• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

माछाले मालामाल : साइकलमा माछा बेच्ने रामसोभित अहिले कार चढ्छन्

'विदेश नगएरै एक सिजनमा १० लाख कमाउँछु'
64x64
नेपाल लाइभ बुधबार, वैशाख ११, २०७६  १३:५५
1140x725

जनकपुर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामशोभित मुखिया २० वर्षअघिसम्म साइकलमा माछा बेच्थे। अहिले उनी आफ्नै पिकअप भ्यानमा माछा ढुवानी गर्छन्। आफू भने स्कारपिओमा गुड्छन्।

२०५४ मा खोलिएको उनको काजल मत्स्य प्रजनन फार्ममा १५ जनाले रोजगारी पाएका छन्। हस्ताक्षर मात्र गर्न सक्ने मुखियाले भने, ‘लेखपढ गर्न नजान्दा हिसाबकिताबमा समस्या भइरहेको छ।'

भुरा किन्नका लागि उनीकहाँ धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहाका व्यवसायी आउँछन्। ८ बिघा क्षेत्रफलमा मुखियाले १० नर्सरी पोखरी र माउ माछाका लागि ४ बिघामा ४ पोखरी निर्माण गरेका छन्। उनीसँग ३५ वटा त आफ्नै पोखरी छन्। बिघाको ७५ हजार प्रतिवर्षका दरले १० वर्षका लागि ठेक्कामा लिएको जग्गामा रहेका ८० भन्दा बढी पोखरीमा माछाको उत्पादन गर्छन्।

उनीजस्ता सफल व्यवसायी अरु पनि छन्। सहज र सरल हुने भएकाले पनि धनुषाका किसानमा माछा उत्पादनको जाँगर बढेको हो। 

क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर दूधमति, सखुवा, मंगलपुर, सपही, पकरीमा निजी र लिजमा जग्गा लिएर करिब ८० बिघा क्षेत्रफलमा माछाको व्यावसायिक उत्पादन गर्ने गरिएको छ। यी पोखरीबाट उत्पादन हुने माछाको बिक्रीबाट वार्षिक एक करोडभन्दा बढी कारोबार हुन्छ।

माछा खेती गर्न चाहने कृषकलाई मत्स्य विकास तथा तालिम केन्द्रले सिपसँगै माछाका भुरा उपलब्ध गराउँछ। केन्द्रले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीका किसानलाई ८ प्रजातिका माछाका भुरा उपलब्ध गराउँदै आएको छ। कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिग हेड कार्प, भाकुर, रउ, नइनी र तिलापिया प्रजातिका भुरा केन्द्रले किसानलाई उपलब्ध गराउँछ।

धनुषामा ९ सय ८३ हेक्टरमा २ हजार १ सय १ जना किसानले गत आर्थिक वर्षमा ४ हजार १ सय २६ मेट्रिक टन माछा उत्पादन गरेको कृषि ज्ञानकेन्द्र धनुषाले जनाएको छ। केन्द्रको तथ्यांक अनुसार धनुषामा पछिल्लो ३ वर्षमा बर्सेनि १ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कृषि तथा पशुपन्छी मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। करिब २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा माछापालन भइरहेको धनुषामा यस वर्ष थप एक हजार हेक्टर क्षेत्रफलमा माछापालन सुरु भएको कृषि मन्त्रालयले जनाएको छ।

एकै ठाउँमा कम्तीमा १० हेक्टर जग्गामा एकै प्रकारको कृषि उत्पादन सुरु गरेर पकेट क्षेत्र, एक सय हेक्टरमा ब्लक, पाँच सय हेक्टरमा जोन तथा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफललाई सुपरजोन घोषणा गरिन्छ। सुपरजोन घोषणा भएसँगै धनुषामा माछापालनको विशिष्टिकृत प्रणाली अवलम्बन गर्ने, उन्नत प्रविधिको प्रयोगमा बढोत्तरी ल्याउने, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने तथा कृषि औद्योगिकीकरणलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ।

'फिस किङ' बौएलाल
माछा माछापालनबाटै वार्षिक ३० लाख आम्दानी गर्ने बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुनै बेला चरम गरिबी बेहोरेका धनुषा सहिदनगर-४ का ७० वर्षीय बौएलाल माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन्। 

सहिदनगरको नन्नुपट्टीमा करिब १३ बिघा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान नै फेरिदिएको छ। 

२०२९ सालबाट माछा उत्पादन थालेका मुखियाले ४० वटा माछा उत्पादनको माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन्। उनले वार्षिक ७ करोड बराबरका भुरा र करिब ३ सय क्विन्टल माउ माछा बिक्री गरिरहेका छन्। 

उनको व्यापारमा अहिले छोरा कन्हैया र रमेशले सहयोग गर्छन्।

'आफूहरुले उत्पादन गर्ने भुरा काठमाडौं, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरी लगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने गर्छ,' रमेशले बताए। 

करिब १३ वर्षको उमेरमा बौएलाल आफ्नै गाउँका धनीमा गनिने छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाले। त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए। ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे।

उनैले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताए। विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै। तर, साहु तिवारीको भने ३ कठ्ठा जग्गामा पोखरी थियो, संरक्षणहीन। बौएलालले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे। तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए। 

‘तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराए’,  बौएलाल स्मरण गर्छन्, 'सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती सुरु गरेँ।’

सानो पोखरी उत्पादन राम्रै भयो। अँधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो, जब तत्कालीन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे। लगानी गर्ने पैसा नभएकाले ११ सय रुपैयाँ उनै तिवारीले सापट दिएका थिए। त्यही पैसाले भुरा त किने र पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे । तब उनलाई झन् ठूलो समस्या आइपर्‍यो। बाध्य भएर ५ प्रतिशतका दरले ५ सय रुपैयाँ ऋण लिए, चार सय रुपैयाँ साथीको बुबासँग सापट मागे।

