• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लगातार राज्यकाे विपक्षमा उभिएकाे थवाङ पुनः चर्चामा

प्रहरी प्रमुखले नै ज्यान मार्ने धम्की दिएकाे भन्दै मानव अधिकार आयोगमा माैखिक उजुरी
64x64
नेपाल लाइभ सोमबार, वैशाख ९, २०७६  २२:११
1140x725

रोल्पा- लामो समय गुमनाम भएको रोल्पाको थवाङ पुनः चर्चाको केन्द्रमा छ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता कार्यकर्ताको घर तोडफोड गर्नुका साथै महिला बालबालिकामाथि प्रहरीले मार्नेसम्मकाे धम्की दिँदै त्रास सिर्जना गरिएकाले जीउधनको सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेकाे घटना बाहिरिएसँगै थवाङ पुनः चर्चाको केन्द्रमा पुगेको हो।

सशस्त्र युद्धको झल्को दिनेगरी प्रहरीले आफ्नाे घरको ढोका तोडफोड गरी महिला तथा बालबालिकामा आतंक सिर्जना गरेकाे उनीहरुको आरोप छ।

स्थानीयवासीसमेत रहेका विप्लव नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका, युवा नेता अमित घर्ती लगायतको घरको ढोका फोडी गाउँलाई नै आतंकित पार्न खोजेको उनीहरुले आरोप लगाएका छन्।

केही दिनअघि उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसहित पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश सभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढासहितको टाेली थवाङ पुगेकाे थियाे। 'गन्तव्य जलजला' कार्यक्रममा आतिथ्यता जनाउन थवाङ पुगेकाे मन्त्री नेतृत्वकाे टाेलीमै रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको उनीहरुको आरोप छ।

यस कुरालाई पुष्टि गर्न सो पार्टीका रोल्पा इन्चार्ज जयप्रकाश रोल्पा र सेक्रेटरी सन्तोष सुवेदीले छुट्टाछुट्टै विज्ञप्ति निकालेका थिए। साेही जिल्लाकै नेतासमेत रहेका मन्त्री पुनको आदेशमा प्रहरीले उक्त कार्य गरेकाे दुबै नेताले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

यता, डिएसपी खड्काले भने उक्त आरोप झुठो रहेको दाबी गर्दै आएका छन्। पीडितहरुले राष्ट्रिय मानव अधिकार आयोगमा सो घटनाको जानकारी गराएको बताएका छन्। 'स्वतन्त्रपूर्वक हिडँडुल गर्न पाउने अधिकारसमेत हनन भएको हुँदा राष्ट्रिय मानव अधिकार आयोगमा सुरक्षाको माग गर्दै मौखिक जानकारी गराएका हौं', स्थानीय एक युुवाले भने।

Ncell 2
Ncell 2

'आयोगमा लिखित वा मौखिक जानकारीमार्फत उजुरी दर्ता गर्ने प्रचलन रहे पनि आफूहरुले राज्यका कुनै पनि संरचनाबाट न्याय पाइन्छ भन्ने विश्वास नलागेकाले घटनाको जानकारी मात्रै गराएका हौं', ती युवाकाे भन्छन्, 'आफैंले उत्कृष्ट भनेको व्यवस्थामा समेत राज्यले फरक आस्था र विचार राखेकै आधारमा यस्तो व्यवहार गरिएको छ।'

विशिष्ट अवस्थामा थवाङ चर्चाको केन्द्रमा रहँदै आएकाे छ। त्यसमाथि सधैं सत्ताको विपक्षमा उभिनु थवाङकाे मुख्य विशेषता नै हो। कुनै पनि शासकले आफूहरुलाई नजिक ल्याउने प्रयास नगरेको थवाङीहरुको आरोप छ। राज्यको मुल प्रवाहमा समाहित भएको अनुभूति नगरेका थवाङीहरु दश वर्ष लामो सशस्त्र युद्धपछिको शान्ति प्रकृया र पछिल्लो राजनैतिक परिवर्तनपछि पनि सन्तुष्ट देखिदैनन्।

'विगतमा सिंगो थवाङ सत्ताको विरुद्ध उभिन्थ्यो, पछिल्लो पटक सत्ता र पैसावालकाे आडमा थवाङलाई फुटाउने कोशिस गरिएकाे छ', एक युवाले भने।

