फाइल तस्बिर
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन आइतबार सचिवालय बैठक बस्ने भएको छ। पार्टीका शिर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि ‘अनुमोदन’का लागि बिहीबार साँझ सचिवालय बैठक बस्न लागेको बताइएकाे छ।
आइतबार बिहान नेकपा शिर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पाैडेलबीच छलफल भएकाे छ। यसका साथै नेकपाका दाेस्राे तहका नेता तथ जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको छ। उक्त बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो।
छलफलबाट टुंगोमा पुगेका विषयलाई नेकपा सचिवालयले अन्तिम खाका तयार गर्नेछ।
सचिवालयलाई उक्त सहमति अनुमोदन गराएर सोमबार सांगठनिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ। कम्युनिष्ट पार्टीको ७०औं एकता दिवस अर्थात् विश्व लेनिन जयन्तीका अवसरमा उक्त घोषणा गर्न लागिएको हो। सोमबार १२ बजे काठमाडौंस्थित प्रज्ञाभवनमा घोषणासभा आयोजना गर्ने निर्णय भएको छ।
पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड केही दिनदेखि निरन्तर एकता प्रक्रियालाई अन्तिम रुप दिन लागिपरेका थिए। दुई अध्यक्षबीच सहमति भएपछि महासचिव पौडेलसहित पार्टीको एकता प्रक्रियामा असहमत वरिष्ठ नेता नेपालसँग पछिल्लाे ३ दिनदेखि छलफल भइरहेकाे छ। नेता नेपालसँग पनि सहमति जुटेपछि जनगवर्गीय संगठनसँग संयुक्त रुपमा बैठक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।