नवलपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक सुकुम्बासीका समस्या सरकारले समाधान गर्ने बताएका छन्।
नवलपुर जिल्लाको कावासोती नगरपालिका-३ मा नमुना सदरमुकामको शनिबार विशेष कार्यक्रमकाबीच शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठुलो नभएको बताएका हुन्।
'सुकुम्बासीको समस्या ठुलो समस्या होइन। समाधान नगरेर बनेका हुन्,' प्रधानमन्त्री ओलीले थपे, 'घरखेत नभएका नै वास्तविक सुकुम्बासी हुन्। वास्तविक सुकुम्बासीको पहिचान गरेर सरकारले समस्या समाधान गर्छ।'
उनले थपे, 'कावासोतीमा घर छ, बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्बासी हुने पनि चलन छ। नारायणघाटमा ४ तले घर छ यहाँ आउदा घडेरी छैन भने यहाँ सुकुम्बासीर? यहाँ पनि एउटा घडेरी लिने। त्यो पनि चलन छ। त्यस्तो सुकुम्बासी होइन। वास्तविक सुकुम्बासीको समस्या समाधान गरिन्छ।'
प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माणलगायत काममा जिम्मेावार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिए।
आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि सर्त राखेर गैह्रजिम्मेवार नबन्न प्रधानमन्त्रीको सुझाव थियो।
योजनाबद्ध र दीर्घकालीन दृष्टिकोण राखेर सरकारले विकासका काम अघि बढाएको उल्लेख गर्दै उनले निकट भविष्यमा मुलुकका संभाव्य सबै स्थानमा जलमार्ग सुरु गरिने दाबी गरे।
जिल्लाका एकीकृत सरकारी कार्यालय रहने गरी १ सय ८६ बिगाह क्षेत्रफलमा नमुना सदरमुकाम बनाउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।