• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

माछाले मालामाल : साइकलमा माछा बेच्ने रामसोभित अहिले कार चढ्छन्

'विदेश नगएरै एक सिजनमा १० लाख कमाउँछु'
64x64
नेपाल लाइभ बुधबार, वैशाख ११, २०७६  १३:५५
1140x725

जनकपुर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामशोभित मुखिया २० वर्षअघिसम्म साइकलमा माछा बेच्थे। अहिले उनी आफ्नै पिकअप भ्यानमा माछा ढुवानी गर्छन्। आफू भने स्कारपिओमा गुड्छन्।

२०५४ मा खोलिएको उनको काजल मत्स्य प्रजनन फार्ममा १५ जनाले रोजगारी पाएका छन्। हस्ताक्षर मात्र गर्न सक्ने मुखियाले भने, ‘लेखपढ गर्न नजान्दा हिसाबकिताबमा समस्या भइरहेको छ।'

भुरा किन्नका लागि उनीकहाँ धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहाका व्यवसायी आउँछन्। ८ बिघा क्षेत्रफलमा मुखियाले १० नर्सरी पोखरी र माउ माछाका लागि ४ बिघामा ४ पोखरी निर्माण गरेका छन्। उनीसँग ३५ वटा त आफ्नै पोखरी छन्। बिघाको ७५ हजार प्रतिवर्षका दरले १० वर्षका लागि ठेक्कामा लिएको जग्गामा रहेका ८० भन्दा बढी पोखरीमा माछाको उत्पादन गर्छन्।

उनीजस्ता सफल व्यवसायी अरु पनि छन्। सहज र सरल हुने भएकाले पनि धनुषाका किसानमा माछा उत्पादनको जाँगर बढेको हो। 

क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर दूधमति, सखुवा, मंगलपुर, सपही, पकरीमा निजी र लिजमा जग्गा लिएर करिब ८० बिघा क्षेत्रफलमा माछाको व्यावसायिक उत्पादन गर्ने गरिएको छ। यी पोखरीबाट उत्पादन हुने माछाको बिक्रीबाट वार्षिक एक करोडभन्दा बढी कारोबार हुन्छ।

माछा खेती गर्न चाहने कृषकलाई मत्स्य विकास तथा तालिम केन्द्रले सिपसँगै माछाका भुरा उपलब्ध गराउँछ। केन्द्रले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीका किसानलाई ८ प्रजातिका माछाका भुरा उपलब्ध गराउँदै आएको छ। कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिग हेड कार्प, भाकुर, रउ, नइनी र तिलापिया प्रजातिका भुरा केन्द्रले किसानलाई उपलब्ध गराउँछ।

धनुषामा ९ सय ८३ हेक्टरमा २ हजार १ सय १ जना किसानले गत आर्थिक वर्षमा ४ हजार १ सय २६ मेट्रिक टन माछा उत्पादन गरेको कृषि ज्ञानकेन्द्र धनुषाले जनाएको छ। केन्द्रको तथ्यांक अनुसार धनुषामा पछिल्लो ३ वर्षमा बर्सेनि १ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ।

Ncell 2
Ncell 2

कृषि तथा पशुपन्छी मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। करिब २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा माछापालन भइरहेको धनुषामा यस वर्ष थप एक हजार हेक्टर क्षेत्रफलमा माछापालन सुरु भएको कृषि मन्त्रालयले जनाएको छ।

एकै ठाउँमा कम्तीमा १० हेक्टर जग्गामा एकै प्रकारको कृषि उत्पादन सुरु गरेर पकेट क्षेत्र, एक सय हेक्टरमा ब्लक, पाँच सय हेक्टरमा जोन तथा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफललाई सुपरजोन घोषणा गरिन्छ। सुपरजोन घोषणा भएसँगै धनुषामा माछापालनको विशिष्टिकृत प्रणाली अवलम्बन गर्ने, उन्नत प्रविधिको प्रयोगमा बढोत्तरी ल्याउने, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने तथा कृषि औद्योगिकीकरणलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ।

'फिस किङ' बौएलाल
माछा माछापालनबाटै वार्षिक ३० लाख आम्दानी गर्ने बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन्। 

कुनै बेला चरम गरिबी बेहोरेका धनुषा सहिदनगर-४ का ७० वर्षीय बौएलाल माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन्। 

सहिदनगरको नन्नुपट्टीमा करिब १३ बिघा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान नै फेरिदिएको छ। 

२०२९ सालबाट माछा उत्पादन थालेका मुखियाले ४० वटा माछा उत्पादनको माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन्। उनले वार्षिक ७ करोड बराबरका भुरा र करिब ३ सय क्विन्टल माउ माछा बिक्री गरिरहेका छन्। 

उनको व्यापारमा अहिले छोरा कन्हैया र रमेशले सहयोग गर्छन्।

'आफूहरुले उत्पादन गर्ने भुरा काठमाडौं, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरी लगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने गर्छ,' रमेशले बताए। 

करिब १३ वर्षको उमेरमा बौएलाल आफ्नै गाउँका धनीमा गनिने छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाले। त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए। ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे।

उनैले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताए। विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै। तर, साहु तिवारीको भने ३ कठ्ठा जग्गामा पोखरी थियो, संरक्षणहीन। बौएलालले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे। तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए। 

‘तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराए’,  बौएलाल स्मरण गर्छन्, 'सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती सुरु गरेँ।’

सानो पोखरी उत्पादन राम्रै भयो। अँधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो, जब तत्कालीन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे। लगानी गर्ने पैसा नभएकाले ११ सय रुपैयाँ उनै तिवारीले सापट दिएका थिए। त्यही पैसाले भुरा त किने र पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे । तब उनलाई झन् ठूलो समस्या आइपर्‍यो। बाध्य भएर ५ प्रतिशतका दरले ५ सय रुपैयाँ ऋण लिए, चार सय रुपैयाँ साथीको बुबासँग सापट मागे।

