• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कांग्रेसको धर्म निरपेक्षताविरुद्ध उदाएको भाजपा 'मोदी युग'सम्म

64x64
नेपाल लाइभ शनिबार, वैशाख ७, २०७६  १३:३०
1140x725

तस्बिर : अमित साह 


काठमाडौं– लोकतन्त्रको उदाहारणका रुपमा हेरिने भारतमा लोकसभाको निर्वाचन चलिरहेको छ। यो निर्वाचनमा मुख्य रुपमा भारतीय कांग्रेस पार्टी (कांग्रेस आई) र भारतीय जनता पार्टी (भाजपा) बीचको प्रतिस्पर्धा रहेको छ। क्षेत्रीय रुपमा विभिन्न पार्टीहरु प्रतिस्पर्धामा भए पनि केन्द्रीय रुपमा भने दुई पार्टीबीच मुख्य टक्कर रहेको छ। 

वर्तमान सत्तामा भाजपा बहुमतसहित भएकाले उसले विगतको मत कायम गर्ने चुनौती रहेको छ भने काग्रेससँग आफ्नो पक्षमा मत बढाउने थप चुनौती छ।

भाजपाको ३९ वर्षे यात्रा : दुई सिटदेखि दुई तिहाइसम्म 
भाजपा अहिलेको शक्तिशाली राजनीतिक दल हो। ऊसँग ९ करोड कार्यकर्ता दिनरात पार्टीमा सक्रिय रहेको बताइन्छ। दुई सांसदबाट सुरु भएको उसको यात्रा विस्तार भई आज देशका अधिकांश क्षेत्रमा सांसद रहेका छन्। हाल देशभरका राज्यमा सबैभन्दा धेरै भाजपा गठबन्धनको सरकार रहेको छ। 

भारतीय जनसंघ
भाजपाको गठन नै कांग्रेसको धर्म निरपेक्ष राज्यको नीतिविरुद्ध सुरु भएको थियो। १९५१ मा कांग्रेसको धर्म निरपेक्ष राजनीतिविरुद्ध राष्ट्रवादको समर्थन गर्न भन्दै श्यामाप्रसाद मुखर्जीले भारतीय जनसंघको स्थापना गरेका थिए। सुरुमा यसको लक्ष्य धर्म निरपेक्ष राज्यविरुद्ध प्रतिरोध गर्ने थियो। जनसंघले समाजवादी एवं अन्य राजनीतिक पार्टीको साथ लिएर चुनावमा समेत गएको थियो। १९५१ देखि १९७७ सम्म भारतीय जनसंघको नामबाट जानिने यो संगठन उग्र राष्ट्रवादीको पहिचानको रुपमा उत्पन्न भएको थियो। 

जनता पार्टीको उदय 
भारतीय जनसंघले सुरुमै काश्मीर एकता, गाईको रक्षा र परमिट–लाइसेन्स–कोटा शासन हुनुपर्ने मुद्दालाई उग्र रुपमा उठाउँदै आएको थियो। १९७७ मा आपतकालीन अवस्थाको अन्त्यसँगै जनता पार्टीको निर्माण सुरु भयो। यो पार्टी निर्माणका लागि भारतीय जनसंघलाई अन्य दलसँग विलय गराइयो। यही मेसोमा भारतमा छैटौं लोकसभा चुनाव भइरहेको थियो। उनीहरुले निर्वाचनमा भाग लिने निर्णय गरे तर उक्त निर्वाचनमा कांग्रेसले  नराम्रो हारको सामाना गर्नुपर्‍यो। इतिहासमा पहिलो पटक जनसंघ मोर्चासँग कांग्रेसले चुनाव हारेको थियो। तत्कालीन समयमा लोकसभा सिट ५४२ थियो। चार विपक्षी दलहरु कांग्रेस, जनसंघ, भारतीय लोकदल र समाजवादी पार्टीले जनता पार्टीको रुपमा संयुक्त निर्वाचनमा भाग लिएका थिए। जनता पार्टीले ३३० सिटमा जित हात पार्‍यो र कांग्रेस १५४ सिटमा सीमित भयो। 

Ncell 2
Ncell 2

भारतीय जनता पार्टीको गठन 
भारतीय जनता पार्टीको गठन १९८० मा भयो। भाजपा यस्तो अवस्थामा गठन भयो जब गठवन्धन सरकार दुई वर्षमा फेरिन थाले। हालसम्म हेर्दा भारतीय राजनीतिमा समाजवादी र राष्ट्रवादी दुई ध्रुवमा देखिँदै आएको छ। समाजवादी र हिन्दु राष्ट्रवादीको मिलनका आधारमा निर्माण भएको जनता पार्टी १९७९ मा विभाजन भयो। 

