काठमाडौं- पछिल्लो समय नेपालमा सुन तस्करहरुको सक्रियता बढेको छ । पछिल्लो पटक महानगरीय अपराध महाशाखाले ८८ किलो अवैध सुन बरामद गरेपछि तस्करहरुको सक्रियता बाहिर आएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत साता काठमाडौं र जनकपुरबाट १५ किलो सुन बरामद गरेको थियो।
महाशाखाका अनुसार यति ठूलो परिमाणमा सुन बरामद गरिएको यो नै पहिलो घटना हो।
सिआइबीका अनुसार, सुन तस्कर तथा कारोबारीहरुले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्। अवैध सुन चीनबाट नेपाल भित्रने गरेको ब्युरोको अनुसन्धानमा देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रसुवागढी र तातोपानी नाकाबाट भित्रने सुन विभिन्न माध्यम हुँदै भारत पुग्ने गरेको ब्युरोले जनाएको छ। तर, सुन तस्करीमा बारम्बार मुख्य मान्छे उम्किन्छन् भने भरिया वा चालक पक्राउ पर्छन्। गत पुसमा दुबईबाट आएको साढे ३३ किलो सुन बरामब भएपछि संगठित अपराध ऐन अन्तर्गत कारबाही गरे पनि मुख्य कारोबारी फेला पर्न सकेनन्।
यसै सन्दर्भमा सुन तस्करी र यससँग जोडिएका भित्री पाटोबारे नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले नेपाल लाइभका लागि रुपेश श्रेष्ठसँग यसरी खुलासा गरेका छन्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।