काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कानुन बनाएर नागरिकता वितरण गर्नुपर्नेमा गृहमन्त्रीको पत्रका भरमा नागरिकता वितरण गर्दा मुलुककै दुर्भाग्य भएको बताएका छन्।
नव वर्ष-२०७६ एवं बिस्केट जात्राको अवसरमा नेपाल आदिवासी जनजाती संघ भक्तपुरले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन्।
'नागरिकता वितरण सम्बन्धी कानुन बनाउँन कस्ले रोक्यो? गृहमन्त्रीलाई कसले दियो त्यो अधिकार,' डा कोइरालाले सरकारलाई प्रश्न गरे।
सरकार नितीगत भ्रष्टाचारमा लागेको बताउँदै उनले भने, ' वाईडबडी, एनसेल कर प्रकरण, फोरजीलगायत सबै भ्रष्टाचारका विषयमा अनुसन्धान र छानबिन गरेर कारबाही गर्नुपर्ने उनले बताए।
जतिसुकै ठुला र शक्तिशाली नेता भएपनि भ्रष्टलाई कारबाही हुनुपर्ने उनको भनाइ थियो।
विश्वका विभिन्न देशमा भ्रष्ट्राचारको आरोप लागेका पुर्व राष्ट्रपति र प्रधानमन्त्रीसमेत जेल गैरहेका नजिर देखाउँदै उनले प्रश्न गरे, 'दोषी देखिए हाम्रा देशका किन जेल जान नहुने?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।