• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'समग्र मधेसले नै आफूलाई पछाडि पारेको महसुस गरेको छ'

64x64
नेपाल लाइभ बुधबार, मंसिर १३, २०७४  ०५:५९
1140x725

काठमाडौ‌- विवेकशील–साझा पार्टीको केन्द्रीय सदस्य तथा केन्द्रीय संयोजन समिति सदस्य हुन्, निरुपमा यादव। वकालत पृष्ठभूमिकी उनी गत स्थानीय निकायको निर्वाचनमार्फत् प्रत्यक्ष राजनीतिमा होमिएकी छन्। विवेकशीलसँग एकता हुनुअघि नै साझा पार्टीबाट काठमाडौं महानगरको उपमेयरमा प्रत्यासी बनेकी थिइन् निरुपमा। पार्टी गठनको ६ साता पनि नहुँदै चुनावमा होमिएकी उनले सम्मानजनक मत ल्याइन्। यसपटक उनी विवेकशील–साझाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार छिन्। समय संवादमा उनीसँग चुनावी सेरोफेरोमा गरिएको कुराकानीः

कस्तो भइरहेको छ, चुनावी दौडधुप?

चुनावी दौडधुप भ्याइनभ्याई छ। प्रत्यक्ष तर्फका उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा व्यस्त हुनुहुन्छ। हामी समानुपातिक उम्मेदवारहरु देशैभरि प्रचारप्रसारमा लागेका छौं। उम्मेदवार र पार्टीबारे बताइरहेका छौं। व्यक्तिगत र संस्थागत तबरबाट लागिपरिरहेका छौं। 

तपाईं राजनीतिमा काठमाडौंको उपमेयरमा प्रतिस्पर्धा गरेपछि बढी सक्रिय हुनुभयो। त्यसभन्दा अगाडि के गर्नुहुन्थ्यो? र, राजनीतिमा किन आउनुभयो?

राजनीतिमा आउनुभन्दा अघि र अहिले पनि म कानुन व्यवसायमा आबद्ध छु। अधिवक्ता हुँ। र, कानुन व्यवसायमा नै रमाइरहेको थिएँ। देश बनाउन भनेर हामी साझा पार्टीका समूहहरु एक ठाउँमा आएपछि अनौपचारिक कुराकानीमा पनि देश बनाउनुपर्छ, समृद्ध बनाउनुपर्छ भन्ने कुरा उठ्थ्यो। यी भइरहेका पार्टीबाट देश बनेन, अब के गर्ने भन्ने सम्झिँदा हाम्रो प्रयासले हाम्रो देश बन्छ भने हामी किन नबनाउने भनेर म राजनीतिमा आएको हो। राजनीतिबाट मेरो व्यक्तिगत महत्वाकांक्षा केही पनि छैन।

उपमेयरमा प्रतिस्पर्धा गर्नुभयो। कस्तो अनुभव रह्यो?

चुनावी प्रतिस्पर्धाको कुरा गर्दा व्यक्तिगत रुपमा त्यो मेरो पहिलो प्रतिस्पर्धा थियो। मेयरमा उठ्नुभएका किशोरजीका लागि पनि पहिलो अनुभव नै थियो। यसरी राजनीतिक प्रतिस्पर्धामा आइन्छ भन्ने सोच पनि थिएन हाम्रो। देश बनाउनका लागि हामीले नागरिकका हिसाबले बाँचिरहेका दायरालाई बढाउने कि, राजनीतिमा जाने कि, हाम्रो पहलले मुलुक बन्छ, देश बन्छ भने किन नगर्ने? दुःख त छ, सामाजिक, पारिवारिक, आर्थिक कुराले गाह्रो पनि छ, तर दुःख हुँदाहुँदै हामीले गरेर देश बन्छ भने किन राजनीतिमा नजाने भनेर हामी स्थानीय निर्वाचनमा आयौं। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि हाम्रो अनुभव के रह्यो भने, जनताले विकल्प खोजेको छ, परिवर्तन खोजेको छ, जनता आजित भएका छन्। हामीलाई जुन मत आयो, मैले साथीहरु र सार्वजनिक रुपमै पनि भन्ने गरेको छु, त्यो कसैको मत काटेको होइन। त्यो विशुद्ध सात्विक मत हो। त्यो अर्गानिक मत हो। जनताले हामीलाई स्वागत छ, अझै मिहिनेत गर्नुपर्छ भनेर दिएको मत हो। पार्टी दर्ता भएको थिएन, पार्टी घोषणा भएको ६ हप्तामै त्यति मत ल्याएको हो। स्थानीय तहको निर्वाचनलाई जनताले हामीलाई स्वीकार गरेको मतका रुपमा लिएका थियौं। 

