• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

श्रीमान्‌लाई मृत्युदण्ड दिँदाको त्यो कालो रात

'यो मेरो अन्तिम चिठ्ठी हो' 
64x64
नेपाल लाइभ शनिबार, वैशाख २१, २०७६  १७:५०
1140x725

रोल्पा- घरदेखि ३ घन्टा टाढाको डिल्लेश्वरी प्राथमिक विद्यालय पढाउने श्रीमान् घर नआएको लामो समय भएको थियो। फोनको सुविधा थिएन। श्रीमान् कहाँ छन् के गर्दैछन्, त्यसको जानकारी पनि थिएन मीनालाई। 

अभियानका नाममा माओवादीले शिक्षक विद्यार्थी प्रयोग गर्नु सामान्य थियो त्यसबेला। उनले पनि त्यही सोचिन्। तिलकको २४औं जन्म दिन पनि त्यसै दिन थियो। जन्मदिन मनाउन त पक्कै आउँछन् भन्ने आशा थियो उनलाई।

शिवरात्रि परेकाले सार्वजनिक बिदा थियो। विद्यालय छुट्टी भएकाले श्रीमान् चाँडै फर्केलान् भन्नेमा ढुक्क जस्तै थिइन् उनी। बिहानै उठेर घर नजिकको ढुंगेधारामा नुहाउन गइन्। फागुन अन्तिम भए पनि उनलाई जाडो भइरहेको थियो। नुहाएर घर फर्किइन्। तिलकले केही दिनअघि दाङको अम्बिकेश्वरी मन्दिरबाट ल्याइदिएको सिन्दुर निकालेर लगाउन थालिन्। 

डिब्बाको बिर्को खोल्न थाल्दा सिन्दुर भुइँमा पोखियो। 

४ वर्षीय छोरो जयन्द्र भने भोक लागेर रोइरहेका थिए। परिवारका अन्य सदस्य सबै आआफ्नो काममा व्यस्त।

यस्तैमा एक जना नातेदार स्वाँस्वाँ गर्दै उनको घर आए। ससुरा हिरालाल नेपाली, माहिलो ससुरा बुद्धिराम घरदेखि अलि पर काममा थिए। ती नातेदार त्यतै गए। केके कुरा गरे मीनालाई थाहा भएन। एक छिनपछि सबै घरभन्दा तल झरे। सासू भैंसीको भकारो नजिक निधारमा हात राखेर बसेकी थिइन्। 

यी सबै घटनालाई मीनाले नियालिरहे पनि महत्व दिएकी थिइनन्।  केही समयपछि धेरै मानिस उनको घरतर्फ आए। त्यो समूहमा मीनाका ससुरा, देवर, नन्द र अरु गाउँका नातेदार पनि थिए। २ जनाले लास बोकेका थिए। उनलाई लाग्यो, पल्लो वनका कोही आफन्त अस्पतालमा बितेछन्, यतैको बाटो हुँदै घरतर्फ लैजान लागे। 

यतिकैमा माहिलो ससुरा आएर भने, 'अब दुःख पाइस्।' 

nimb
nimb
Ncell 2
Ncell 2

यो शब्द सुन्नेबित्तिकै नजिकै रहेकी सासू रुन थालिन्। अब भने मीनालाई करेन्ट लागे जस्तै भयो। सयौं भोल्टको। अचेत भएझैं भुइँमा लडिन्। त्यसपछि के भयो उनलाई थाहा छैन। 

OOO

रोल्पा नगरपालिका २ धनमुडाका तिलक नेपालीलाई २०५८ फागुन २६ गते तत्कालीन माओवादीले अपहरण गरेका थिए। अपहरणको १८ दिनपछि चैत १४ गते मृत्युदण्डको घटना। 

मृत्युदण्डअघि उनको अन्तिम इच्छा सोधियो। आफ्नो परिवारलाई एउटा चिठ्ठी लेख्ने इच्छा भएको बताए तिलकले। बन्दुकधारीको घेरामा रहेका उनले २०५८ चैत १२ गते राति ९ बजे चिठी लेखे। जन्म दिने बुवाआमा, मुटुको टुक्रा जस्तो भाइ श्रवण, बहिनी दुर्गा, श्रीमती मीना र ४ वर्षिय अबोध छोरा जयन्द्र सबैलाई साइनो अनुसार सम्झिए। 

१२ पृष्ठ लामो उक्त चिठ्ठी 'जीवन घडीको सुई जस्तो भएको' भनाइबाट सुरु गरेका छन। चिठ्ठी लेख्दाको समयसम्म आफू जीवित रहेको जनाउ दिएका छन्। 

'सोधपुछ र छानबिन अझै होला जस्तो लागेको थियो तर दुई पटक मात्र मसँग बयान लिएर मार्ने निर्णय भएछ,' चिठ्ठीको सुरुवातमै उनले लेखेका छन्, 'म अब घर कहिल्यै आउन नपाउने भएँ।'

