• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'विदेश जानुभन्दा गाउँमै बाख्रा पाल्नु बेस' 

64x64
नेपाल लाइभ आइतबार, वैशाख २२, २०७६  १७:२७
1140x725

काठमाडौं- ओठमा मुसुक्क मुस्कान, उज्यालो चेहरा, शरीरमा फूर्तिसहित वैदेशिक रोजगार बोर्डमा भेटिएकी काभ्रे जिल्ला साविक अनिकोट-९ की सन्तोषी तामाङ ७ वर्ष कुवेत बसिन्। 

सन् २०११ मा घरेलु कामदारका रुपमा गएकी उनी दुई वर्षको करार सकिएपछि नेपाल आइन्। काम घरको भएपनि सुरक्षित  भएको र कमाई पनि राम्रो भएकाले सन्तोषी फेरि कुवेत फर्किइन्।  

‘घरेलु कामदारका रुपमा गए पनि काम र कमाइ निकै राम्रो थियो, कमाइ मासिक ४० हजार थियो। नेपालमा ४० हजार कमाउन सक्ने वातावरण थिएन। त्यसैले फेरि कुवेत गएँ’ सन्तोषीले सुनाइन्। 

७ वर्ष कुवेतमा बसेर २०७४ सालमा सन्तोषी नेपाल फर्किइन्।

उनी फर्कनुअघि २०७३ साल चैत महिनादेखि नै सरकारले घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएको थियो। सन्तोषीको काम राम्रो भएपनि रोजगारीका लागि कुवेत जान पाइनन्। 

‘कुवेत कहिले खुल्छ र जान पाउँछु भनेर बसेको १ वर्ष बितिसक्यो, सबै जिम्मेवारी आफैँले लिनुपर्छ के गर्नु? कुवेत खुल्दै खुलेन,’ सन्तोषीका मुहारमा असन्तोष प्रकट भएको लख काट्न मुस्किल थिएन। 

श्रीमानले छाडेपछि रोजेको कुवेत 
काभ्रेमा जन्मिएकी सन्तोषीको पारिवारिक अवस्था सामान्य थियो। सामान्य परिवारमा हुर्किएकी उनको सानै उमेरमा विवाह भयो।

सन्तोषीले धेरै पढ्न पाइनन्। कति पढ्नुभएको छ भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘अक्षर चिन्नै मुस्किल पो छ, पढेको भए त किन कुवेत धाउथेँ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

१९ वर्षको उमेरमा आमाबुबाले सन्तोषीको विवाह गरिदिए। सन्तोषीका दुई छोरा छन्। 

‘बिहे गरेको एक वर्षमा नै जेठो छोरो जन्मियो, कान्छो छोरो नजन्मदैँ  श्रीमान्‍ले अर्को बिहे गरेर अलपत्र पारेर हिडे। अब के गर्ने कसरी छोराहरु पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो। अनि विदेश जान सोच्नुपर्ने भयो,’ सन्तोषीले विगत स्मरण गर्दै भनिन्। 

कान्छो छोरो जन्मने बेला हुनै लाग्दा उनका श्रीमान्‍ले दोस्रो विवाह गरेर सन्तोषीलाई छाडिदिए। 

‘कति पीडा भयो मलाई, जतिबेला श्रीमान्‍बाट सहयोगको खाँचो थियो त्यसैबेला श्रीमान्‍ले छाडेर हिडे,’ यति भन्दा सन्तोषीका आँखा भरिए। 

केही बेर अडिएकी सन्तोषीले थपिन्, ‘जिम्मेवारी आफ्नै काँधमा थपियो, कुवेतको यात्रा पछ्याउनै पर्ने भयो र हिडेँ।’ 

७ महिनाको छोरा छाडेर कुवेत
सन्तोषी ७ महिनाको सुत्केरी अवस्थामै हुँदा कुवेतका लागि भिसा आयो। भिसा आएपछि दुवै छोराहरु माइतमा नै छाडेर कुवेत हिडिन्।

‘७ महिनाको दुधे छोरो छाडेर जाने मन त कहाँ थियो र? मुटु गाँठो पारेर हिडेँ। कुवेत पुगेर पनि छोरालाई के भयो होला, के खायो होला भन्ने चिन्ताले धेरै सताउँथ्यो’ सन्तोषी भन्छिन्। 

आफू रोएर सन्तानको खुसीको कामना गर्ने सन्तोषीले पनि आफू ७ महिनाको सुत्केरी कसरी अर्काको देशमा शारीरिक श्रम गर्ने भन्ने नै सोचिनन्। 

‘मेरा दुईवटा छोरालाई पालनपोषण गर्ने र कसरी हुर्काउने भन्ने चिन्ताले सताउँथ्यो,’ उनले भनिन्। घरेलु कामदारका रुपमा कुवेत पुगेकी सन्तोषीको काम पनि निकै राम्रो भयो। कमाई पनि सोचेजस्तै थियो। 

'जान पाएको भए फेरि पनि जान्थेँ, के गर्नु जानै पर्छ, कमाउनै पर्छ दुईवटा छोरा आफ्नै जिम्मामा छन्।' 

कुवेतको कमाई राम्रो भएकाले सन्तोषीले दुई छोरालाई केही वर्ष काठमाडौं राखेर प्राइभेट स्कुलमा पनि पढाइन्।

‘कुवेतबाट फर्किएपछि जान पाइएन, पैसा आउनेबाटो बन्द भयो। छोराहरु बोर्डिङबाट निकालेर सरकारी स्कुलमा राखेकी छु’ सन्तोषीले भनिन्।  

गाउँमै बाख्रापालन गर्ने सोच
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै केही व्यवसाय गर्न चाहने युवालाई सरकारले ५ वर्षका लागि सहुलियत ब्याजदरमा १० लाख कर्जा उपलब्ध गराउने भन्ने कुरा सन्तोषीले  पनि जानकारी पाइन्। 

यो सुनेपछि सन्तोषीलाई पनि सरकारले उपलब्ध गराउने कर्जा लिएर स्वदेशमा नै केही व्यवसाय गर्न मन लाग्यो। 

आफूले गर्ने बाख्रापालन व्यवसाय देखाएर वैदेशिक रोजगार बोर्डमा कर्जाका लागि फारम भरेको सन्तोषीले बताइन्। 

सन्तोषीले १० लाख पाउने पनि भइन्। त्यसपछि काभ्रेमै गएर बाख्रापालन व्यवसाय विस्तार गर्ने सन्तोषीको योजना छ। 

‘कति विदेशमा पसिना बगाउनु? त्यति समय देशमा नै खट्न सके केही त पक्कै होला, विदेश जानुभन्दा त गाउँमै बाख्रापालन गर्नु बेस लागेको छ,’ सन्तोषीको सोच बदलिएको छ।

'सहुलियत दरमा कर्जा नभएको भए फेरि पनि विदेश जानुको विकल्प थिएन,' सन्तोषीले भनिन्, 'यही कर्जाले स्वदेशमा नै व्यवसाय गर्ने हिम्मत जुटाउन सहयोग गरेको छ। अब हेरौं के हुन्छ?'

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्