तपाईंको समुदायबाट महिलाको राजनीतिमा सक्रिय सहभागिता कमै देखिन्छ। त्यो किन कम हुन्छ। तपाईं आउँदा तपाईंलाई कत्तिको पारिवारिक, सामाजिक अप्ठ्यारो पर्‍यो?

समग्रमा भन्दा म पहिले आफूलाई नेपाली भन्छु र नेपाल बनाउने दायित्व पनि हामी हिमाल, पहाड र तराईमा बस्ने नेपालीहरुको हो। तराई पछाडि पर्नुको आफ्नै राजनीतिक र सामाजिक कारण छन्। मधेसी महिला पनि राजनीतिमा नआएका होइनन्, आएका छन्। उहाँहरुको आफ्नै खालको उपस्थिति र व्यक्तित्व छ।

तर, एकदमै न्यून संख्यामा छ। प्रतिस्पर्धात्मक राजनीतिमा नै महिलालाई पछाडि पारिएको छ। प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारको सूची हे¥यौं भने पुगनपुग ३ प्रतिशत मात्र महिला छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समग्रमा हेर्ने हो भने मधेसले नै आफूलाई पछाडि पारेको महसुस गरेको छ। पटक–पटक राजनीतिक मुद्दा उठेका छन्। अहिले पनि केही राजनीतिक मुद्दा जिवन्त छन्। जहाँ समग्र मधेस नै राजनीतिको मूल प्रवाहमा आउन सकेको छैन भने महिला, त्यसमा पनि मधेसी कसरी आउन सक्छन् र! समग्रमा हामी नेपाली महिलाको अवस्था के छ त, त्यसमा पनि दाँजी हेरौं। समग्र मधेसले नै आफूलाई राजनीतिमा पछाडि पारिएको महसुस गरेको छ, त्यो ठाउँमा मधेसका महिला जुन ढंगबाट अगाडि आइरहनु भएको छ, त्यसलाई हामीले आशाजनक रुपमा लिनुपर्छ। 

तपाईंलाई चाहिँ कतिको अप्ठ्यारो छ?

राजनीति भनेको आफैंमा गहिरो मुद्दा हो। त्यति सहज मुद्दा होइन। पार्टीलाई फैलाउन हामी राजनीतिज्ञका रुपमा अगाडि बढ्दैछौं। हामीलाई सबैभन्दा ठूलो समस्या भनेको जनताले हामीलाई गर्ने स्वीकारकै हो।

मैले बुझ्न खोजेको पारिवारिक र सामाजिक समस्या?

म १७ वर्षमा विवाह भएर आएको। जम्मा एसएलसीसम्म पढेको थिएँ। संयुक्त परिवारमा बसें। तीन वटा बच्चाकी आमा हुँ। तपाईं कल्पना गर्न सक्नुहुन्छ कि त्यो बेलाको समाजमा परिवारको सहयोग नभइदिएको भए मेरा लागि यो यात्रा त्यति सहज हुने थिएन। म मधेसी समुदायको भए पनि समावेशी समाजमा हुर्केको हुँ। र, यहाँसम्म आइपुग्दा पनि म समावेशी समाजलाई प्रतिनिधित्व गर्छु। अहम् होइन, गर्वका रुपमा भन्छु, मलाई मेरो परिवारले ‘आइडल’कै रुपमा लिने गरेका छन्।

समग्र महिलकै कुरा गरौं। प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी निकै कम छ। प्रत्यक्षतर्फ महिलालाई किन राजनीतिक प्रतिस्पर्धी नठानेको? किन प्रतिस्पर्धा गर्न नदिएका दलहरुले?

