• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

साउदीको तातो सडकमा ट्रक हाँक्ने यी नेपाली

भन्छन्– 'खुनको बदला खुन' दिमागमा राखेर गाडी चलाउनुपर्छ
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १५:५४
1140x725

काठमाडौं- धेरैको चाहना हुन्छ, आफ्नै देशमा केही गरुँ। परिवारसँगै बसूँ। दु:खसुख यतै कर्म गरुँ। तर, सबैको चाहना पूरा हुँदैन।

स्वदेशमै केही गरेर मर्ने नेपाली युवाको सपना खाडीको तातो घामले पोलिरहेको छ। रंगीन सपना खोज्न हिँडेका उनीहरुको मन परदेशको कहरसँगै रुमल्लिइरहेको छ।

झापा शनिश्चरेका लक्ष्मीप्रसाद भण्डारी भन्छन्, ‘साउदीमा गाडी हाँकेर म जिन्दगी पछाडि धकेलिरहेको छु।’

उनलाई साउदीको सडकमा गाडी हाकेर थोरै पनि खुसी मिलेको छैन। तर, हाँकिरहेकै छन्। नेपालमा नै केही काम गर्ने सपना उनको नभएको होइन। पूरा गर्न दिएन परिस्थितिले।

‘मेरो पढाइ पनि निकै राम्रो थियो। नेपालमै केही गर्न सक्छु भनेर धेरै काम गर्न खोजेँ। जेजे गर्न खोज्दा पनि यता सियो उता फाट्ने, उता सियो यता फाट्ने भयो,' साउदीबाट अनलाइन कुराकानीमा उनले भने, 'काम पनि भने जस्तो नपाएपछि यहाँ ट्रक चलाउने ड्राइभर बनेको छु।’

घरपरिवारको खुसीका लागि परदेशको बाटो रोजेका भण्डारीको आफ्नै घरजग्गा थिएन। उनी हाल साउदीको जेद्दामा ग्लोब लुजिस्टिक्स कम्पनीमा हेभी ट्रक चालकका रुपमा कार्यरत छन्। 

'जग्गा त अहिले पनि छैन,' उनले सुनाए, 'परदेश धाएरै पसिनासँग थोरै पैसा साटेर बस्ने झुपडीसम्म चाहिँ बनाएँ।’ 

उनी साउदीमा ट्रक ड्राइभर बनेको ३ वर्ष भइसकेको छ। २०१६ मा उनी युनिक म्यानपावर कम्पनीमार्फत साउदी गएका थिए। सुरुमा चालकको काम गर्दा एक लाखसम्म कमाइ हुने भए पनि अहिले मुस्किलले ६०/७० मात्र पाउने उनी बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

साउदीमा ट्रक चलाएर पनि अहिलेको जति तलबले घर चलाउन सकिन्छ जस्तो उनलाई लागिरहेको छैन। 'अब म नेपाल नै फर्कन्छु,’ उमेरले ३ दशक कटिसकेका भण्डारीले भने।

सरकारले विदेशबाट काम गरेर फर्किएका सिपयुक्त युवालाई १० लाखसम्म सरल कर्जा उपलब्ध गराउने कुरा आएसँगै उनलाई नेपाल फर्कन मन नलागेको होइन। तर, तत्काल निर्णय गरिहाल्न सकेका छैनन्। 

नेपालमा आएर पनि के गर्ने? लगानी अनुसार प्रतिफल नभएर पैसा डुब्ने हो कि भन्ने सन्त्रासले सताउँछ उनलाई। ब्रेकफेल भएको ट्रक जस्तै साउदीमै अनियन्त्रित डुलिरहेको छ उनको मन। 

एक दशकदेखि तातो सडकमा
पोखरा डेभिसफलका इन्द्रप्रसाद पराजुली पनि १० वर्षदेखि साउदीमा ट्रक ड्राइभरका रुपमा कार्यरत छन्। नेपालमा छँदा पनि पोखरामा झन्डै ५ वर्षजति उनले ट्याक्सी चलाएका थिए। ६ महिना त पोखरा-काठमाडौं माइक्रो चालकका रुपमा पनि काम गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'तर, नेपालमा काम गरेपछि भनेजस्तो कमाई भएन,' उनले सुनाए, 'जीवन धान्न मुस्किल भएपछि के गर्नु भनेर परदेशको बाटो रोजियो।’

३७ वर्षीय पराजुलीको एक दशक साउदीको अलकत्रा पग्लिने सडकमा ट्रक हुइँक्याउँदै बित्यो। ‘खुनको बदला खुन दिमागमा राखेर ट्रक चलाउनुपर्छ। कुन दिन जेल जानुपर्ने हो, कहिले मृत्युदण्ड वा ब्लडमनीको सिकार हुनुपर्ने हो। टुंगो हुँदैन,’ उनले बाध्यता सुनाए।

