• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कांग्रेसको धर्म निरपेक्षताविरुद्ध उदाएको भाजपा 'मोदी युग'सम्म

64x64
नेपाल लाइभ शनिबार, वैशाख ७, २०७६  १३:३०
1140x725

तस्बिर : अमित साह 


काठमाडौं– लोकतन्त्रको उदाहारणका रुपमा हेरिने भारतमा लोकसभाको निर्वाचन चलिरहेको छ। यो निर्वाचनमा मुख्य रुपमा भारतीय कांग्रेस पार्टी (कांग्रेस आई) र भारतीय जनता पार्टी (भाजपा) बीचको प्रतिस्पर्धा रहेको छ। क्षेत्रीय रुपमा विभिन्न पार्टीहरु प्रतिस्पर्धामा भए पनि केन्द्रीय रुपमा भने दुई पार्टीबीच मुख्य टक्कर रहेको छ। 

वर्तमान सत्तामा भाजपा बहुमतसहित भएकाले उसले विगतको मत कायम गर्ने चुनौती रहेको छ भने काग्रेससँग आफ्नो पक्षमा मत बढाउने थप चुनौती छ।

भाजपाको ३९ वर्षे यात्रा : दुई सिटदेखि दुई तिहाइसम्म 
भाजपा अहिलेको शक्तिशाली राजनीतिक दल हो। ऊसँग ९ करोड कार्यकर्ता दिनरात पार्टीमा सक्रिय रहेको बताइन्छ। दुई सांसदबाट सुरु भएको उसको यात्रा विस्तार भई आज देशका अधिकांश क्षेत्रमा सांसद रहेका छन्। हाल देशभरका राज्यमा सबैभन्दा धेरै भाजपा गठबन्धनको सरकार रहेको छ। 

भारतीय जनसंघ
भाजपाको गठन नै कांग्रेसको धर्म निरपेक्ष राज्यको नीतिविरुद्ध सुरु भएको थियो। १९५१ मा कांग्रेसको धर्म निरपेक्ष राजनीतिविरुद्ध राष्ट्रवादको समर्थन गर्न भन्दै श्यामाप्रसाद मुखर्जीले भारतीय जनसंघको स्थापना गरेका थिए। सुरुमा यसको लक्ष्य धर्म निरपेक्ष राज्यविरुद्ध प्रतिरोध गर्ने थियो। जनसंघले समाजवादी एवं अन्य राजनीतिक पार्टीको साथ लिएर चुनावमा समेत गएको थियो। १९५१ देखि १९७७ सम्म भारतीय जनसंघको नामबाट जानिने यो संगठन उग्र राष्ट्रवादीको पहिचानको रुपमा उत्पन्न भएको थियो। 

जनता पार्टीको उदय 
भारतीय जनसंघले सुरुमै काश्मीर एकता, गाईको रक्षा र परमिट–लाइसेन्स–कोटा शासन हुनुपर्ने मुद्दालाई उग्र रुपमा उठाउँदै आएको थियो। १९७७ मा आपतकालीन अवस्थाको अन्त्यसँगै जनता पार्टीको निर्माण सुरु भयो। यो पार्टी निर्माणका लागि भारतीय जनसंघलाई अन्य दलसँग विलय गराइयो। यही मेसोमा भारतमा छैटौं लोकसभा चुनाव भइरहेको थियो। उनीहरुले निर्वाचनमा भाग लिने निर्णय गरे तर उक्त निर्वाचनमा कांग्रेसले  नराम्रो हारको सामाना गर्नुपर्‍यो। इतिहासमा पहिलो पटक जनसंघ मोर्चासँग कांग्रेसले चुनाव हारेको थियो। तत्कालीन समयमा लोकसभा सिट ५४२ थियो। चार विपक्षी दलहरु कांग्रेस, जनसंघ, भारतीय लोकदल र समाजवादी पार्टीले जनता पार्टीको रुपमा संयुक्त निर्वाचनमा भाग लिएका थिए। जनता पार्टीले ३३० सिटमा जित हात पार्‍यो र कांग्रेस १५४ सिटमा सीमित भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय जनता पार्टीको गठन 
भारतीय जनता पार्टीको गठन १९८० मा भयो। भाजपा यस्तो अवस्थामा गठन भयो जब गठवन्धन सरकार दुई वर्षमा फेरिन थाले। हालसम्म हेर्दा भारतीय राजनीतिमा समाजवादी र राष्ट्रवादी दुई ध्रुवमा देखिँदै आएको छ। समाजवादी र हिन्दु राष्ट्रवादीको मिलनका आधारमा निर्माण भएको जनता पार्टी १९७९ मा विभाजन भयो। 

