• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मधेसले आफ्नो माग बिर्सेको छैन, थाती राखेको मात्र हो'

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १२, २०७४  १४:४२
1140x725

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४३ जिल्लामा हुँदै छ। संघीय संरचना अनुसार हुन लागेको यो निर्वाचनमा प्रदेश २ अन्तर्गत तराईका आठ जिल्लाका मतदाताले पनि मताधिकारको प्रयोग गर्दै छन्। 

तराईको जिल्लामा स्थलगत रिपोर्टिङमा जाँदा नेपाल लाइभका किशोर दहालले निर्वाचनको सन्दर्भमा सिरहा क्याम्पसका सहायक प्राध्यापक चन्द्रेश्वरप्रसाद यादवसँग गरेको कुराकानीः

आगामी चुनावलाई कसरी हेरिरहनुभएको छ?

लोकतन्त्रमा चुनाव अनिवार्य हुन्छ। चुनाव लोकतन्त्रको मुटु हो। चुनाव भएन भने लोकतन्त्रको अर्थै भएन नि! 

तर यो चुनाव विशिष्ट समयमा हुन लागेको छ। जुन संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा लामो समयसम्म संघर्ष भयो, त्यही संविधान कार्यान्वयनका लागि चुनाव भइरहेको छ। त्यो संघर्ष र यो चुनावलाई जोडेर केही भनिदिनुस् न!

मधेसले आफ्नो माग बिर्सेको छैन। उसले आफ्ना मागलाई थाती राखेको हो। प्रमुख तीन दल मिलेर संविधान संशोधनलाई असफल बनाएका हुन्। मधेसी दलसँग मिलेको जस्तो पनि देखिने र संविधान संशोधन पनि नहुने वातावरण बताएका हुन्। मधेसी दललाई अलमलमा पारेर चुनावसम्म पुर्‍याउने उनीहरुको दाउपेच थियो। त्यो कुरा त मधेसी दलहरुले पनि बुझेका थिए। तर, उनीहरु बाध्यतामा परेका थिए। उनीहरु जुन किसिमको प्रक्रियामा थिए, त्यसैमा रहिरहने हो भने त मुलुक अनन्त कालसम्म अवरुद्ध भइरहने थियो। उनीहरुले नै बाटो खोलेर जनतासमक्ष गएका हुन्। उनीहरुले चाहेर मात्रै दुई तिहाइ नपुग्ने भएपछि जनतामा गएका हुन्। उनीहरु लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा आएका हुन्। 

यो चुनावमा मधेसकेन्द्रित दलले केही सिट जित्दैमा संविधान नै संशोधन हुनसक्छ र?

यो लामो प्रक्रिया हो। तुरुन्तै हुँदैन। मधेसका जनताहरु, पहाडका जनजातिहरु, दलितहरु, महिलाहरु सबै जागेपछि संशोधन हुन्छ। निर्वाचित भएर गए पनि मधेसी दलहरुले संसदमा संशोधनबारे कुरा उठाउँछन् नि! संघर्ष गर्छन्। बिस्तारै जनता पनि सचेत हुनेछन्। मधेसका जनता पनि सचेत भएका छन्, तर जुन रुपमा हुनुपर्थ्यो, त्यति भएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सामान्य मतदाताले मत दिँदै गर्दा उम्मेदवारको के कुरा प्राथमिकतामा राख्छन्?

धेरै कुरा प्राथमिकतामा पर्छ। मुख्य रुपमा उम्मेदवारको व्यक्तितव नै प्राथमिकतामा पर्छ। समाज र राष्ट्रको लागि ऊ उपयुक्त छ कि छैन भन्ने ख्याल गरिन्छ। उसको विगतको काम, इमानदारी आदि कुरा पनि हेरिन्छ। जनतासँग कत्तिको घुलमिल भएको छ, त्यो पनि हेरिन्छ। जतिसुकै विद्वान् भए पनि जनतासँग नजिक छैन भने ऊ प्राथमिकतामा पर्दैन। आम नागरिकलाई विद्वान् हो कि होइन भन्नेसँग मतलब हुँदैन। उनीहरुलाई त पासपोर्ट, नागरिकता कसले बनाइदिन्छ भन्ने कुरासँग मतलब हुन्छ। खानेपानी, बाटोघाटो पुर्यािइदिने, मालपोत, अदालत, अस्पतालमा काम गराइदिने नेता खोज्छन् साधारण मतदाताले।

चुनावी परिणाम कस्तो आउला भन्ने तपाईंको अनुमान छ?

वाम गठबन्धनले हिमाल, पहाड र तराई सबैतिर तहल्का मच्चाइरहेको छ। राजनीतिमा दुई र दुई जोड्यो भने पाँच हुन्छ। पाँचबाट दुई घटायो भने दुई हुन्छ। वाम गठबन्धन अहिले दुई र दुई जोडिएको अवस्था हो। मधेसमै पनि यिनीहरुको अवस्था राम्रो देखिन्छ। मधेसी जनतामा अन्तिममा मधेसको सेन्टिमेन्ट जाग्यो भने मधेसी दलको राम्रो स्थिति आउन पनि सक्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तो भावुकता आउने सम्भावना पनि छ?

त्यो सम्भावना छ। त्यसो भयो भने मधेसकेन्द्रित दलको पक्षमा मत जान सक्छ। नेतृत्वले जनतालाई आश्वस्त तुल्याउन सक्यो भने मधेसी दलप्रति लहर आउन सक्छ। त्यो क्षमता देखाउन र कार्यकर्तालाई परिचालन गर्न सक्छन् कि सक्दैनन् भन्नेचाहिँ हेर्नै बाँकी छ।

मधेसकेन्द्रित दलले नभई मूलधारका राष्ट्रिय दलले नै जिते भने त्यसको परिणाम के हुन्छ?

मधेसको मुद्दा अझ बढी दबिन्छ। किनकि, यिनीहरु संविधान संशोधन गर्न तयार छैनन्। हुन त कांग्रेस र माओवादीले संविधान संशोधन गर्न तयार भएका थिए। उनीहरुले नै संशोधन प्रस्ताव नै लगेका थिए। त्यसकारण अब पनि त्यो उनीहरुको दायित्वभित्र पर्छ। उनीहरुले बोली नफेरिकन संशोधनको लागि पहल गर्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित)
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो
सम्बन्धित सामग्री
मिदास हेल्थ सर्भिसेजद्वारा माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित एचएमआइएस सार्वजनिक परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण... मंगलबार, मंसिर ८, २०८३
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा राम कण्ठ माकजुले संयु... मंगलबार, मंसिर ८, २०८३
सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिका... मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? मंगलबार, मंसिर ८, २०८३
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो मंगलबार, मंसिर ८, २०८३
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध, सात जना पक्राउ मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्