यस्तो छ थवाङको विरासत

राजनैतिक चेतसहित विसं २०१३ सालमा थवाङीहरु मोहन विक्रम सिंह र खगुलाल गुरुङको पहलमा कम्युनिष्ट पार्टीमा संगठित भएको थवाङका पुराना कम्युनिष्ट नेता पूर्णबहादुर रोका बताउछन्। कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको तत्कालिन अवस्थामा किसान संगठनको नामबाट उनीहरु कम्युनिष्ट पार्टीमा संगठित भएका थिए।

नेपाल एकीकरण पूर्व बाइसे/चौबिसे राजाहरुको दमन, उत्पीडनको विरुद्ध संघर्ष गरी राष्ट्रिय-अन्तराष्ट्रिय रुपमै सधैं चर्चाको शिखरमा रहेकाे थवाङले अहिलेसम्म पनि उक्त विरासतलाई निरन्तरता दिइरहेको देखिन्छ। 'अरुबेला विभाजित भएजस्तो देखिने थवाङी राष्ट्रिय मुद्धामा भने एक हुँदै आएका छन्', स्थानीय रोकाकाे बुझाइ छ।

बाइसे/चौबिसे राजा लालु शाही र कालु शाहीलाई लखेटेसँगै राज्यसँग प्रतिरोधि चेत बाेक्दै आएका थवाङीहरुले प्रजातन्त्र प्राप्तिपछि २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा तत्कालिन कम्युनिष्ट पार्टीलाई जिताएका थिए। २०३७ सालको जनमत संग्रहमा उनीहरुकाे मत बहुदलतर्फ केन्द्रित भएकाे देखिन्छ। २०३८ सालको निर्वाचन बहिस्कार गरेको तथा बहुदलमा लागेकै कारण सोही वर्ष तत्कालिन शाही नेपाली सेनाबाट 'मेजर अप्रेसन'को समेत सामना गरेको थियो थवाङले।

बहुदलीय व्यवस्था पुनर्स्थापनासँगै २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा थवाङबाट ४ भोट मात्र खसेको थियो। तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र युद्धको उद्गम थलो मानिने थवाङले युद्धकालमा भएका कुनै पनि निर्वाचनमा भाग लिएन। तत्कालिन ७ राजनैतिक दल र नेकपा (माओवादी) बीच शान्ति सम्झाैता भएसँगै देशमा जनआन्दाेलन भयाे।

जनआन्दालनकाे जगमा २०६४ सालमा संविधानसभाकाे पहिलाे निर्वाचन भयाे। दशकपछि भएकाे निर्वाचनमा भने थवाङ सामेल भयाे। सशस्त्र संघर्षमा बीउ राेपिएकाे स्थान थवाङले लामाे समयकाे संघर्षपश्चात् मुलधारकाे राजनीतिमा आएकाे माओवादीलाई नै मत दिए। जुन स्थलबाट संघर्षकाे सुरुवात गरेका थिए, साेही स्थानबाटै मुलधारकाे राजनीतिमा हाेमिएका थिए मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। जसरी संघर्षमा साथ दिएका थिए थवाङीले, चुनावमा पनि उनलाई भरपूर साथ मिल्याे।

उनी अध्याधिक मतले विजयी भए। जसले देशकै सबैभन्दा ठूलाे प्रशासनिक निकायमा उनलाई स्थापित गराइदियाे।

तर, संविधानसभाकाे दाेस्राे निर्वाचनमा भने थावाङीहरु सामेल भएनन्। २०७० सालमा भएको साे निर्वाचनमा शून्य मतदानसँगै थवाङ पुनः एकपटक राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा चर्चामा आयाे। लामो समयकाे संघर्षपश्चात् पनि राजनीतिक चरित्रमा सुधार नआएकाे बताउँदै निर्वाचन बहिस्कार गरेका थवाङीले यसपटक पनि आफूहरु जनताकाे पक्षमा नरहने जुनसुकै राज्यसत्ताकाे विराेधी रहेकाे प्रष्ट पारिदिए।

