीहरुको रेमिट्यान्सले घर खर्च चलेको छ। उनीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिनुपर्छ। युवा शक्तिलाई विदेश पठाएर देश विकास हुँदैन।  

संविधान जारी भएपछि संविधान संशोधनको माग राख्दै मधेस आन्दोलित भएको थियो। संशोधनको आवाज पछिल्लो समय सुनिँदैन। मधेसको माग पूरा भइसकेको हो?
मधेसमा अधिकार प्राप्तिको लडाइँ सिद्धिएको छैन। जनजीविकाको सवाल त झनै छँदै छ। मधेसमा राजनीतिक अधिकारको संघर्ष र जनजीविकाको संघर्ष सँगसँगै गरिनुपर्छ। त्यो अहिले पनि फरक रुपमा जारी छ।  

संविधान संशोधनको विपक्षमा रहेको एमालेसँग गठबन्धन गरेर माओवादी केन्द्र चुनावमा गएको छ। चुनावपछि संशोधनका विषयमा माओवादीको धारणा के हुन्छ?
अघिल्लो संसदमा हाम्रो पार्टीले जसरी संशोधनको पक्षमा मतदान गरेको थियो, त्यस विषयमा चुनावपछि पनि अडिग रहन्छ। माओवादी संशोधनको पक्षमा छ। 

चुनावपछि संविधान संशोधनमा एमाले सहमत नभए माओवादी केन्द्र कसरी अघि बढ्छ?
एमाले पनि संशोधनको पक्षमा छ। यस विषयमा यो भन्दा धेरै नबोलूँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी केन्द्रबाट मधेसको सबैभन्दा ठूलो नेताले हैसियतले भनिदिनुस्, मधेसले चाहेको के हो? चुनावपछि मधेसको मुद्दा सम्बोधनमा तपाईंको भूमिका के रहन्छ?
मधेसले मात्र होइन, देशले नै चाहेको समानता हो, सुशासन हो र समृद्धि हो। मधेसले देशको अन्य क्षेत्रमा बस्ने नागरिकको भन्दा बढी अधिकार मागेको छैन। बराबरीको अधिकार मधसले पाउनुपर्छ। चुनावमा मैले जितेपछि जनप्रतिनिधिको रुपमा मधेसी जनताको सारथी भएर काम गर्नेछु।

युद्धको समयमा मधेसमा राजनीतिक बिउ माओवादीले रोप्यो, तर बाली खाने बेलामा मधेसकेन्द्रित दलहरु आए भनिन्छ। यस विषयमा तपाईको टिप्पणी के छ?
०६३ पछि हामी माओवादी थोरै बिग्रियौं। जसका कारण अन्य दलले त्यसैलाई आधार बनाएर मधेसमा भ्रम फैलाए। अहिले हामी गल्ती–कमजोरीलाई सच्याउँदै अगाडि बढेका छौं। यो कुरा मधेसी जनताले राम्ररी बुझेका छन्। अब मधेसमा माओवादीको विरुद्ध कसैले भ्रम छर्न सक्दैन।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्