• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

सरकारको तयारी- पहिले सिप अनि मात्रै वैदेशिक रोजगार

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १०:२०
1140x725

काठमाडौं–  सरकार भन्छ-  वैदेशिक रोजगारको खोजीमा ४० लाखभन्दा बढी नेपाली युवा विश्वका विभिन्न मुलुकमा पुगेका छन्। तर, यो आधिकारिक तथ्यांक होइन। सरकारी अनुमान मात्रै। 

त्यसमध्ये ८० प्रतिशतको हाराहारीमा अदक्ष कामदार वैदेशिक रोजगारमा पुग्नने गरेका छन्। यस्ता युवा भने जोखिमयुक्त काम गर्न बाध्य छन्।

कतार, साउदी, मलेसिया, ओमन, बहराइन, युएई लगायत देशमा निकै ठूलो संख्यामा अदक्ष कामदार रोजगारका लागि पुग्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। सिप नभएकै कारण उनी हरुलाई नेपालमा एउटा काममा सम्झौता गरेर अर्कै जोखिमयुक्त काममा पठाइने क्रम बढ्दै गइरहेको छ। यस्ता पीडित युवाको उजुरीको चाङ देख्न सकिन्छ विभागमा।

यस्तै भयावह जोखिमलाई मध्यनजर गर्दै वैदेशिक रोजगार बोर्डले नेपाली कामदारलाई सिप तथा तालिम अनिवार्य गर्नुपर्ने प्रस्ताव पेस गरेको छ। सुरुवाती चरणमा सिप परीक्षण तथा तालिमको व्यवस्थालाई अनिवार्य गर्न सम्भव नभए पनि विस्तारै  अनिवार्य सिपको व्यवस्था गरिने प्रावधान ल्याउन लागेको बोर्डले जनाएको छ।  

'वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सम्बन्धित कामका लागि तालिमको व्यवस्था गरिने र सिप सिकेर आएका श्रमिकहरुको सिप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराइने कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन जोड दिएका छौं,' बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। 

७ महिनापछि केही बैसाख १५मा बसेको बोर्डको बैठकले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई तालिमपछि मात्रै वैदेशिक रोजगारमा पठाउन जोड दिएको हो। सिप सिकेर गएका कामदारहरुको काम र कमाइ पनि राम्रो हुने, जोखिमयुक्त काम गर्नुपर्ने बाध्यात्मक अबस्थाको अन्त्य हुने हुँदा सिपयुक्त जनशक्ति वैदेशिक रोजगारमा पठाउन जोड दिने बोर्डले जनाएको छ। 

निर्देशक श्रेष्ठ भन्छन्, ‘वैदेशिक रोजगारमा जाँदा आफ्नो सिप अनुसारको काम सजिलै प्राप्त गर्ने हुँदा समस्यामा पर्ने सम्भावना कम रहन्छ, वैदेशिक रोजगारमा सिपयुक्त जनशक्ति प्राथमिकतामा राख्ने उदेश्यले हामीले वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुलाई निःशुल्क सिप परीक्षण कार्यक्रम पनि सुरु गरेका हौं।’

चालु आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारबाट फर्किएका १ हजार कामदारको निःशुल्क सिप परीक्षण गर्ने कार्यक्रम बोर्डले अघि सारेको थियो। सुरुको वर्षमा १ हजार कामदारको सिप परीक्षण गर्ने कार्यक्रम भएपनि यो संख्यालाई बढाउँदै लैजाने लक्ष्य रहेको बोर्डले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

निःशुल्क सिप परीक्षणका लागि करिब ५ सय कामदारले आवेदन दिएको बोर्डले जनाएको छ। कामदारकै हकहितका लागि बोर्डले तय गरेको सिप परीक्षण कार्यक्रममा उपस्थिति सोचे अनुरुप नभएको निर्देशक श्रेष्ठ बताउँछन्। 

यस कार्यक्रममार्फत निःशुल्क सिप परीक्षण गरी सिप अनुसारको प्रमाणपत्र उपलब्ध गराइने जनाएको छ। 

कामदारहरुको दक्षताका आधारमा प्रमाणपत्र उपलब्ध गराइने हुँदा सिप परीक्षणको प्रमाणपत्र भएकाले देशमा र परदेशमै पनि आफ्नो प्रमाणपत्रका आधारमा रोजगारी पाउने हुँदा निकै सहज हुने बोर्डले विश्वास लिएको छ। 

बोर्डको निर्णयपछि वैदेशिक रोजगारमा जाने कामदारलाई तालिम उपलब्ध गराउन २० वटा सिप विकास केन्द्र सञ्चालनमा ल्याइने जनाएको छ। निर्देशक श्रेष्ठले भने, ‘हामीसँग १२ वटा सिप विकास केन्द्रहरु छन्, त्यसमा ८ वटा सिप विकास केन्द्र थप गरी २० वटा पुर्‍याइने निर्णय बोर्डको बैठकमा भएको छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि पनि विभिन्न सिप विकास केन्द्रहरु सञ्चालनमा ल्याइए पनि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि खासै प्रभावकारी हुन नसकेको भन्दै सिपयुक्त जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यक्रमलाई प्रभावकारी बनाइने निर्देशक श्रेष्ठले जानकारी दिए। 

गन्तव्य मुलुकबाट आउने कामदारको डिमान्ड अनुसार तालिम उपलब्ध गराइने बोर्डले जनाएको छ। 

केयरगिभर, सेक्युरिटी गार्ड, इलेक्ट्रिसियन, एक्साभेटर, प्लम्बर, डकर्मी, ब्युटीसियन लगायत कामका लागि बढी डिमान्ड आउने गरेकाले यस्ता काम सम्बन्धी तालिमलाई प्राथमिकतामा राखिने जनाइएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्