पोखरा– नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले कास्की क्षेत्र नम्बर २ लाई उत्कृष्ट नमुना क्षेत्र बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अधिकारीले जनताको समृद्धि नै मुख्य एजेन्डा भएको भन्दै आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने बताएका हुन्।
कास्की २ को वडा नम्बर ९ मा बुधबार आयोजित जन भेटघाटमा उनले भने, ‘विगतदेखि काम गर्दै आइयो, छुटेका काम अब सबै पूरा हुन्छन्।’
नेता अधिकारीले दुई पटकसम्म प्रतिनिधि भएर आफूले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै केही नगरेको भनेर आरोप लगाउनेहरुलाई जनताकै घरदैलोमा गएर बुझ्न आग्रह समेत गरे।
कसैका कपोलकल्पित आरोपका पछाडि अहिलेका विवेकी जनता नलाग्ने भन्दै झुटको खेतीले अबको राजनीति नचल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।