काठमाडौं- एक समय थियो, सडक सञ्जालले देश जोडिएको थिएन। सूचना र सञ्चारको पहुँचबाट आम नागरिक टाढै थिए, खबर आदानप्रदान गर्ने एउटै माध्यम चिठीपत्र थियो।
समय बदलिएसँगै टेलिफोनको विकसित स्वरुप मोबाइलको युग सुरु भयो। इन्टरनेटको विस्तार र सामाजिक सञ्जालले मानिसलाई सूचना र सञ्चारसँग तत्काल जोड्ने समय आयो।
तर, सूचना–प्रविधिको विकासले मानिसबीचको सम्पर्क सहज बनाए पनि आत्मीयता हराउँदै गयो। पहिलेको समयमा चिठीमा कुँदिएका शब्द र पोखिएका भावना सायद अहिलेको आधुनिक प्रविधिले बोक्न नसक्ने रहेछन् क्यारे। त्यही भएर दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अगाडि एक ठूला दलका प्रभावशाली नेताले मतदाता रिझाउन पत्रको सहारा लिएका छन्।
प्रसंग एमाले अध्यक्ष केपी ओलीको हवाई चिठीको हो। निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आक्रामक प्रचारप्रसारमा उत्रिएका छन्। दलका उम्मेदवारहरु चुनाव अभियानका क्रममा घरदैलो, सभादेखि सामाजिक सञ्जाल र सञ्चार माध्यममा सक्रिय छन्।
यही बेला एमाले अध्यक्ष ओलीको हवाई चिठीले धेरैको ध्यान तानेको छ। चुनाव लक्षित चिठीमा चुनावी एजेन्डादेखि वाम गठबन्धनको औचित्य पुष्टिका विवरण छुट्ने कुरै भएन, चिठी मार्फत आम नागरिकमा अपनत्वको छाप पार्न मतदाताको सञ्चो–बिसञ्चो समेत ख्याल गरिएको छ।
ओलीले चिठीमा 'भेटेर छलफल गर्ने इच्छा हुँदाहुँदै पनि सबैसँग प्रत्यक्ष भेट्न सम्भव नहुने जस्तो लागेर पत्र लेखेको' उल्लेख गरेका छन्।
एमाले अध्यक्ष ओलीले पठाएको हवाई पत्र तपाईंकहाँ आइपुग्यो कि पुगेन ?
हेर्नुहोस् पत्र–




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।