काठमाडौं- नेपाली कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर सुरु गर्न लागेको जागरण अभियानको वक्तामा महिला सहभागिता न्यून हुने जनाउँदै कार्यक्रमको प्रारुप परिवर्तन गर्न माग गरिएको छ।
निमा गिरिको नेतृत्वमा १३ महिला महासमिति सदस्यहरुले सभापति शेरबहादुर देउवा ध्यानाकर्षण पत्र बुझाइएको छन्।
ध्यानार्काषणमा सभापति,प्रमुख अतिथि र विशेष वक्ता मात्रै रहने तथा स्वागतपछि सिधै विषय प्रवेश हुनाले महिला समुदायको प्रतिनिधित्व न्युन हुने उनीहरुको निष्कर्ष छ।
नेपाली कांग्रेसको केन्द्रीय समिति र जिल्ला सभापतिमा महिलाको संख्या न्यून छ। केन्द्रीय समितिमा १७ जना महिला छन् भने जिल्ला सभापतिमा तीन जिल्लामा महिला सभापति छन्।
कार्यक्रम छिटो छरितो बनाउनका लागि वक्ता कम गर्ने पद्धति पार्टीले तय गरेको छ।
जागरण अभियानका लागि बनाइएको प्रारुप अनुसार कार्यक्रम सञ्चालन भएमा संख्यात्मक रुपमा महिला वक्ता न्यन हुनेछन्। जागरणका लागि खटाइएको टोलीमा महिला संख्या कम हुनुको साथै जिल्ला सभापतिमा महिलाको संख्या अति न्युन हुनुले प्रारुपका कारण महिला समुदायलाई अन्याय पर्ने उनीहरुको ठम्याई छ।
महिला प्रतिनिधित्व बढाउनका लागि कार्यक्रम प्रारुप सच्चाउन ध्यानार्काषण गरिएको महासमिति सदस्य गिरीले जानकारी गराइन्।
हिमाल,पहाड,तराइ-मधेस, नेपाली कांग्रेस जागरण अभियान अन्तर्गत पहिलो चरणमा बैशाख ११ गतेबदेखि देशव्यापी जागरण अभियान सुरु गर्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।