पुराना पार्टीमा एकखालको ‘रिजर्बेसन’ देखिन्छ। महिलालाई कम विश्वास गरेको वातावरण एकातिर छ। अर्कोतिर हामी महिलाको आर्थिक स्तरमा जबसम्म उन्नति हुँदैन, तबसम्म यी कुरामा हाम्रो सशक्त उपस्थित हुन सक्दैन। किनभने, राजनीति भनेको अर्थसँग प्रत्यक्ष जोडिएको कुरा हो नि। राजनीतिमा गएपछि खर्च हुन्छ। तर, राजनीतिज्ञको आफ्नो कमाइ हुँदैन। सम्पत्तिको अधिकार परिवार र पुरुषमा हुन्छ। त्यसैले महिलालाई कतै न कतै यो आर्थिक कुराले पछाडि तानिरहेको हुन्छ।

महिला हुन् वा पुरुष, आममतदातामा महिलाले गएर के गर्न सक्छन् र भन्नेखालको सामाजिक मनोविज्ञान देखिन्छ। मतदाताको मानसिकतालाई पनि परिवर्तन गर्न नसकिएको हो कि!

परिवर्तन नै नभएको चाहिँ होइन। हिजोसम्म महिला घरभन्दा बाहिर जानु हुँदैन। राजनीतिमा जानु हुँदैन, कुनै पेसामा लाग्नु हुँदैन भन्ने सामाजिक पृष्ठभूमिबाट उठेर हामी यहाँसम्म आएका छौं। यो पनि परिवर्तन नै हो। यसलाई परिवर्तन होइन भनेर मान्न सकिँदैन। तर, जुन स्तरको परिवर्तन हामीले खोजेका छौं, त्यसका लागि हामीले अझै मिहिनेत गर्नुपर्ने आवश्यकता छ।

मतदाताको धारणा परिवर्तन गर्नका लागि राजनीतिक दलहरुले महिलालाई जति अग्रपंक्तिमा ल्यायो, जति जिम्मेवारी दियो, त्यसले पनि परिवर्तन गर्ने होला। त्यो अवसरबाटै महिलालाई वञ्चित गरिरहेका छन्। तपाईंहरुले अब राजनीतिक दलभित्रै बोल्नुपर्ने वा मुद्दा बनाउनुपर्ने अवस्था आएन?

मुद्दा एकातिर छ, हामी महिलाको वाध्यता अर्कोतिर छ। मेरो कुरा गर्नुहुन्छ भने, राजनीतिमा आउँदा मेरो एउटा सर्त थियो, म पेसा छोड्न सक्छु, परिवार छोड्न सक्दिनँ। किनकि, मेरो पारिवारिक दायित्वहरु छन्। तीनवटा बच्चा छन्। घरपरिवार छ। राजनीतिक जिम्मेवारी भनेको गहिरो जिम्मेवारी हो। त्यो कुरामा यहाँहरुको सहयोग हुन्छ भने म सक्रिय राजनीतिमा आउँछु नत्र बाहिरबाटै सहयोग गरौंला किनकि, मेरो घरपरिवारप्रतिको दायित्व छ भनेको थिएँ। 