भारतीय जनसंघका दुई चर्चित अनुहारहरु अटल बिहारी बाजपेयी र लालकृष्ण आडवाणीले आफ्नो संलग्नता त्यागे र छुट्टै पार्टी बनाउने घोषणा गरे। दुई नेताले भारतीय जनता पार्टीको विधान तयार गरे। १९८० डिसेम्बरमा मुम्बईमा भाजपाको पहिलो अधिवेशन सम्पन्न भयो। हिन्दुत्व र राष्ट्रवादलाई उनीहरुले पार्टीको दुई आधार निर्माण गरे। 

पहिलो पटक १९४८ को लोकसभा निर्वाचनमा उनीहरु मैदानमा उत्रे। उनीहरुले उक्त समयमा ठूलो आस नलिए पनि केही क्षेत्रमा चुनाव जित्ने दाउ बनाएका थिए। उक्त लोकसभा निर्वाचनमा उनीहरुले दुई सिटमा चित्त बुझाउनुपर्‍यो।

२ देखि ८९ सम्मको यात्रा 
भर्खर फुटपछि नयाँ गठन भएको पार्टी त्यसमाथि पनि निराशाजनक नजिताले भाजपालाई थप समस्यामा धकेल्यो। १९८४ को चुनावी परिणामले भाजपा निरास भएन बरु अगाडि बढ्ने बाटो खोज्न थाल्यो। उनीहरुले एकमात्र एजेन्डा तय गरे। त्यो थियो कांग्रेसमाथि जाइलाग्ने। साथै उनीहरुले जातिगत र धार्मिक आधारमा पार्टीलाई बजबुत बनाउनुपर्ने रणनीति अख्तियार गरे। भाजपाले बोफोर्स काण्डको माध्यमबाट कांग्रेसलाई निसाना बनायो। दोस्रोतर्फ १९८९ को चुनाव मुखैमा आयो। उक्त चुनावमा कुनै पनि अवस्थामा माथि आउनुपर्ने रणनीतिमा बाजपेयी र आडवाणी लागे। लगत्तै उनीहरुले १९८९ को चुनावमा विश्वनाथ प्रताप सिंहको नेतृत्वमा रहेको जनता दलसँग सिटमा तालेमल गर्ने निर्णय गरे।

यसको परिणाम भाजपाका लागि आशालाग्दो पनि भयो। यो चुनावमा भाजवाको ८९ सिटमा जित हात पर्‍यो। उनीहरुले बिपी सिंहको सरकारलाई बाहिरै बसेर सर्मथन गरे।  

भाजपाका लागि सञ्जवनी बन्यो राममन्दिर मुद्दा 
यो जितसँगै भाजपाका नेताहरुलाई अब बाहिर बसेर होइन सरकारको साचो समाउने समय आएको अनुभव भयो। उनीहरुले यसका लागि आवश्यक रणनीति समेत निर्माण गर्ने निर्णय गरे। भाजपाले यसका लागि उपयुक्त मुद्दाको खोजी थाल्यो। भाजपाले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद मुद्दा विकल्पहिन भएको निर्णय गर्‍यो। उनीहरुले भाजपालाई अघि बढाउने यसलाई चर्काउनुपर्ने निर्णय गरे। 

भाजपाको यही योजना अनुसार १९९० सेप्टेम्बरमा लालकृष्ण आडवाणी राम मन्दिर आन्दोलनको सर्मथनमा उत्रे। आडवाणीले राम मन्दिर निर्माण हुनुपर्ने भन्दै अयोध्याको लागि ‘रथ यात्रा’को आरम्भ गरे। 

उनको यात्राका कारण दंगा फैलने डरका कारण बिहार सरकारले गिरफ्तार गर्‍यो। यही समयमा भाजपाले विश्वनाथ प्रतापसिंह सरकारलाई दिएको सर्मथन फिर्ता लियो। भाजपाको सर्मथन फिर्ता लिएसँगै बिपी सिंहको सरकार ढल्यो। सरकार ढलेलगत्तै १९९१ मा निर्वाचन भयो। निर्वाचनको परिणामपछि त्रिशंकु संसद बन्यो। जसमा २३२ सिटमा कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो भने भाजपाले १२० सिटमा सफलता हात पारेको थियो। जनता दल ५९ सिटमा सीमित हुन पुग्यो। 

१९९६ मा भएको लोकसभा निर्वाचन भयो। यसबीच राम मन्दिर मुद्दा चर्किरहेको थियो भने भाजपामा हिन्दु जनताहरु एकीकृत हुँदै गएका थिए। यो निर्वाचनमा भाजपाले सोचे अनुसार फाइदा लियो। हिन्दु मतदाताको ध्रुवीकरण र उत्तर प्रदेशमा भाजपाको सरकारसँगै भाजपाको शासन सुरु भयो। 