भारतीय जनसंघका दुई चर्चित अनुहारहरु अटल बिहारी बाजपेयी र लालकृष्ण आडवाणीले आफ्नो संलग्नता त्यागे र छुट्टै पार्टी बनाउने घोषणा गरे। दुई नेताले भारतीय जनता पार्टीको विधान तयार गरे। १९८० डिसेम्बरमा मुम्बईमा भाजपाको पहिलो अधिवेशन सम्पन्न भयो। हिन्दुत्व र राष्ट्रवादलाई उनीहरुले पार्टीको दुई आधार निर्माण गरे। 

पहिलो पटक १९४८ को लोकसभा निर्वाचनमा उनीहरु मैदानमा उत्रे। उनीहरुले उक्त समयमा ठूलो आस नलिए पनि केही क्षेत्रमा चुनाव जित्ने दाउ बनाएका थिए। उक्त लोकसभा निर्वाचनमा उनीहरुले दुई सिटमा चित्त बुझाउनुपर्‍यो।

२ देखि ८९ सम्मको यात्रा 
भर्खर फुटपछि नयाँ गठन भएको पार्टी त्यसमाथि पनि निराशाजनक नजिताले भाजपालाई थप समस्यामा धकेल्यो। १९८४ को चुनावी परिणामले भाजपा निरास भएन बरु अगाडि बढ्ने बाटो खोज्न थाल्यो। उनीहरुले एकमात्र एजेन्डा तय गरे। त्यो थियो कांग्रेसमाथि जाइलाग्ने। साथै उनीहरुले जातिगत र धार्मिक आधारमा पार्टीलाई बजबुत बनाउनुपर्ने रणनीति अख्तियार गरे। भाजपाले बोफोर्स काण्डको माध्यमबाट कांग्रेसलाई निसाना बनायो। दोस्रोतर्फ १९८९ को चुनाव मुखैमा आयो। उक्त चुनावमा कुनै पनि अवस्थामा माथि आउनुपर्ने रणनीतिमा बाजपेयी र आडवाणी लागे। लगत्तै उनीहरुले १९८९ को चुनावमा विश्वनाथ प्रताप सिंहको नेतृत्वमा रहेको जनता दलसँग सिटमा तालेमल गर्ने निर्णय गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसको परिणाम भाजपाका लागि आशालाग्दो पनि भयो। यो चुनावमा भाजवाको ८९ सिटमा जित हात पर्‍यो। उनीहरुले बिपी सिंहको सरकारलाई बाहिरै बसेर सर्मथन गरे।  

भाजपाका लागि सञ्जवनी बन्यो राममन्दिर मुद्दा 
यो जितसँगै भाजपाका नेताहरुलाई अब बाहिर बसेर होइन सरकारको साचो समाउने समय आएको अनुभव भयो। उनीहरुले यसका लागि आवश्यक रणनीति समेत निर्माण गर्ने निर्णय गरे। भाजपाले यसका लागि उपयुक्त मुद्दाको खोजी थाल्यो। भाजपाले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद मुद्दा विकल्पहिन भएको निर्णय गर्‍यो। उनीहरुले भाजपालाई अघि बढाउने यसलाई चर्काउनुपर्ने निर्णय गरे। 

भाजपाको यही योजना अनुसार १९९० सेप्टेम्बरमा लालकृष्ण आडवाणी राम मन्दिर आन्दोलनको सर्मथनमा उत्रे। आडवाणीले राम मन्दिर निर्माण हुनुपर्ने भन्दै अयोध्याको लागि ‘रथ यात्रा’को आरम्भ गरे। 

उनको यात्राका कारण दंगा फैलने डरका कारण बिहार सरकारले गिरफ्तार गर्‍यो। यही समयमा भाजपाले विश्वनाथ प्रतापसिंह सरकारलाई दिएको सर्मथन फिर्ता लियो। भाजपाको सर्मथन फिर्ता लिएसँगै बिपी सिंहको सरकार ढल्यो। सरकार ढलेलगत्तै १९९१ मा निर्वाचन भयो। निर्वाचनको परिणामपछि त्रिशंकु संसद बन्यो। जसमा २३२ सिटमा कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो भने भाजपाले १२० सिटमा सफलता हात पारेको थियो। जनता दल ५९ सिटमा सीमित हुन पुग्यो। 

१९९६ मा भएको लोकसभा निर्वाचन भयो। यसबीच राम मन्दिर मुद्दा चर्किरहेको थियो भने भाजपामा हिन्दु जनताहरु एकीकृत हुँदै गएका थिए। यो निर्वाचनमा भाजपाले सोचे अनुसार फाइदा लियो। हिन्दु मतदाताको ध्रुवीकरण र उत्तर प्रदेशमा भाजपाको सरकारसँगै भाजपाको शासन सुरु भयो। 