त्यही ९ सय रुपैयाँबाट सुरु भएको माछा व्यवसाय नै आज उनको परिचय बनेको छ। ‘अर्को वर्ष जब पोखरीबाट माछा झिक्यौं त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो’, उनी खुसी हुँदै भन्छन्, 'त्यतिबेला ८ रुपैयाँ किलो बिक्री हुने माछाबाट ११ हजार रुपैयाँ आम्दानी गरेर त्यही पैसाबाट ११ कठ्ठा खेत किनेर धान खेती गरेँ। थप ३ कठ्ठा खेत किनेर त्यसमा माछा पालनको काम सुरु गरेँ।’

२०४६ सालमा उनलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो। उनको परिश्रम र माछा उत्पादनको क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो। माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका उनी राष्ट्रपति कृषक पुरस्कार २०७५ बाट समेत पुरस्कृत भएका छन्।

२०५६ मा भएको स्थानीय निकायको निर्वाचनमा बौएलाल गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए।

उमेरले पहिले जस्तो सक्रिय नभए पनि छोराहरुले कारोबार सम्हालेका छन्। जेठो छोरा कन्हैया मुखिया अहिले धनुषा मत्स्य व्यवसायी संघका अध्यक्ष पनि छन्। 'धनुषामा ३७० पोखरी छन्,' उनले भने, 'सबैभन्दा बढी त यहीँ क्षीरेश्वरनाथ नगरपालिकामै छ।'

विदेश नगएरै सफल
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका युवा मत्स्य व्यवसायी रामकेवल मुखिया पनि निकै सफल छन्। मनकामना माछापालन केन्द्र सञ्चालन गरेर उनले धनुषा र महोत्तरीमा एक सयभन्दा बढी पोखरीमा माछा पालन गर्ने गर्छन्।

उनका अनुसार माछापालनमा पनि हिजोआज आधुनिकीकरण बन्दै गएको छ। 'पहिलापहिला भिनाजुले एक सिजनमा दाना नखुवाई १ लाख रुपैयाँ नाफा गर्ने गरेका थिए,' उनी भन्छन्, 'अहिले म १ लाखको दाना खुवाएर माछा र हाँस पालनबाटै एक सिजनमा ८ देखि १० लाख रुपैयाँ नाफा गर्न सफल छु।'

रामकेवलले माछापालनसँगै व्यावसायिक हाँसपालले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको बताए। ‘त्यतिखेर हाम्रो गाउँमा एसएलसी दिनेबित्तिकै विदेश जाने लहर थियो, भिनाजुको मत्स्य फर्ममा नबसेको भए म पनि साथीभाइ जस्तै वैदेशिक रोजगारमा हुन्थेँ,' उनी भन्छन्, 'त्यतिखेर विदेश गएका साथीहरुको भन्दा मआर्थिक रुपमा निकै माथि छु।’

रामसुदिसको आर्थिक छलाङ
१० वर्ष अघिसम्म ठूलोदाजु रामविशेष शरणलाई माछाको ठेक्कामा सहयोग गर्ने महोत्तरी, सिस्वाकटैयाका रामसुदिस शरण पनि अहिले महोत्तरीको ठूलो माछा किसान बनेका छन्।

कक्षा १० मा पढ्दै गर्दा दाजुलाई सघाउन माछा सम्बन्धी काममा लागेका उनले हरेक वर्ष कम्तीमा १४ लाख रुपैयाँ नाफा कमाउने गरेको बताउँछन्। 

'दाजुले ऋण काढेर ८ सय रुपैयाँमा ठेक्का लिएको पोखरीमा ४ सय रुपैयाँको माछा हालेर १० हजार फाइदा कमाए,' त्यसबाट प्रभावित बनेका उनी भन्छन्, 'माछा नै पैसा कमाउने उत्तम माध्यम हो भन्ने लाग्यो र म पनि त्यतैतिर लागेँ।'

बिहान ६ बजेदेखि रातिसम्म माछाको स्याहार र व्यापारमै उनी व्यस्त हुन्छन्। यसबाट सफल बनेका उनीसँग आधा दर्जनभन्दा बढी मोटरसाइकल र एउटा पिकअप भ्यान छ। २ वटा कार किनेका छन्। 

अचेल रामसुदिसलाई जिल्लामा माछापालन सम्बन्धी तालिम दिन प्रशिक्षकको रुपमा समेत निम्त्याउने गरिएको छ। 

कुनै बेला ८ सय रुपैयाँ ऋण लिनुपर्ने सुदिससँग अहिले सुदिस माछा पालन केन्द्र नामक कृषि कम्पनी छ। निजी र भाडमा लिएका एक सय पोखरी छन्। उनको कृषि कम्पनीमा ४० जनाभन्दा बढी मजदुर नियमित काम गर्छन् भने अरुले पनि अप्रत्यक्ष रोजगारी पाएका छन्।

 ‘म आज जे छु माछाकै कारण छु,' उनी भन्छन्, 'म सक्रिय हुन्जेलसम्म माछापालन नै गर्छु।'

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रणनीतिक योजना अनुसार २०८०/८१ सम्ममा नेपालमा १३५ हजार मेट्रिक टन माछा उत्पादन लक्ष्य रहेको छ। तर अहिले पनि माछा आयात गर्नुपरिरहेको छ। २०७४ पुस देखि २०७५ पुस मसान्तको तथ्यांक अनुसार खाने माछामात्र ८० करोड ९१ लाख ७१ हजार बराबरको आयात गरिएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्