काठमाडाैं- फिल्म ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक गरिएको छ। शुक्रबार साँझ सार्वजनिक 'जीवन जात्रा हो, शाष्त्रमा लेख्नलाई छुट्या मात्र हो’ बोलको गीतमा मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बनियाँको अभिनय देख्न सकिन्छ।
अर्जुन भट्टराईको शब्द, कालीप्रसाद बाँस्कोटाकाे संगीत र स्वर रहेको गीतले आधुनिक जनजीवनको वास्तविक कथा बोल्ने प्रयास गरेको छ।
फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। यसअघि नेपाली बक्स अफिसमा सफल मानिएको फिल्म ‘जात्रा’को सिक्वेलका रुपमा रहेको यस फिल्म आँउदो जेठ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
फिल्मा दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राणा, अंशु महर्जन, कृष्णभक्त महर्जनलगायतको अभिनय देख्न सकिन्छ।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।