केन्द्रमा अटल विहारी बाजपेयीको नेतृत्वमा सरकार गठन भयो। 

लोकसभाको कुल ५४३ सिटमध्ये भाजपाले १६१, कांग्रेस १४० र जनता दलले ४६ सिट प्राप्त गरे। राष्ट्रपतिले भाजपाका नेता बाजपेयीलाई सरकार बनाउन आमन्त्रण गरे। १६ मईमा १९९६ मा प्रधानमन्त्रीको रुपमा पदभार सम्हाले तर १३ दिनपछि सरकारलाई सर्मथन जुटाउन सकेनन् र उनको सरकार विघटन भयो। 

१९८९ मा फेरि बन्यो भाजपा सरकार 
भाजपा सरकार विघटन भएलगत्तै जनता दलका नेता एचडी देवेगौडा प्रधानमन्त्रीको रुपमा आए। १९९६ जुन १ मा संयुक्त मोर्चाको गठवन्धनको रुपमा उनले सरकार बनाए। उनको नेतृत्वमा १८ महिना सरकार चल्यो। यसपछि इन्द्रकुमार गुजरालले तेस्रो प्रधानमन्त्रीको रुपमा सपथ लिए। १९९८ मा पुन: लोकसभाको निर्वाचन भयो। १९९८ मार्च १० मा १२औं लोकसभाको गठन भयो। भाजपाका नेता बाजपेयीले ९ दिनपछि सपथ लिए। यो सरकार १३ महिनासम्म चल्यो। १८२ सिट भएको भाजपा सरकारलाई दिएको सर्मथन जयललिताको एआइएडीएमले सर्मथन फिर्ता लियो। 

१९९९ मा एनडीए गठबन्धन निर्माण 
भाजपाले १९९९ को लोकसभा निर्वाचनका लागि नयाँ रणनीति अवलम्बन गर्ने नीति लियो। यो निर्वाचनमा भाजपाले अन्य दलसँग मिलेर एनडीए गठबन्धन निर्माण गर्‍यो। कांग्रेस र उसको सहयोगी दलविरुद्ध चुनावी मोर्चाका लागि यस्तो गठनबन्धन निर्माण भयो। 

यो पटक पनि बाजपेयी नै एनडीएको प्रधानमन्त्रीको उम्मेदवार रहेका थिए। १९९९ को निर्वाचनमा भाजपाको गठबन्धनका लागि कारगिल युद्ध मुद्दा भयो। ६ अक्टोबरमा आएको निर्वाचन परिणाममा एनडीएको २९८ सिट प्राप्त भयो। कांग्रेससँग रहेको गठबन्धनले १३६ सिट मात्र प्राप्त गर्न सफल भयो। बाजपेयीले तेस्रो पटक १९९ अक्टुबरमा प्रधानमन्त्रीको रुपमा सपथ लिए। 

अटल, आडवाणीपछि अब मोदी युग! 
लगातार दुई लोकसभा निर्वाचन र सत्ताको आरोह–अवरोधका बीच वरिष्ठ नेता बाजपेयी अस्वस्वथ रहे। संस्थापन नेताहरु आडवाणी र मुरली मनोहर जोशी सधै सांसदमा मात्र सीमित हुँदै आएका थिए।

लगातार भाजपाले दुई वटा लोकसभा निर्वाचनमा नराम्रो हार बेहोरिरहेको थियो। उनीहरु निराश बन्दै थिए। 

नयाँ भाजपाको सुरुवात 
अटल, आडवाणी र मुरली मनोहरका युग समाप्तिको चरणमा पुगेको थियो। भाजपामा नरेन्द्र मोदीको नाम आइरहेको थियो। लगातारको हारमा अब नयाँ डुंगा पार गर्ने एक मात्र माझी मोदी नै भएको भाजपाभित्र छलफल सुरु भयो। २०१४ को लोकसभा चुनावमा मोदीकै नेतृत्वमा चुनावी अभियान सुरु भयो। 

मोदी जादुको तरंग
मोदीलाई अघि सारेको भाजपालाई २०१४ मा त्यसको भरपुर फाइदा भयो। देशभर मोदी लहर जादुसरह फैलियो। 

भाजपाको चुनावी इतिहासको सबैभन्दा ठूलो सफलता हात पर्‍यो। २०१४ मा २८२ सिटमा जित हात पार्दै भाजपा ठूलो दल बन्यो। एनडीएको केन्द्रमा सरकार गठन भयो। 

कायम होला मोदी लहर?
मोदीले शासन गरेको पाँच वर्ष पूरा भई निर्वाचन भइरहेको अवस्थामा पुन: भाजपा सत्तामा टिक्ला भन्ने बहस सिर्जना भएको छ। 