साउदीमा कसैले कसैलाई हत्या गरेको ठहर भएमा 'खुनको बदला खुन' तिर्नुपर्ने हुन्छ। मृतकका परिवारका सदस्यले खुनको बदला खुन नै चाहिन्छ भनेर माग गरेमा अदालतले जो सुकैलाई पनि मृत्युदण्डको सजाए दिने व्यवस्था छ। 

मृतकका परिवारका सदस्य वा नातेदारहरुले खुनको बदला खुन नलिएर ब्लडमनी अर्थात् व्यक्तिको हत्या भएबापत रकम माग गरेमा अदालतले प्रतिवादीहरुसँग ब्लडमनी तिराउन आदेश दिन्छ। ब्लडमनीपछि कानुनी प्रक्रिया अनुसार हत्याको आरोप लागेका व्यक्तिहरु जेलमुक्त गरिन्छन्। 

गन्तव्यको चक्कर
तेह्रथुम फाक्चामाराका ३५ वर्षीय योगेन्द्र खतिवडा सामाजिक अभियान्ताका रुपमा कार्यरत थिए। उनी तेह्रथुमबाट इटहरी झरे। त्यहाँ परिवेश नयाँ भयो। आवश्यकता बढ्दै गए। परिवारको जिम्मेवारी थपिँदै गयो। त्यसपछि उनी परदेशको बाटो रोज्न बाध्य भए।

रोजगारीकै लागि खतिवडा ओमान पुगे। 

ओमानमा एक वर्ष बसेर फर्केका उनी त्यसपछि कतार पुगे। कतारमा पनि सोचे जस्तो काम भएन। त्यसपछि उनको गन्तव्य बन्यो साउदी। अल्माराई कम्पनीमा १४ महिना हेभी ट्रक चालकका रुपमा काम गरेका उनी १४ महिनामै नेपाल फर्किए। 

‘१४ महिना पनि १४ वर्ष जस्तै भयो, नोकर भन्दा तल्लो व्यबहार गरियो,' उनले भने, 'गड्डीहरुको देशमा पीडैपीडा। कमाइ राम्रो थियो तर साउदीका नागरिकले नेपालीलाई गर्ने व्यवहार मन नपरेर फर्किएँ।’

साउदीमा १४ महिना चालकको अनुभव लिएर उनी नेपाल फर्किएका छन्। अब यहीँ केही गर्ने योजनामा पनि छन्। ‘२०/३० हजारको कमाइले त आफू एक्लैलाई ठिक्क हुन्छ, नेपालमा के काम गरेर परिवार पाल्ने होला?’ उनले अन्योल व्यक्त गरे।

आफ्नै लापरबाहीका कारण ब्लडमनीको सिकार
गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीका अध्यक्ष नारायण पासवनका अनुसार धेरै नेपाली चालक आफ्नै लापरबाहीका कारण पनि उनीहरु ब्लडमनीको सिकार बन्न बाध्य हुन्छन्। 

‘कतिपय अवस्थामा साउदीमा नेपाली चालकलाई हेप्ने, गल्ती नभए पनि जबरजस्ती आरोप लगाउने गरेको पाइन्छ,' पासवान भन्छन्।

साउदीमा गैरकानुनी रुपमा मादकपदार्थ सेवन गरी सवारी चलाउँदा सवारी अनियन्त्रित भई धेरैजसो दुर्घटना हुने गरेको उनको भनाइ छ। 'कतिपय नेपाली चालकले साउदीको सडकमा सवारी चालक अनुमतिपत्र बिना नै सवारी चलाउँदा पनि समस्या आउने गरेको छ,' उनले भने।

चालकलाई कस्तो कडाइ?
साउदीमा सवारी चालक अनुमतिपत्र लिएर मात्रै सवारी चलाउन पाउने व्यवस्था गरिएको छ। सवारी चलाउँदा सिटबेल्ट प्रयोग गर्नैपर्छ। सिटबेल्ट बिना सवारी चलाए १ सय ५० साउदी रियाल जरिवाना गरिने उल्लेख गरिएको छ। 

गलत ठाउँमा पार्किङ गरेको पाइएमा सानो सवारीसाधनका लागि ३ सय रियाल र ठूला सवारीसाधनका लागि ५ सय रियाल तिर्नुपर्छ। सवारी चलाएको बेला मोबाइल फोनको प्रयोग गरेको भेटेमा ५ सय रियाल जरिवाना गरिने व्यवस्था छ। 

निषेधित ठाउँमा प्रवेश गरेमा १ हजार र रेडसिग्नल क्रस गरेमा ५ सय रियाल जरिवाना लाग्छ।

सडकमा गल्ती गरेर जरिवाना तिर्नुपरेमा कम्पनीले सहयोग नगर्ने हुँदा आफ्नै खल्तीबाट बुझाउनुपर्ने साउदीमा कार्यरत नेपाली चालकहरु बताउँछन्। गम्भीर दुर्घटनामा परेमा अदालतसम्म पुर्‍याउने साउदीको ट्राफिक नियम छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्