केन्द्रमा अटल विहारी बाजपेयीको नेतृत्वमा सरकार गठन भयो। 

लोकसभाको कुल ५४३ सिटमध्ये भाजपाले १६१, कांग्रेस १४० र जनता दलले ४६ सिट प्राप्त गरे। राष्ट्रपतिले भाजपाका नेता बाजपेयीलाई सरकार बनाउन आमन्त्रण गरे। १६ मईमा १९९६ मा प्रधानमन्त्रीको रुपमा पदभार सम्हाले तर १३ दिनपछि सरकारलाई सर्मथन जुटाउन सकेनन् र उनको सरकार विघटन भयो। 

१९८९ मा फेरि बन्यो भाजपा सरकार 
भाजपा सरकार विघटन भएलगत्तै जनता दलका नेता एचडी देवेगौडा प्रधानमन्त्रीको रुपमा आए। १९९६ जुन १ मा संयुक्त मोर्चाको गठवन्धनको रुपमा उनले सरकार बनाए। उनको नेतृत्वमा १८ महिना सरकार चल्यो। यसपछि इन्द्रकुमार गुजरालले तेस्रो प्रधानमन्त्रीको रुपमा सपथ लिए। १९९८ मा पुन: लोकसभाको निर्वाचन भयो। १९९८ मार्च १० मा १२औं लोकसभाको गठन भयो। भाजपाका नेता बाजपेयीले ९ दिनपछि सपथ लिए। यो सरकार १३ महिनासम्म चल्यो। १८२ सिट भएको भाजपा सरकारलाई दिएको सर्मथन जयललिताको एआइएडीएमले सर्मथन फिर्ता लियो। 

१९९९ मा एनडीए गठबन्धन निर्माण 
भाजपाले १९९९ को लोकसभा निर्वाचनका लागि नयाँ रणनीति अवलम्बन गर्ने नीति लियो। यो निर्वाचनमा भाजपाले अन्य दलसँग मिलेर एनडीए गठबन्धन निर्माण गर्‍यो। कांग्रेस र उसको सहयोगी दलविरुद्ध चुनावी मोर्चाका लागि यस्तो गठनबन्धन निर्माण भयो। 

यो पटक पनि बाजपेयी नै एनडीएको प्रधानमन्त्रीको उम्मेदवार रहेका थिए। १९९९ को निर्वाचनमा भाजपाको गठबन्धनका लागि कारगिल युद्ध मुद्दा भयो। ६ अक्टोबरमा आएको निर्वाचन परिणाममा एनडीएको २९८ सिट प्राप्त भयो। कांग्रेससँग रहेको गठबन्धनले १३६ सिट मात्र प्राप्त गर्न सफल भयो। बाजपेयीले तेस्रो पटक १९९ अक्टुबरमा प्रधानमन्त्रीको रुपमा सपथ लिए। 

अटल, आडवाणीपछि अब मोदी युग! 
लगातार दुई लोकसभा निर्वाचन र सत्ताको आरोह–अवरोधका बीच वरिष्ठ नेता बाजपेयी अस्वस्वथ रहे। संस्थापन नेताहरु आडवाणी र मुरली मनोहर जोशी सधै सांसदमा मात्र सीमित हुँदै आएका थिए।

लगातार भाजपाले दुई वटा लोकसभा निर्वाचनमा नराम्रो हार बेहोरिरहेको थियो। उनीहरु निराश बन्दै थिए। 

नयाँ भाजपाको सुरुवात 
अटल, आडवाणी र मुरली मनोहरका युग समाप्तिको चरणमा पुगेको थियो। भाजपामा नरेन्द्र मोदीको नाम आइरहेको थियो। लगातारको हारमा अब नयाँ डुंगा पार गर्ने एक मात्र माझी मोदी नै भएको भाजपाभित्र छलफल सुरु भयो। २०१४ को लोकसभा चुनावमा मोदीकै नेतृत्वमा चुनावी अभियान सुरु भयो। 

मोदी जादुको तरंग
मोदीलाई अघि सारेको भाजपालाई २०१४ मा त्यसको भरपुर फाइदा भयो। देशभर मोदी लहर जादुसरह फैलियो। 

भाजपाको चुनावी इतिहासको सबैभन्दा ठूलो सफलता हात पर्‍यो। २०१४ मा २८२ सिटमा जित हात पार्दै भाजपा ठूलो दल बन्यो। एनडीएको केन्द्रमा सरकार गठन भयो। 

कायम होला मोदी लहर?
मोदीले शासन गरेको पाँच वर्ष पूरा भई निर्वाचन भइरहेको अवस्थामा पुन: भाजपा सत्तामा टिक्ला भन्ने बहस सिर्जना भएको छ। 