सात चरणमा चल्ने निर्वाचन दुई चरणमा भइरहेको छ। मोदीले २०१४ मा जुन लहर ल्याएका थिए त्यो अब कायम नहुने देखिएको विश्लेषकहरुले बताउँदै आएका छन्। तर त्यसको पुष्टि गर्ने आधार मत गणनापछि मात्र थाहा हुनेछ। मोदीले पाँच वर्षको अवधिमा गरेका काम र विगतमा जिम्मेवारी दिने कि नदिने मतदाताले केही महिनामै निर्णय गर्नेछन्। 

भाजपाको जन्मदेखि हालसम्मको यात्रा
– १९८० अप्रिल ६ मा लालकृष्ण आडवाणी र अटलविहारी बाजपेयीले भारतीय जनता पार्टीको स्थापना गरे र कमलको फूललाई निर्वाचन चिह्नको रुपमा विधान बनाए।
– पार्टी गठन भएको चार वर्षपछि १९८४ मा आम चुनावमा भाग लियो र २ सिटमा चित्त बुझाउन बाध्य भयो। 
– यसपछि १९८६ मा लालकृष्ण आडवाणीले पार्टी अध्यक्षको पद सम्हाले र भाजपाले केही गति लियो। 
–  १९८९ मा भाजपाले ८५ सिट जित हात पार्‍यो र बिपी सिंहको नेसनल फ्रन्ट सरकारलाई समर्थन गर्‍यो।
– १९९० मा आडवाणी सोमनाथदेखि अयोध्यासम्म रामरथ यात्रामा निस्के। 
– रथयात्राले भाजपालाई १९९१ को १०औं आम चुनावमा १२० सिट जित हात पर्‍यो।
– १९९६ मा भएको ११औं आम निर्वाचनमा भाजपाले १६१ सिट जित हात पार्दै सबैभन्दा ठूलो पार्टी बन्न सफल भयो। तर लोकसभामा बहुमत जुटाउन नसक्दा बाजपेयी २ हप्तामै प्रधानमन्त्री पद छोड्न बाध्य भए। 
– १९९८ मा पुन: मध्यावधि निर्वाचन भयो। जसमा भाजपाले १८२ सिट जित हात पार्‍यो। एनडीएको तर्फबाट बाजपेयी पुन: प्रधानमन्त्री भए। ११ महिनासम्म गठबन्धन सरकार चल्यो। 
– १९९९ मा १२औं आम निर्वाचन भयो। जुन निर्वाचनमा भाजाप–एनडीएले बहुमत ल्यायो र बाजपेयी प्रधानमन्त्री भए। 
– २००४ मा इन्डिया साइनिङ क्याम्पेनिङ असफल भयो। जसका कारण भाजपाले हार बेहोर्न बाध्य भयो। उक्त समयमा भाजपाले १३८ सिटमा सीमित हुन बाध्य भयो। 
– २००८ मा भाजपाको दक्षिण भारतमा कर्नाटकमा सरकार बनेपछि सुरु भयो। 
–२००९ मा भएको १५औं लोकसभा चुनावमा भाजपा–एनडीए गठबन्धन झन् खुम्चदै गयो। यस पटक भाजपा ११७६ सिट मात्र पायो। 
–२०१४ भाजपाका लागि पुन: सुनौलो वर्ष साबित भयो। नयाँ इतिहास बनाउने मौका पाएको भाजापले मोदी नेतृत्वमा २८२ सिट जित्यो। एनडीए गठबन्धनको ३३६ सिट प्राप्त भयो। पार्टीले बहुमत सिटमा जित हात पार्दै नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा उदाए। 
–२०१९ को निर्वाचन मोदीका लागि यो सफलता रक्षा गर्ने चुनौती रहेको छ। 

भाजपाका अध्यक्षहरु 
१. १९८०–८६  अटलबिहारी बाजपेयी
२. १९८६–९० लालकृष्ण लाडवाणी
३. १९९१–९३ मुरली मनोहर जोशी
४. १९९३–१९९८ लालकृष्ण लाडवाणी
५. १९९८–२००० कुशाभाउ ठाकरे
६. २०००–२००१ बंगारु लक्ष्मण
७. २००१–२००२ के जन कृष्णमुर्ति 
८. २००२–२००४ एम. बैकैया नायडू
९. २००४–२००५ लालकृष्ण आडवाणी
१०. २००५–२००९ राजनाथ सिंह
११. २०१०–नितिन गडकरी
१२. २०१३–२०१४ राजनाथ सिंह
१३. २०१४ देखि हालसम्म अमित शाह

(विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा दुर्गा दुलालको अनुवाद)

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्