• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

वाम र लोकतान्त्रिक गठबन्धनलाई जनताले हेर्न पनि चाहेका छैनन् : मनिष सुमन

64x64
नेपाल लाइभ सोमबार, मंसिर ११, २०७४  १४:५५
1140x725

राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिष सुमन मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। सप्तरीमा राजपा–संघीय समाजवादी फोरम गठबन्धनका संयुक्त उम्मेदवार रहेका सुमनसँग निर्वाचनको सन्दर्भमा नेपाल लाइभका किशोर दहालले राजविराजमा गरेको कुराकानीः

प्रतिनिधिसभाभन्दा प्रदेशसभामा के त्यस्तो बढी आकर्षण छ, जसले गर्दा प्रदेशसभाको उम्मेदवार बन्नुभयो?

म योभन्दा अघि चुनाव लडेको थिइनँ, त्यसकारण यो मेरो पहिलो चुनावी प्रतिस्पर्धा हो। पहिलो कारण त यही नै हो। त्यस्तै, मधेसकै एक जना शीर्ष नेता उपेन्द्र यादवले यही क्षेत्रबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभयो। उहाँ यहीँ जन्मे–हुर्केको, पढेको व्यक्ति हो। हिजोसम्म उहाँको कर्मक्षेत्र अन्यत्र रह्यो। तर, यसपटक जन्मभूमिबाटै चुनाव लड्ने भनेर इच्छा गरेपछि मैले उहाँलाई सहयोग गर्नु आवश्यक देखेँ। मेरो पहिलो निर्वाचन प्रदेशसभाकै लागि लडूँ, जनतालाई सेवा गर्ने जुन अभिप्राय छ, त्यो प्रदेशसभाबाटै सुरु गरुँ भनेर त्यसकै उम्मेदवार बनेको हुँ।

यहाँबाट नभए पनि अन्य क्षेत्रबाट चुनाव लडेर पनि जित्न सक्नुहुन्थ्यो होला नि?

जो जहाँको स्थानीय हो, उसले त्यहाँ बढी महत्त्व पाउँछ। मैले मेरो जन्मभूमि र कर्मभूमि, जहाँबाट मैले राजनीति सिकेँ र जहाँका जनतासँग, मतदातासँग मेरो प्रत्यक्ष नै सम्बन्ध छ, मैले त्यही ठाउँ रोजेँ। त्यसैले मैले अन्यत्र पनि मेरो लोकप्रियता छ भन्ने दम्भ राखिनँ। जनताले पनि यहीँबाट चुनाव लड्न आग्रह गरेकाले मैले यही ठाउँ रोजेँ।

तपाईंजस्तो मधेसको मुद्दालाई सैद्धान्तिक रुपमै बहस गर्न सक्ने मानिस प्रतिनिधिसभामा हुँदा मधेसको माग पूरा गराउन झन् बढी सघाउ पुग्थ्यो भन्ने लागेन?

जनताको सेवा गर्नु छ भने जुनै पदमा भएर पनि जनताको सेवा गर्न सक्छ। हिजोसम्म म कुनै सभाको सांसद थिइनँ। तर, म जनताकै बीचमा बसेर काम गरिरहेको थिएँ। मैले मधेसका लागि गर्न सक्ने कामहरु गरिरहेको थिएँ। त्यसको उचित मूल्यांकनको अवसर आएको छ। त्यसैले मैले आफ्नै क्षेत्र रोजेँ। अर्कोपटक हेरौं के हुन्छ!

मुख्यमन्त्री हुने रहर पनि हो कि?

Ncell 2
Ncell 2
nimb
nimb

राजनीति गरिसकेपछि इच्छा त हुने नै भयो। हाम्रो सर्वेक्षण र मिडियाको सर्वेक्षणमा २ नम्बर प्रदेशमा हाम्रै पार्टीकै बहुमतको सरकार बन्दैछ भन्ने देखिन्छ। त्यस्तो अवस्था आयो भने मधेस गठबन्धनको संसदीय दलको बैठकले मुख्यमन्त्रीको नाम तोक्ला। अवसरै आयो भने त पछि किन हट्नु र? स्वीकार गर्छु।

तपाईं चुनाव प्रचारप्रसारमा घुमिरहनुभएको छ। जनताको अपेक्षा के पाउनुभएको छ?

हिजो हामीले गरेको आन्दोलनप्रति जनताको ठूलो सम्मान छ। ठूला दलले एकतर्फी रुपमा जारी गरेको संविधानमा संशोधन खोजेका छन्। विकासतिर पनि जनताको बढी इच्छा छ। मैले निर्वाचन लडिरहेको सप्तरी २ (ख) मा राजविराज पर्छ, यो सबैभन्दा पहिलो ‘प्लान सिटी’ हो। यो शहरको कल्पना गरिरहँदा देशकै अर्को शहर त्यति कल्पित थिएन। काठमाडौंभन्दा पहिलेको हाम्रो शहर हो। तर, यसको अवस्था खराब छ। यसको कारण सच्चा प्रतिनिधि नपाउनु नै हो।