विभिन्न समयमा 'राज्यविरुद्ध विप्लव' गर्दै आएको थवाङ पछिल्लो राजनैतिक परिवर्तनसँगै भने विभाजित भएको बताइन्छ। पैसा र 'पावर'ले थवाङलाई केही समय फुटाले पनि अन्ततः एक हुने एक पक्षको विश्वास छ भने अर्को पक्ष बहुलवादी समाजमा बहुल राजनीतिक ध्रुवीकरण स्वभाविक रहेको अर्को पक्षको बुझाइ छ।

हाल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र केपी ओली तथा प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित थवाङमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट आस्था राख्ने व्यक्तिहरुको पनि उपस्थिति पाउन सकिन्छ।

१४औं शताब्दीमा छापकोटे राजा र १७औं शताब्दीमा रुकुमकोटे राजालाई घोडाबाट खसालेर राज्य विरोधी कित्ताका उभिएको थवाङले २१औं शताब्दीमा आइपुग्दा समेत आफ्नो पुरानो विरासतलाई कायमै राखेकाे देखिन्छ। देशमा भएका ठूला-ठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको थवाङले परिवर्तनपछि पनि सत्ताको विपक्षमा आफूलाई राख्न छाेडेकाे छैन।

मगर बाहुल्य थवाङ पछिल्लो पटक अन्य जातिको समेत मिश्रित बासस्थान बन्न पुगेको छ। दलित, ठकुरी, नेवारहरु पनि थवाङको बासिन्दा भएसँगै एकल जातीय बसोबास रहेको थवाङकाे सामाजिक व्यवस्था अब बहुजातीय समाजमा रुपान्तरण भएकाे छ।

समुद्री सतहबाट २ हजार मिटरको उचाईमा अवस्थित थवाङ गाउँ समथर भू-भागमा अवस्थित छ। साविक थवाङ गाविसको ३ वटा वडा रहेको ठूलो गाउँलाई नै थवाङ भन्ने गरिन्छ। करिब १ हजार घरधुरी रहेको साविकको थवाङमा हाल २ सय २९ घरधुरी बसाेबास गरिरहेकाे बताइन्छ। काठको फलेक र स्लेट ढुंगाले छाना छाइएका गुजुमुज्ज र बाक्ला घर यहाँकाे विशेषता हाे। घरहरुमा प्राचिन कला संस्कृति झल्कने हस्तकला समेत अंकित भ‍गरिएकाे देख्न सकिन्छ।

यस क्षेत्रका हरेक बस्तीमा ढुंगा बिछ्याएर गाउँलाई नै सफासुग्घर राखिएको छ। सहिद स्मृति क्याम्पस, सहिद स्मृति पार्कसमेत समुदायले नै सञ्चालन र रेखदेख गरिरहेका छन्।

कम्युनको अभ्यास

कम्युनिष्टहरु थवाङलाई अजम्वरी गाउँ, आस्थाको केन्द्र, कम्युनिष्ट विश्वविद्यालय जस्ता विशेषणले सम्बाेधन गर्छन्। साम्यवादी उत्पादन सम्बन्ध र जीवनशैलीको विकास गर्न व्यक्तिगत सम्पत्ति र स्वामित्व सामूहीकरण गर्दै थवाङीहरुले 'जन कम्युन'को अभ्यास गरेका थिए।

२०६० सालमा ६ परिवारवाट 'कम्युन' सुरु गरिएको थियो। २०६३ सालसम्म 'कम्युन'मा आवद्ध हुने घरपरिवारको संख्या ३३ थियो। शान्ति प्रकृयासँगै 'कम्युन'मा आवद्ध २० घरपरिवार स्व-इच्छाले बाहिरिएसँगै १३ परिवारका ८० सदस्यले लामो समयसम्म 'कम्युन'को अभ्यास गरिरहे।

'अजम्वरी जन कम्युन' नाम दिइएको सो 'कम्युन'ले साम्यवादी दर्शनलाई व्यवहारिक प्रयोगमा ल्याउने अपेक्षा गरिएको थियो। यसलाई जनयुद्धकालिन निर्माणको अंश र साम्यवादी व्यवस्थाको प्रतिकको रुपमा लिने गरिन्छ।

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्