चिठ्ठीमा उनले परिवारका सबै सदस्यलाई मिलेर बस्न आग्रह पनि गरेका छन। कसैप्रति राजनीतिक प्रतिरोधपूर्ण शब्द प्रयोग नगरेका तिलकले गरिबीका कारण सानै उमेरमा विवाह गर्नुपरेको, चाहे जति पढ्न नपाएको, अस्थायी शिक्षकको जागिर खान बाध्य भएको उल्लेख गरेका छन्। आमाले पालेको कुखुरा, खसी बेचेर पढेको चिठ्ठीमा स्मरण गरेका छन्। रगतको नाता ४ वर्षे छोरो जयन्द्र रहेको र अब केही दिनभित्र अर्को सन्तान जन्मन लागेको चिठ्ठीमा उल्लेख गरेका छन्। दुवै सन्तानलाई हुर्काउने, बढाउने र पढाउने काम गर्न श्रीमती मीनालाई आग्रह गरेका छन्। 

श्रीमान्‌को मृत्यु भएको २८ दिनपछि मीनाले छोरी जन्माइन्। उनले भने जस्तै २ सन्तान त भए तर उनीहरुको भरणपोषण गर्ने अभिभावकको अभाव खड्किन थाल्यो। बुवा जस्तै माया गर्ने कान्छो बुवा श्रवण र हजुरबुवा हिरालाल भए पनि बुवाको  वात्सल्यबाट विमुख २ नाबालक दु:खकष्टसँगै हुर्किंदै गए। 

जयन्द्र अहिले विज्ञान संकायमा कक्षा १२ पुरा गरी डाक्टर पढ्ने गरी तयारी गरिरहेका छन्। छोरीले पनि यसै वर्ष एसइई दिएकी छन्। छोरी पनि स्टाफ नर्स पढ्नका लागि काठमाडौंमा तयारी कक्षा लिइरहेकी छन्। 

बुवाले लेखेको पत्र सुरक्षित छ, जयन्द्रसँग। याद आए त्यही पत्र दोहोर्‍याई दोहोर्‍याई पढ्छन्। गरिबीलाई छिचोल्दै संघर्षपूर्ण यात्रा गर्दैगर्दा अनायासै जीवन अन्त्य गरेका बुवाको पढेर ठूलो मान्छे बनाउने सपना पूरा गर्नुछ उनलाई। 'छात्रवृत्तिमा नाम निकाल्न तयारी गरिरहेको छु। अहिलेसम्म कसैले सहयोग गरेका छैनन्,' उनले भने, 'छात्रवृत्तिमा नाम निस्के पनि १६ लाखभन्दा बढी खर्च लाग्छ।' 

मीना भने सदरमुकाममा सानो पसल गरेर बसेकी छन्। मासिक ७ हजार भाडा तिर्ने गरी २ कोठामा नास्ता पसल सञ्चालन गरेकी उनको आम्दानी भाडा तिर्न र सामान खरिद गर्नमै ठिक्क हुन्छ। 'श्रीमान्‌को मृत्युपछि राहात स्वरुप सरकारले पटकपटक उपलब्ध गराएको पैसा पनि सबै खर्च भइसकेको छ,' मीनाले भनिन्, 'नास्ता पसल पनि भने जस्तो चल्दैन। कसरी जीविको चलाउनु। उहाँ जिउँदो भएको भए यस्तो दुःख गर्नु पर्दैनथ्यो होला।' द्वन्द्व पीडितका लागि विभिन्न संघसंस्थाले सहयोग गरेको सुनिए पनि आफूलाई भने कसैले नहेरेको उनको भनाइ छ। श्रीमान् के कारण मारिए भन्ने अहिलेसम्म उनले जवाफ पाएकी छैनन्।

OOO

दसवर्षे सशस्त्र युद्धमा रहेको त्यसबेलाको माओवादी नै अहिले सत्तामा छ। श्रीमान् मारिएका मीना जस्ता सयौं महिला एकल जीवन बिताउन बाध्य भएका छन्। पछिल्लो राजनीतिक परिवर्तनमा ज्यान गुमाएका यस्ता मृतकका परिवारलाई राज्यले एक पटक राहात दिए पनि अहिले सम्झन छाडेको छ। 

यसरी मारिएकाहरुका परिवारलाई राज्यले क्षतिपूर्ति सहितको न्याय तत्काल दिनुपर्ने मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यको भनाइ छ। 'पछिल्ला दिनमा राज्य गैरजिम्मेवार बन्दै जान थालेको छ,' उनले भनिन्, 'द्वन्द्व पीडितलाई न्याय नदिँदासम्म शान्ति प्रक्रिया सहज ढंगले अवतरण हुन सक्दैन।'

स्थानीय शान्ति समितिको अभिलेख अनुसार रोल्पामा सशस्त्र युद्धताका श्रीमान् गुमाएर एकल हुने महिलाहरुको संख्या तीन सय २३ छ। यसैगरी ७ जना महिलाका श्रीमान् अझैसम्म बेपत्ताको सूचीमा छन्। श्रीमान् गुमाएर वा बेपत्ता भएर एकल जीवन जिउन बाध्य त्यस्ता महिलालाई शान्ति समिति मार्फत सिलाइकटाइ, ब्रिकेट तयारी, ढाका बुनाइ, मोबाइल मर्मत, झोला सल र उद्यमशीलता सम्बन्धी तालिम दिएको भए पनि हाल उनीको सिप प्रयोग हुन पाएको छैन। त्यसरी तालिम लिएका मध्ये ४६ जना हाल रोजगारीमा संलग्न रहेको स्थानीय शान्ति समितिको अभिलेखमा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी शुक्रबार, चैत २०, २०८२
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्