यो जिल्ला कुनै बेला देशकै शिक्षित जिल्लामध्येमा थियो। अहिले यहाँको शिक्षाको अवस्था खस्किँदै गएको छ। यहाँ स्वास्थ्यको ग्यारेन्टी छैन। बिरामी भएपछि अन्यत्र जानुपर्ने बाध्यता छ। हामीसँग गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र छ। त्यहाँ १८/२० वटा उद्योग खोल्न सकिन्छ। तर, त्यहाँ उद्योग खोल्ने कामको सुरुवात नै हुन सकेको छैन। उद्योगपतिहरु यता आकर्षित भएका छैनन्। त्यहाँ पूर्णरुपमा उद्योग खोलिए सप्तरी जिल्लाको शत प्रतिसत नै बेराजगारी समस्या समाधान हुन्छ। जिल्लाले ठूलै कोल्टे फेर्न सक्छ। जनताको अपेक्षा यस्तै छ। हामीले पनि यिनै मुद्दा लिएर जनताको माझमा गइरहेका छौं। यो अपेक्षालाई निर्वाचित भएपछि हामी पूरा गर्नेछौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ?

म ढुक्क छु। यहाँका जनताले मलाई एकदमै माया गरिहरेका छन्। अहिलेको चुनाव प्रचारप्रसारमा जनताले देखाइरहेको सद्भावले पनि मलाई विश्वस्त बनाएको छ। विपक्षीले पैसाकै चलखेल गरेछन् भने पनि मेरो जितलाई रोक्न सक्दैनन्। अर्कोतिर मेरा प्रतिस्पर्धी पनि म जत्तिको योग्य छैनन्। मेरा प्रतिस्पर्धीहरु हिजो रमेश महतोको लाश चोर्नेहरु हुन्। उनीहरु हिजोसम्म समाजिक परिचय र पहिचान नभएकाहरु हुन्। तसर्थ पनि मेरो जित सहज छ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको कुरा आइरहेको छ। त्यसले कत्तिको चुनौती दिइरहेको छ?

वाम गठबन्धनले हिजो मधेसी भनेरै, मधेसी भएरै हामीसँग मत मागेर गएका थिए। तर, उनीहरुले मतदाताको इच्छा विपरीत संविधानमा हस्ताक्षर गरे। त्यसैले ती पार्टीहरुलाई अहिले जनताले हेर्न पनि चाहेका छैनन्। ती पार्टीका यहाँका उम्मेदवारहरुले म पनि तिम्रै समुदायको हुँ, म पनि तिम्रै भाषा बोल्छु भनेर ढिपी कसे पनि जनताले पत्याएका छैनन्। ती चल्ने भनेको केपी ओलीको आदेशले हो, शेरबहादुर देउवाको आदेशले हो, प्रचण्डको आदेशले हो। त्यसैले वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जनताले ठूलै जवाफ दिनुपरेको छ। उनीहरुका विगतका कर्तुतलाई हेर्ने हो भने मधेसी गठबन्धनको जित सहजै हुने वातावरण निर्माण भइरहेको छ।

प्रदेश २ मा प्रदेशसभाका लागि कति जति सिट जित्ने अनुमान छ?

यति–उति भनेर ढिपी नकसौं। तर यहाँ मधेस गठबन्धनको दुई तिहाइ बहुमतको नजिक–नजिक पुग्छौं।

प्रदेशसभामा तपाईंहरुले गर्ने नीतिगत कामहरु केके हुन्छन्?

संविधानमा भएका खोट र त्यसलाई सुधार गर्नुपर्ने दबाब हाम्रो तर्फबाट पनि हुन्छ। संघीयतालाई संस्थागत गर्न प्रदेशसभाका सांसदहरुले पनि सक्छन्। काठमाडौं मात्रै देश हो, काठमाडौंका जनता मात्रै जनता हुन्, काठमाडौंको विकास मात्रै गर्नुपर्छ भन्ने राज्यसत्ताको मानसिकता छ। त्यहाँबाट बाहिर निस्कनेबित्तिकै यो मुलुकमा देहात, गाउँ, कुनाकन्दरा, साना-ठूला शहर पनि छन्, तिनी पनि नेपाली नै हुन्, नेपालकै भूभाग हो भन्ने अनुभूति गर्न पाइन्न। त्यसैले संविधानलाई स्थापित गर्दा हामी प्रदेशसभावालाहरुले काठमाडौं मात्रै मुलुक हो भन्ने ठम्याइबाट मान्छेलाई उकास्छौं। यहाँ पनि विकास गर्छौं।

पाँच वर्षपछि तपाईंको क्षेत्र कस्तो हुनेछ?

त्यतिबेला तपाईं मेरो निर्वाचन क्षेत्रमा आउनुभयो भने सफा र सुन्दर पाउनुहुनेछ। सडकहरु गुणस्तरयुक्त हुनेछ। बेरोजगारीको समस्या अधिकतम रुपमा समाधान भएको पाउनुहुनेछ। अस्पतालहरुको विकास देख्न पाउनुहुनेछ। ठूला कलकारखाना खोलिएका हुनेछन्। मेरो क्षेत्रले कायापलट गरेको देख्न सक्नुहुनेछ। 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्