फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको स्वेच्छाचारी भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा पुर्व सांसद एवं नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति रुद्रमणि शर्मा भण्डारीको १०औं पुण्यतिथिमा शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले यस्तो बताएका हुन्।
नेपाली सेना तथा संवैधानिक निकायमाथि आफ्नो वर्चश्व कायम गर्दै लगेर ती निकायलाई कमजोर बनाउने काम सरकारबाट भईरहेको भन्दै उनले त्यसविरुद्ध एकढिक्का हुन कार्यकर्तालाई निर्देशनसमेत दिए।
'सरकारका गतिविधि विरुद्धको प्रतिकार र प्रजातन्त्रको संरक्षण र सम्वर्द्धनका लागि पार्टी आन्तरिक रुपमा नै शसक्त र एकढिक्का हुनुपर्नेछ,' सभापति देउवाले भने।
नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिले श्रद्धाञ्जली सभा आयोजना गरेको हो।
सभामा पूर्वसभामुख दमननाथ ढुंगानासहित नेता कार्यकर्ताको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।