त्यही ९ सय रुपैयाँबाट सुरु भएको माछा व्यवसाय नै आज उनको परिचय बनेको छ। ‘अर्को वर्ष जब पोखरीबाट माछा झिक्यौं त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो’, उनी खुसी हुँदै भन्छन्, 'त्यतिबेला ८ रुपैयाँ किलो बिक्री हुने माछाबाट ११ हजार रुपैयाँ आम्दानी गरेर त्यही पैसाबाट ११ कठ्ठा खेत किनेर धान खेती गरेँ। थप ३ कठ्ठा खेत किनेर त्यसमा माछा पालनको काम सुरु गरेँ।’

२०४६ सालमा उनलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो। उनको परिश्रम र माछा उत्पादनको क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो। माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका उनी राष्ट्रपति कृषक पुरस्कार २०७५ बाट समेत पुरस्कृत भएका छन्।

२०५६ मा भएको स्थानीय निकायको निर्वाचनमा बौएलाल गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए।

उमेरले पहिले जस्तो सक्रिय नभए पनि छोराहरुले कारोबार सम्हालेका छन्। जेठो छोरा कन्हैया मुखिया अहिले धनुषा मत्स्य व्यवसायी संघका अध्यक्ष पनि छन्। 'धनुषामा ३७० पोखरी छन्,' उनले भने, 'सबैभन्दा बढी त यहीँ क्षीरेश्वरनाथ नगरपालिकामै छ।'

विदेश नगएरै सफल
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका युवा मत्स्य व्यवसायी रामकेवल मुखिया पनि निकै सफल छन्। मनकामना माछापालन केन्द्र सञ्चालन गरेर उनले धनुषा र महोत्तरीमा एक सयभन्दा बढी पोखरीमा माछा पालन गर्ने गर्छन्।

उनका अनुसार माछापालनमा पनि हिजोआज आधुनिकीकरण बन्दै गएको छ। 'पहिलापहिला भिनाजुले एक सिजनमा दाना नखुवाई १ लाख रुपैयाँ नाफा गर्ने गरेका थिए,' उनी भन्छन्, 'अहिले म १ लाखको दाना खुवाएर माछा र हाँस पालनबाटै एक सिजनमा ८ देखि १० लाख रुपैयाँ नाफा गर्न सफल छु।'

रामकेवलले माछापालनसँगै व्यावसायिक हाँसपालले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको बताए। ‘त्यतिखेर हाम्रो गाउँमा एसएलसी दिनेबित्तिकै विदेश जाने लहर थियो, भिनाजुको मत्स्य फर्ममा नबसेको भए म पनि साथीभाइ जस्तै वैदेशिक रोजगारमा हुन्थेँ,' उनी भन्छन्, 'त्यतिखेर विदेश गएका साथीहरुको भन्दा मआर्थिक रुपमा निकै माथि छु।’

रामसुदिसको आर्थिक छलाङ
१० वर्ष अघिसम्म ठूलोदाजु रामविशेष शरणलाई माछाको ठेक्कामा सहयोग गर्ने महोत्तरी, सिस्वाकटैयाका रामसुदिस शरण पनि अहिले महोत्तरीको ठूलो माछा किसान बनेका छन्।

कक्षा १० मा पढ्दै गर्दा दाजुलाई सघाउन माछा सम्बन्धी काममा लागेका उनले हरेक वर्ष कम्तीमा १४ लाख रुपैयाँ नाफा कमाउने गरेको बताउँछन्। 

'दाजुले ऋण काढेर ८ सय रुपैयाँमा ठेक्का लिएको पोखरीमा ४ सय रुपैयाँको माछा हालेर १० हजार फाइदा कमाए,' त्यसबाट प्रभावित बनेका उनी भन्छन्, 'माछा नै पैसा कमाउने उत्तम माध्यम हो भन्ने लाग्यो र म पनि त्यतैतिर लागेँ।'

बिहान ६ बजेदेखि रातिसम्म माछाको स्याहार र व्यापारमै उनी व्यस्त हुन्छन्। यसबाट सफल बनेका उनीसँग आधा दर्जनभन्दा बढी मोटरसाइकल र एउटा पिकअप भ्यान छ। २ वटा कार किनेका छन्। 

अचेल रामसुदिसलाई जिल्लामा माछापालन सम्बन्धी तालिम दिन प्रशिक्षकको रुपमा समेत निम्त्याउने गरिएको छ। 

कुनै बेला ८ सय रुपैयाँ ऋण लिनुपर्ने सुदिससँग अहिले सुदिस माछा पालन केन्द्र नामक कृषि कम्पनी छ। निजी र भाडमा लिएका एक सय पोखरी छन्। उनको कृषि कम्पनीमा ४० जनाभन्दा बढी मजदुर नियमित काम गर्छन् भने अरुले पनि अप्रत्यक्ष रोजगारी पाएका छन्।

 ‘म आज जे छु माछाकै कारण छु,' उनी भन्छन्, 'म सक्रिय हुन्जेलसम्म माछापालन नै गर्छु।'

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रणनीतिक योजना अनुसार २०८०/८१ सम्ममा नेपालमा १३५ हजार मेट्रिक टन माछा उत्पादन लक्ष्य रहेको छ। तर अहिले पनि माछा आयात गर्नुपरिरहेको छ। २०७४ पुस देखि २०७५ पुस मसान्तको तथ्यांक अनुसार खाने माछामात्र ८० करोड ९१ लाख ७१ हजार बराबरको आयात गरिएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्