मेरो पहिलो दायित्व भनेको मेरा बालबच्चा हुन्। आफ्नो घरपरिवार र बालबच्चा बिगारेर नेताले देश बनाउन सक्दैनन्। अहिले हाम्रो राजनीति हेर्ने हो भने, अधिकांशले राजनीति बनाउन बालबच्चा बिगार्छन् तर पछि तिनै बालबच्चा सपार्न राजनीति बिगार्छन्। राजनीतिबाट यति धेरै अवसर बालबच्चालाई दिएर, घरपरिवारलाई दिएर सुरक्षित बनाउन खोज्छन् कि त्यहाँ राज्यकै स्रोतको दोहन हुन्छ। भ्रष्टाचार हुने कारण के हो त? परिवारकै लागि त गरेका छन् नि! त्यसका साथसाथै परिवार पनि बनाउँदै जाऊँ, भन्ने मेरो धारणा हो।

फेरि पार्टीतिरै फर्कौं। तपाईंहरुले यसपटक राष्ट्रिय पार्टी र अर्कोपटक ठूलो पार्टी बन्ने भनेर नारा लगाइरहनुभएको छ। राष्ट्रिय पार्टी बन्ने अवस्था देख्नुहुन्छ?

पक्कै पनि हामी राष्ट्रिय पार्टी बन्छौं।

३ प्रतिशत मत ल्याउनुपर्छ नि त?

तीन प्रतिशतभन्दा बढी नै आउँछ हामीलाई।

तर, तपाईंहरुको प्रचार काठमाडौंमा मात्रै केन्द्रित छ। काठमाडौंको मतले मात्रै ३ प्रतिशत त नपुग्ला?

हाम्रो मात्रै होइन जुनसुकै पार्टीेको पनि गतिविधि केन्द्रमा बढी फोकस हुन्छ र केन्द्रमै देखिन्छ। तर, बाहिरका जिल्लाबाट पनि जति प्रतिक्रिया आइरहेका छन्, त्यो हेर्दा हामी काठमाडौंमा मात्रै सीमित छैनौं कि भन्ने भान हुन्छ।

तर, चिनिएका नेताहरु काठमाडौंका निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुने, त्यहीँ प्रचार गरिरहनुभएको छ। जिल्लातिर गएको खासै देखिँदैन नि?

त्यो मिडियाको कमिकमजोरी हो। कभरेज नगरेको होला। हाम्रा साथीहरु जहाँ पनि गइरहनुभएको छ। धेरै साथी अहिले बाहिरतिर हुनुहुन्छ। रञ्जुजी, राम साह, गोविन्द नारायणजीहरु बाहिर हुनुहुन्छ। तर, मिडियाको कभरेज काठमाडौंमा मात्रै केन्द्रित देखिन्छ। साथीहरु यथाशक्तिले भ्याएसम्म सबैतिर गइरहनुभएको छ। 

समानुपातिककै तर्फबाट भए पनि संसदमा प्रतिनिधित्व गरिरहँदा तपाईंको प्राथमिक दायित्व के हुन्छ?

नेपाली नागरिक हुनुको नाताले देश बनाउनुपर्छ र भ्रष्टाचारमुक्त मुलुक बनाउनुपर्छ भन्ने अभियान हो। त्यसका साथसाथै म महिला पनि हुँ। महिला सहभागिताको सवालमा पनि त्यतिकै सशक्त हुनुपर्छ। अर्कोति म मधेसी पनि हुँ। हामीले पार्टीमा पनि एउटा एजेन्डा पास गरेका छौं, मधेसलाई पनि सहअस्तित्व र आत्मसम्मानको अनुभूति दिलाउने र समृद्धिको एजेन्डामा मधेसलाई पनि ल्याउनुपर्छ। अब जातीय र भौगोलिक हिसाबले विभेद नगरीकन सबै नेपाली समान हो र सबै नेपालीको सहअस्तित्व र आत्मसम्मान सहित हामी पनि समृद्धिमा लाग्नुपर्छ।

मधेसमा त केही राजनीतिक मुद्दाहरु नै सेटल भइसकेका छैनन्। अझै बाँकी छ भनिन्छ। यसप्रति तपाईंको धारणा के हो?

तपाईंले भन्न खोज्नुभएको सीमांकनको कुरा हो, मूल एजेन्डा तराईको ।... 

