• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'आँखैअघि पुरिए ४ महिने नाति र सुत्केरी बुहारी'

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  १९:०१
1140x725

काठमाडौं– ४ वर्ष बित्यो। 

भूकम्पको धक्का उनको मानसपटलमा अझै ताजा छ।

२०७२ साल बैसाख १२ गते महाभूकम्प आयो। 

त्यतिबेला ६७ वर्षीय गोमा श्रेष्ठ साँखुबजारस्थित आफ्नै घरमा सुतिरहेकी थिइन्। 

बिहान ११ बजेर ५६ मिनेट जाँदा एक्कासि ‘ढ्याङ् ढ्याङ’ गरेको ठूलो आवाज सुनियो। 

गोमा सुतेको बेड बेतोडले हल्लियो। उनी अत्तालिँदै बाहिर निस्किइन्। 

‘गर्ल्याम्म..!’

बाहिर निस्कन नपाउँदै ढल्यो घर। इँटाहरू खसेर गोमाको खुट्टासम्म आइपुगे। उनी सामान्य घाइते भइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तीन तलामाथि बुहारी र नाति सुतिरहेका थिए। घरले ती दुवैलाई आँखैअगाडि किच्यो। 

माथिबाट सबै इँटाहरू आँगनमा थुप्रिए। बाहिर निस्किएर गोमा ठूलो स्वरमा चिच्याइन्।

थुप्रिएका इँटाहरू उचाल्दै बुहारीलाई बोलाइन्, ‘कान्छी.. सुर्ज, तँ कहाँ छस्।’ 

‘बुहारीले इँटाको मुनिबाट कतै हजुर आमा भन्लिन् र म इँटा पन्छाएर बुहारीलाई निकाल्छु’ भन्दै गोमाले थुप्रिएका इँटा पन्छाउन थालिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, आवाज आएन। केही जोर नचलेपछि वरपर छिमेकीलाई हारगुहार गरिन्। 

छिमेकीहरूको हालत पनि उस्तै। नजिकैका सबै घर भत्किएका थिए। मानिसहरू कोही पुरिएका थिए। कोही बाहिर बसेर रोइरहेका थिए। 

घर भत्किएको केही समयपछि गोमाका श्रीमान् र छोराहरू पसलबाट ‘हस्याङ्फस्याङ’ गर्दै आएपुगे। 

जेठी बुहारी माइत गएकी थिइन्। छोराले फोन गरे, फोन लागेन। 

कान्छो छोरा ‘सुर्ज खोइ?’ भन्दै हतारिँदै आए।

‘बुहारी र नातिलाई घरले किचेको छ, छिटो निकाल’ भन्दै चिच्याइन् गोमा। सबैजना इँटा र माटो पन्छाउन थाले। 

नाति र बुहारी त भेटिए। तर, दुवै रक्ताम्य थिए, अचेत थिए।

‘ती दुवैलाई कालो दिनले लग्यो, हाम्रो परिवारको खुसी खोसियो,’ आँखामा लत्पतिएको आँसु पुछ्दै गोमा बर्बराउँछिन्। 

बैसाख १२ को दिन सम्झँदा उनको अनुहारको घाम अस्ताउँछ।

०००

दुई छोरा र दुई छोरी। चार सन्तानकी आमा हुन् गोमा।

सबैको बिहे भइसकेको थियो।  

परिवारमा जेठा छोराको दुई र कान्छाको दुई बच्चा थिए। 

दुर्भाग्य, कान्छी बुहारी सुर्जमाया र ४ महिनाको नातिलाई भूकम्पबाट गुमाउनुपर्‍यो उनले। 

‘धन्न अलिकतिले बाँचे। तर, बुहारी र नाति बचाउन सकिनँ,’ उनी सुक्सुकाउँदै भन्छिन्।

भूकम्प गएको दिन गोमाका श्रीमान् र छोराहरू नजिकैको पसलमा थिए। पसलमा भएकाले भूकम्प जाने बित्तिकै उनीहरू सडकमा निस्कन पाए। 

‘धन्न बाँचे उनीहरू,’ गोमा खुइ काट्छिन्। 

घर भत्किएपछि खेतमा बितेका रात 
घर त भत्कियो, पसल पनि बाँकी रहेन। जिर्ण घर जस्तै भयो गोमाको मन। 

‘खानेकुरा लुगाफाटो सबै पुरियो। भएको अन्न पनि अन्न रहेन,’ ती क्षण सम्झँदै गोमा भन्छिन्, ‘ खानका लागि केही थिएन। दुःखले बिते धेरै रात।’ 

घर भत्किएपछि ६ महिनाभन्दा बढी साली नदी नजिकको खेतमा बास भयो उनीहरूको। त्यसपछि दुई सदस्य गुमाएको आलो घाउ। 
खेतको डिलमा टाँगिएको त्रिपाल कहिले पानीले चुट्थ्यो, कहिले हुरीले लुछ्थ्यो। 

श्रीमती र सन्तान गुमाएको कान्छा छोराको आँखा ओभानो थिएन। निकै कहालीलाग्दो थिए ती दिन।

गोमा ती पल भूल्ने प्रयत्नमा छिन्। तर, प्रत्येक वर्षको बैसाख १२ ले फुटाउँछ मनको बाँध। 

अझै पनि टहरामा बित्छ बास 
साखुँ बजार नजिकै छ सानो जस्ताको छाप्रो छ। 

सरकारले भूकम्प पीडिताई दिएको ५० हजारमा केही रकम थपेर छाप्रो बनाएका हुन् गोमा परिवारले। 

उनीहरू त्यही छाप्रोमा बस्दै आएका छन्। भूकम्पपछि छोरी र नातिनीहरू समेत त्यहीं बस्छन्। 

नयाँ घर बन्ने कुनै छाँट छैन। 

आफूहरूलाई सरकारले आशामात्र देखाएको उनको गुनासो छ। भन्छिन्, ‘सरकारले दिएको ५० हजारले त जस्तापाता पनि आउँदैन, ३ लाख दिने भनेर लोभ देखायो, अहिले घर निमार्णका लागि डिपिआर तयार पारेपछि मात्रै दास्रो किस्ता पाउने भनेर अल्झायो, डिपिआर निर्माण गर्न धेरै समय लाग्छ, हामीले कहाँबाट पैसा ल्याएर तयार गर्नु?’ 

गोमाको मात्रै होइन, काठमाडौंको उत्तरपूर्वी भेग साँखु बजारमा ८ सयभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको स्थानीयहरू बताउँछन्। 

आंशिक रुपमा पनि थुप्रै घर क्षति भएका थिए। 

‘भुकम्पपछि धेरै जसोको जस्ताको टहरामा बास छ,’ स्थानीय जानकार पवनलाल श्रेष्ठले भने, ‘आफूसँग पैसा हुनेले सरकारले दिएको रकममा थपथाप गरेर घर बनाए।

दोस्रो किस्ताको रकम पाउन घरको डिपिआर बनाइ नक्सा पेस गर्नुपर्छ। तर, सबैसँग डिपिआर निमार्ण गर्नेसम्म पैसा छैन।’

उनले थपे, ‘फेरि डिपिआर बनाएर मात्रै पनि भएन। घर बनाउने पैसा पनि त हुनुपर्‍यो।’ 

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्