सात चरणमा चल्ने निर्वाचन दुई चरणमा भइरहेको छ। मोदीले २०१४ मा जुन लहर ल्याएका थिए त्यो अब कायम नहुने देखिएको विश्लेषकहरुले बताउँदै आएका छन्। तर त्यसको पुष्टि गर्ने आधार मत गणनापछि मात्र थाहा हुनेछ। मोदीले पाँच वर्षको अवधिमा गरेका काम र विगतमा जिम्मेवारी दिने कि नदिने मतदाताले केही महिनामै निर्णय गर्नेछन्। 

भाजपाको जन्मदेखि हालसम्मको यात्रा
– १९८० अप्रिल ६ मा लालकृष्ण आडवाणी र अटलविहारी बाजपेयीले भारतीय जनता पार्टीको स्थापना गरे र कमलको फूललाई निर्वाचन चिह्नको रुपमा विधान बनाए।
– पार्टी गठन भएको चार वर्षपछि १९८४ मा आम चुनावमा भाग लियो र २ सिटमा चित्त बुझाउन बाध्य भयो। 
– यसपछि १९८६ मा लालकृष्ण आडवाणीले पार्टी अध्यक्षको पद सम्हाले र भाजपाले केही गति लियो। 
–  १९८९ मा भाजपाले ८५ सिट जित हात पार्‍यो र बिपी सिंहको नेसनल फ्रन्ट सरकारलाई समर्थन गर्‍यो।
– १९९० मा आडवाणी सोमनाथदेखि अयोध्यासम्म रामरथ यात्रामा निस्के। 
– रथयात्राले भाजपालाई १९९१ को १०औं आम चुनावमा १२० सिट जित हात पर्‍यो।
– १९९६ मा भएको ११औं आम निर्वाचनमा भाजपाले १६१ सिट जित हात पार्दै सबैभन्दा ठूलो पार्टी बन्न सफल भयो। तर लोकसभामा बहुमत जुटाउन नसक्दा बाजपेयी २ हप्तामै प्रधानमन्त्री पद छोड्न बाध्य भए। 
– १९९८ मा पुन: मध्यावधि निर्वाचन भयो। जसमा भाजपाले १८२ सिट जित हात पार्‍यो। एनडीएको तर्फबाट बाजपेयी पुन: प्रधानमन्त्री भए। ११ महिनासम्म गठबन्धन सरकार चल्यो। 
– १९९९ मा १२औं आम निर्वाचन भयो। जुन निर्वाचनमा भाजाप–एनडीएले बहुमत ल्यायो र बाजपेयी प्रधानमन्त्री भए। 
– २००४ मा इन्डिया साइनिङ क्याम्पेनिङ असफल भयो। जसका कारण भाजपाले हार बेहोर्न बाध्य भयो। उक्त समयमा भाजपाले १३८ सिटमा सीमित हुन बाध्य भयो। 
– २००८ मा भाजपाको दक्षिण भारतमा कर्नाटकमा सरकार बनेपछि सुरु भयो। 
–२००९ मा भएको १५औं लोकसभा चुनावमा भाजपा–एनडीए गठबन्धन झन् खुम्चदै गयो। यस पटक भाजपा ११७६ सिट मात्र पायो। 
–२०१४ भाजपाका लागि पुन: सुनौलो वर्ष साबित भयो। नयाँ इतिहास बनाउने मौका पाएको भाजापले मोदी नेतृत्वमा २८२ सिट जित्यो। एनडीए गठबन्धनको ३३६ सिट प्राप्त भयो। पार्टीले बहुमत सिटमा जित हात पार्दै नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा उदाए। 
–२०१९ को निर्वाचन मोदीका लागि यो सफलता रक्षा गर्ने चुनौती रहेको छ। 

भाजपाका अध्यक्षहरु 
१. १९८०–८६  अटलबिहारी बाजपेयी
२. १९८६–९० लालकृष्ण लाडवाणी
३. १९९१–९३ मुरली मनोहर जोशी
४. १९९३–१९९८ लालकृष्ण लाडवाणी
५. १९९८–२००० कुशाभाउ ठाकरे
६. २०००–२००१ बंगारु लक्ष्मण
७. २००१–२००२ के जन कृष्णमुर्ति 
८. २००२–२००४ एम. बैकैया नायडू
९. २००४–२००५ लालकृष्ण आडवाणी
१०. २००५–२००९ राजनाथ सिंह
११. २०१०–नितिन गडकरी
१२. २०१३–२०१४ राजनाथ सिंह
१३. २०१४ देखि हालसम्म अमित शाह

(विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा दुर्गा दुलालको अनुवाद)

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्