नागरिकताको कुरा, समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा उठिरहेका छन्। यस्ता धेरै कुरा अझै पनि बाँकी छन् भनिन्छ।

बाँकी धेरै कुरा छन्। तर, मुख्य कुरा सीमांकनको हो। यो कुरा जो पदमा छन्, सरकारमा छन् वा संसदमा छन् उनीहरुले सम्बोधन गर्ने मुद्दा हो। हामी त त्यहाँ पुगेका छैनौं।

तर, मधेस केन्द्रित दलका धारणाप्रति तपाईंहरुको एउटा धारणा त हुन्छ नि!

धारणा त मैले भनें नि– सहअस्तित्व र आत्मसम्मान। देश आजसम्म समृद्ध नभएको कारण के हो त भन्दा, सबै तह र क्षेत्रका नागरिकले सहअस्तित्व र आत्मसम्मान महसुस गर्न नसकेरै हो। त्यसैले नेपाल पछाडि परेको हो। आजसम्म एकथरीलाई किन आरोप लागिरहेको छ– ‘के देश तिम्रो मात्रै हो? तिमीहरुले मात्रै बनाउने हो?’ एकथरीले त आफूहरुलाई किनारा गरेको महसुस गरेका छन् नि। जब सहअस्तित्व र आत्मसम्मानको कुरा आउँछ, त्यहाँ सबै नेपाली एक हुन्छन्, त्यहाँ सबैले आत्मसम्मान पाउँछन्। र, देश समृद्ध बनाउनमा सबैको सहअस्तित्व हुन्छ।

मधेसलाई छोडेर हामी कहाँ अगाडि बढ्न सक्छौं र? वा हिमाललाई छोडेर पनि देश समृद्ध हुँदैन। सबैको उत्तिकै आत्मसम्मान र सहअस्तित्वको कुरा आउँछ, समावेशीताको कुरा आउँछ। आफूलाई हेपिएको, चेपिएको, किनारा लगाएको र राष्ट्रियतामा शंकाको दृष्टिले हेरिएको नेपाली जब कोही पनि हुँदैनन्, तब मात्रै नेपाल समृद्ध हुन्छ।

तर, मधेसका जनतालाई राष्ट्रियताको सवालमै पनि पटक–पटक शंका गरिन्छ नि!

मैले त्यही भन्दैछु। त्यो किन भन्दा, एउटा राजनीतिक प्रपोगान्डा बनाइएको हो। मधेस र पहाडका जनताबीचमा खाडल ल्याएर एकखालको राजनीतिक अभिष्ट पूरा गर्न ल्याइएको कुरा हो।

तपाईं भोलि सांसद हुनुभयो भने यो खाडल पुर्ने प्रयास गर्नुहुन्छ?

स्थानीय चुनावदेखि नै मेरो प्रयास त्यो छ नि। म उपमेयरको उम्मेदवार हुँदा तँ नेपाली होइनस् भनेर कुनै मतदाताले शंका त गरेनन्। भोट माग्दा दिने नदिने सबैको आआफ्नै दायरा थिए होलान्। तर ११ हजार ५ सय ३३ मत मलाई आयो र त्यस दौरान मैले जति पनि नेपालीको सहानुभूति र सहयोग पाएँ, मलाई कसैले पनि शंकाको दृष्टिले हेरेनन्। मधेसका जनतालाई राष्ट्रियताको सवालमा जुन शंका गरिन्छ, त्यो पहाडको जनतालाई प्रयोग मात्रै गरिएको हो। पहाडको जनताको पनि यसमा कुनै दोष छैन। मधेसी र पहाडीलाई भिडाएर एकखालको राजनीतिक अभिष्ट पूरा गर्ने, एक खालको राजनीतिज्ञहरुको दुष्प्रयास मात्रै हो। अहिलेसम्म पनि त्यो प्रयास नभएका होइनन्। अब जनता सचेत भइसकेका छन्। अब तपाईं हामीबाट नै त्यो कुरा परिवर्तन हुँदै जान्छ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्